भुटानी शरणार्थीका व्यथा

फेरि शिविरमै पठाइयाे अमेरिकाले निकालेका भुटानी शरणार्थी युवालाई

चार जनामध्ये आशिष सुवेदी, सन्तोष दर्जी र अशोक गुरुङले दमकको बेलडाँगी शिविरमा बस्ने इच्छा गरेका छन् भने रोशन तामाङ मोरङको पथरी शनिश्चरे शिविरमा बस्ने भएका छन् ।

काँकरभिट्टा, १२ वैशाख । चार सातादेखि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा थुनिएका चार जना भुटानी शरणार्थी आज साँझ थुनामुक्त भएका छन् । सर्वोच्च अदालतले विहीवार ती शरणार्थीलाई थुनामुक्त गर्न आदेश दिएपछि आज उनीहरुलाई थुनामुक्त गरी बेलडाँगी शिविर पठाइएको हो ।

अमेरिकाले भुटान डिपोर्ट गरे पनि भुटान सरकारले नेपालतिरै लखेट्दा १३ जना भुटानी शरणार्थी आश्रय खोज्दै भारतीय सीमासम्म आइपुगेका थिए । तीमध्ये चार जनालाई अध्यागमन विभागले २८ दिनदेखि प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो । प्रहरी नियन्त्रणमा रहेका चार जनामध्ये आशिष सुवेदी, सन्तोष दर्जी र अशोक गुरुङले दमकको बेलडाँगी शिविरमा बस्ने इच्छा गरेका छन् भने रोशन तामाङ मोरङको पथरी शनिश्चरे शिविरमा बस्ने भएका छन् ।

 

सर्वोच्चको आदेशअनुसार बेलडाँगीमा रहने तीन जनाले दमक नगरपालिकाभित्र मात्रै हिँड्डुल गर्न पाउनेछन् भने तामाङ पथरी शनिश्चरे नगरपालिकाभरि आवातजावत गर्न पाउनेछन् । सर्वोच्चले ‘स्थान हद’ तोक्न भने अनुसार यसो गरिएको हो ।

शिविरमा रहँदा यी चारै जना शरणार्थीले हरेक हप्ता नजिकको प्रहरी कार्यालयमा उपस्थित हुनुपर्नेछ । २८ दिनदेखि नेपाल प्रहरीको थुनामा रहेका भुटानी शरणार्थी युवाहरुलाई थुनामुक्त गर्न माग गर्दै आशिष सुवेदीका बुवा नारायणकुमार सुवेदीले बुधबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो ।

सर्वोच्चका न्यायाधीशहरू बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले शरणार्थीहरूलाई स्थान हद तोकेर प्रहरी कार्यालयबाट स्थानान्तरण गर्न र ६० दिन भित्र अनुसन्धान सक्न आदेश दिएको थियो । अधिकारकर्मीहरु सर्वोच्चको यो आदेशले शरणार्थीमाथि थप अन्याय भएको टिप्पणी गर्छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य

दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने

काठमाडौं,३१ असोज । यस वर्षको दशैँ अवधिमा देशभरको मौसम मुख्यतया सफा रहने देखिएको छ । नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने

भुटनदेवी मन्दिरमा सलामी सहित भित्र्याइयो फूलपाती

मकवानपुर ,३१ असोज । हेटौँडा उपमहानगरपालिका–१० स्थित भुटनदेवी मन्दिरमा सांस्कृतिक बाजागाजा र सलामीसहित फूलपाती भित्र्याइएको छ ।नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय