व्युँतिदै रूग्ण उद्याेग

मेसिनको मर्मतपछि हेटौंडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा

२०३३ सालका मेसिन थोत्रिए, पुनः नयाँ मेसिन जडानको आवश्यकता

मकवानपुर, ५ बैशाख / नेपालकै ऐतिहासिक मकवानपुरको हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालनमा आएको छ ।

उद्योगका यन्त्रको मर्मतसम्भार र कच्चा पदार्थको आपूर्ति भएपछि सिमेन्ट उत्पादनमा चुनढुङ्गा तयार पार्न थालनी भएको उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णले जनाउनु भयो । उहाँका अुनसार एक दुई दिनपछि सिमेन्ट उत्पादन थालिने छ । अब दैनिक रुपमा ६०० क्विन्टल सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखिएको पनि कर्णले उल्लेख गर्नुभयो ।

विसं २०३३ मा जडान गरिएका यन्त्र थोत्रा भएकाले नयाँ खरिद गर्नुपर्ने आवश्यकता देखिएको उद्योगको ठहर छ ।

उद्योग रुग्ण अवस्थामा छ । नेपाल विद्युत् प्राधिकरणलाई बिजुली महसुल र कर्मचारीलाई पारिश्रमिकको व्यवस्था गर्न कठिन भइरहेको छ । यस अवस्थामा सरकारले नै नयाँ यन्त्र उपकरण खरिद गरी उद्योगको व्यवस्थापनमा सघाउन आवश्यक देखिएको उद्योगका निमित्त महाप्रवन्धक कर्णको ठहर छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य

दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने

काठमाडौं,३१ असोज । यस वर्षको दशैँ अवधिमा देशभरको मौसम मुख्यतया सफा रहने देखिएको छ । नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने

भुटनदेवी मन्दिरमा सलामी सहित भित्र्याइयो फूलपाती

मकवानपुर ,३१ असोज । हेटौँडा उपमहानगरपालिका–१० स्थित भुटनदेवी मन्दिरमा सांस्कृतिक बाजागाजा र सलामीसहित फूलपाती भित्र्याइएको छ ।नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय