जैन धर्मका प्रवर्तक महावीरको २६२४ जन्मजयन्ती

अहिंसा, सत्य र आफूलाई चाहिनेभन्दा बढी केही बस्तु संग्रह नगर्ने महावीरको सन्देश हो ।

दमक, २८ चैत / जैन धर्मका प्रवर्तक महावीर जैनको आज २६२४ औं जन्मयन्ती परेको छ । सत्य, अहिंसा र ब्रह्मचार्यको सन्देश प्रवाह गर्ने जैनको जैन धर्मअनुयायीले जन्मजयन्ती मनाइँदैछन् ।

 

 

विशेषगरी जैन धर्मावलम्बी तथा श्रावकले अहिंसामूलक यो धर्मका प्रवर्तकको स्मरणका साथ यो दिवस मनाउने गर्दछन् ।
इसापूर्व ५९९ मा चैत्र शुक्ल त्रयोदशीका दिन राजपरिवारमा जन्मिएका महावीर जैन तपस्या गर्न दरबार त्यागेर हिँडेको जैन ग्रन्थमा उल्लेख छ । अहिंसा, सत्य र आफूलाई चाहिनेभन्दा बढी केही बस्तु संग्रह नगर्ने महावीरको सन्देश हो ।

 

नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायत समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने गरिएको छ ।

 

राष्ट्रपति रामचन्द्र पौडेलले जैन धर्मका प्रवर्तक महावीरको जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली जैन धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका शुभकामना व्यक्त गर्दै उहाँको अहिंसाको बाटो पछ्याउन आवश्यक रहेको बताउनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताउनु भएको छ।आज शपथग्रहणपछि

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य