आदिवासी जनजाति महोत्सव

दमकको महोत्सवमा कस्ता कस्ता घर बनाइए ?

नयाँ पुस्तालाई मौलिकता चिनाउन तल्लिन

दमक, २८,चैत / सबै घर खरले छाइएको छ । काँस र बाँसको भाटाले बेरिएको छ । सबैको बाहिरी स्वरुप करिब उस्तै छ । तर यसको भित्री र अन्य भागको सजीसजावट फरक फरक छ ।

 

घरको अगाडिपट्टि नीलो, सेतोे, रातो, हरियो र पहेलो रङ्गको झण्डाको फरक फरक तोरण टाँगेका छन् । कसैले अगाडिपट्टिको भागमा सेतोले पोतेका छन् र पहेलो रङ्गको तोरण टाँगेका छन् । केहीले आफ्‌नो जातीयता झल्कने बिभिन्न औजार तथा सामग्री राखेका छन् । कसैले पोसाकको प्रर्दशन गरेका छन् । हेर्दा आकर्षक छन् । तर यी घरहरु बस्न चाँही बनाइएको होइन । अस्थायी घर हुन् । अर्थात मौलिकपन देखाउनका लागि मात्रै निर्माण गरिएका घरहरु हुन् । यो ठाउँ हो दमकस्थित सयपत्री टोल । जहाँ लागिरहेको आदिवासी जनजाति महोत्सव ।

 

दमकमा रहेका १५ जातिका फरक फरक पहिचान सहितका घरहरु बनाएर यहाँ प्रर्दशन गरिएको आदिवासी जनजाति महासंघ दमक समन्वय समितिका अध्यक्ष अम्बरबहादुर कुमालले बताउनु भयो ।

 

दमकमा बसाबास गर्ने अधिकांश आदिवासी जनजातिहरुको वास्तविक घर अहिले चाँही यस्ता हुन छाडेका छन् । समयको परिवर्तनसँगै आवश्यकता अनुसारका घरहरु बनेका छन् । तर यहाँ हुर्केका नयाँ पुस्ताहरुको पुरानो घर चाँही यस्तो थियो है भनेर अहिलेको नयाँ पिँडीलाई देखाउन र बुझाउन पनि यी खाले घरहरु बनाएर प्रर्दशन गरिएको राष्ट्रिय जनजाति महिला महासंघकी अध्यक्ष मीना गुरुङले जानकारी दिनुभयो ।

 

यी घरहरु निर्माण गर्न खासमा केही पनि आयातित सामग्रीको प्रयोग भएको छैन । आफ्‌नै खोला खोल्सीका काँस, बाँस र खरहरुको प्रयोग भएका छन् । स्थानीय स्तरमा जे जे सामग्री प्राप्त भयो त्यसलाई प्रयोग गरेर यी खाले घरहरु निर्माण गरिएको धिमाल जातीय विकास केन्द्रका पूर्व अध्यक्ष रामबहादुर धिमालल बताउनु हुन्छ ।

 

यो महोत्सव दैनिक १० हजार हाराहारीका दर्शकले अवलोकन गर्ने गरेको उल्लेख छ । दिनको समयमा जातीय सांस्कृतिक कार्यक्रमहरु हुने गर्छन् भने साँझको समयमा राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति हुने गर्दछ । महोत्सवमा आउने जोसुकैले पनि यी नमुना घरहरु हेर्ने र यस सम्बन्धी चासो राख्ने गरेको पाइएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बर्ड फ्लुका कारण ६० करोड रुपैयाँभन्दा धेरैको क्षति : डा. उमेश दाहाल

काठमाडौं । नेपालमा पछिल्ला तीन महिनादेखि फैलिरहेको बर्ड फ्लु संक्रमण अहिले विशेषगरी काठमाडौं उपत्यकामा केन्द्रित बनेको छ । पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार

शक्तिशाली भूकम्पपछि काराकासमा व्यापक क्षति

काठमाडौं,११ असार । भेनेजुएलाको काराकासमा हालै गएको शक्तिशाली भूकम्पपछि त्यहाँ व्यापक क्षति देखिएको छ । चिनियाँ सञ्चारमाध्यम सीसीटीभीले सार्वजनिक गरेको फुटेजमा शहरको विभिन्न स्थानमा भग्नावशेष

वर्षायाममा बाजुराका हिमाली फाँटः धर्तीमै लुकेको स्वर्ग

बाजुरा,११ असार । सुदूरपश्चिमको हिमाली जिल्ला बाजुरा प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक सम्पदाले भरिपूर्ण भूमि हो । वर्षायामको आगमनसँगै यहाँका उच्च हिमाली क्षेत्रले नयाँ

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय

११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी,