झापा सवारी दुर्घटना

सबै यात्रुको पहिचान खुल्यो, घाईतेको अवस्था कस्तो ?

बसमा सवार शिक्षक काठमाडौंमा जारी शिक्षक आन्दोलनमा सहभागी भएर फर्कदै गरेका थिए ।

 

दमक, १३, बैशाख
काठमाण्डौबाट यात्रु लिएर झापा आउँदै गरेको रात्री बस दुर्घटना भएको छ । दुर्घटनामा परी शिक्षक सहित २३ जना घाइते भएका छन् ।
सयपत्री यातायातको प्र १ ०१ ००१ ख ४२३५ नम्बरको बस शिवसताक्षीस्थित दुधे माइधार सडक खण्डको मिलन चोकमा आज बिहान ४ः४० बजे दुर्घटना भएको हो ।

 

मेचीनगरका १३ जना शिक्षक सहित २३ जना यात्रु बसमा रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । घाइतेहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

 

उनीहरूको बिर्तामोडस्थित बिएण्डसी, बिर्तासिटीलगायतमा उपचार भई रहेको बताइएको छ । दुर्घटनाका कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

बसमा सवार शिक्षक काठमाडौंमा जारी शिक्षक आन्दोलनमा सहभागी भएर फर्कदै गरेका थिए । उनीहरु मेची नगरको भएको बताइएको छ ।

घाईतेहरुको विवरण र अवस्था :–
B&C  अस्पताल बिर्तामोडमा उपचारार्थ घाईतेहरू
१. जिल्ला झापा मेचिनगर नगरपालिका –१ बस्ने बर्ष– ५५ को टेक चन्द्र फुयाल अबस्था सामान्य ।
२. जिल्ला दोलखा गौरीशंखर नगरपालिका ४ बस्ने बर्ष– ५२ को शान्ति प्रसाद उप्रेती सामान्य ।
३. जिल्ला इलाम सन्दकपुर गाउपालिका – ५ बस्ने ब र्ष– ४६ को गोपाल खतिवडा सामान्य ।
४. जिल्ला झापा मेचिनग नगरपालिका १४ बस बे बर्ष– ५२ को सिकेन्द्र ढकाल टउकोमा चोट अबस्था सामनाय ।
५. जिल्ला झापा अर्जुनधारा नपा १० बस्ने बर्ष ४० को लोक नाथ ढकाल –टाउकोमा चोट सामान्य
६. जिल्ला पाचथर फाल्गुनन्द गापा ७ बस्ने बर्ष ४५ को सिताराम अधिकारी टाउकोमा चोट सामान्य ।
७. जिल्ला कालिकोट रास्कोट नपा४ बस्ने बर्ष ३६ को पुर्ण नाथ योगि टाउकोमा चोट सामान्य ।
८. जिल्ला झापा कचनकवल गापा ३ बस्ने बर्ष २० को श्याम तमाङ टाउकोमा चोट सामान्य।
९. जिल्ला झापा मेचिनागर नगरपालिका १ बस्ने बर्ष ३९ को अनिल बि.क. हात खुट्टामा चोट सामान्य ।

बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचारार्थ घाईतेहरूः–

१. जिल्ला झापा भद्रपुर नगरपालिका ५ बस्ने बर्ष– ३७ को भोला पन्थि सामान्य ।
२. जिल्ला इलामा फाकफोथुम गउपालिका ३ बस्ने बर्ष– ३५को सन्तोष अचार्य सामान्य
३. जिल्ला झापा बिर्तामोड नगरपालिका – ६ बस्ने बर्ष– ४३ की शान्तिमाया राई सामान्य ।
४. ऐ. मेचिनगर नगरपालिका – ९ बस्ने बर्ष– ४६ को ईश्वर प्रसाद भन्डारी सामान्य।
५. ऐ.ऐ. १३ बस्ने बर्ष ३२ की सृजना प्रासाई सामान्य ।
६. ऐऐ. बस्ने बर्ष– ५२ की सिता मगर सामान्य ।
७. ऐऐ. १३ बस्ने बर्ष– ५० को सिताराम रिमाल सामान्य ।
८. ऐऐ. ४ बस्ने बर्ष– ५५ को मिन बहादुर पौडेल सामान्य ।
९. जिल्ला पचथर आँसाराङ गाउपालिका ५ बस्ने बर्ष– २८ को दिपक सुब्बा
१०. जिल्ला झापा मेचिनगर नगरपालिका –८ बस्ने बर्ष– ४२ को पदम प्रासद पौडेल सामान्य ।
११. कनकाइ नगरपालिका –३ बस्ने बर्ष– २४ राजन चिमरिया सामान्य ।
१२. जिल्ला रौतहट राजपुत नगरपालिका ५ बस्ने बर्ष– २५ को बिक्रम कुमार दास सामान्य ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य

दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने

काठमाडौं,३१ असोज । यस वर्षको दशैँ अवधिमा देशभरको मौसम मुख्यतया सफा रहने देखिएको छ । नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने

भुटनदेवी मन्दिरमा सलामी सहित भित्र्याइयो फूलपाती

मकवानपुर ,३१ असोज । हेटौँडा उपमहानगरपालिका–१० स्थित भुटनदेवी मन्दिरमा सांस्कृतिक बाजागाजा र सलामीसहित फूलपाती भित्र्याइएको छ ।नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय