आमाको महिमा सम्झदै

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक, १३ बैशाख/  दमक नगरपापिलका वडा नं १ को नवदुर्गा मन्दिरको हल । शुक्रबार जेष्ठ नागरीकहरुले भरिभराउँ थियो । यो हलमा जेष्ठ नागरिक मध्येपनि आमा तथा हजुरआमाहरुको सहभागीता उल्लेख्य थियो । उहाँहरु यहाँ दोसल्ला सहित सम्मानीत हुन र मिठो भोजन गर्दै आफ्‌ना दौतरीहरुग रमाईलो गर्न भेला हुनु भएको हो ।

 

भेला गर्ने मेसो चाहि जेष्ठ नागरीक सम्मान प्रतिष्ठान दमक दमक १ को शाखाले बनाइदिएको हो । कार्यक्रम किन आयोजना गरिएको हो भन्नेबारेमा प्रष्ट पार्नुहदै प्रतिष्ठान अध्यक्ष अम्बर बहादु बस्नेतले भन्नुभयो‘हामीले आमाको महिलाको सम्मानकालागी यो कार्यक्रम गरेका हौ ।’

 

कार्यक्रममा सम्मानीत हुने मध्ये एकजना भक्तादेवि दाहालले आमाको महिमाबारेमा बताउँदै पछिल्लो समय आमाहरु आफ्‌नै सन्तानबाट बिछोड हुनुपर्ने पीडालाई उजागर गर्नु भयो ।

 

प्रतिष्ठानले आफ्‌ना सदस्य भएका ७० वर्ष माथीका आमाहरुलाई अहिले सम्मान गर्यो । नजिकिदै गरेको मातातिर्थ औषिको अवसरमा गरिएको सम्मान कार्यक्रम सदस्य सहित गैर सदस्य सम्म पुग्न कार्यक्रम गरिन पर्ने र त्यसकालागी आवश्यक समन्वय र सहयोग गर्न आफु तयार रहेको वडाध्यक्ष हरि प्रसाद न्यौपानेले उल्लेख गर्नुभयो ।

 

कार्यक्रमको प्रमुख अतिथी रहनु भएकी नगरकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

 

कार्यक्रममा ७० वर्ष भन्दा माथीका ४५ जना आमाहरुलाई सम्मानपत्र, , छाता सहित दोसल्ला ओडाएर र मिष्ठान्न भोजन गराएर सम्मान गरिएको थियो । साथै ४० जना नयाँ सदस्यहरुलाई समेत सम्मान गरिएको हो । मातातीर्थ औषिमा आमाहरुलाई र कुशे औषिको अवसरमा बुबाहरुलाई यसरीनै सामुहिक सम्मान गर्दै आइएको प्रतिष्ठानका अध्यक्ष बस्नेतले जानकारी दिनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य

दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने

काठमाडौं,३१ असोज । यस वर्षको दशैँ अवधिमा देशभरको मौसम मुख्यतया सफा रहने देखिएको छ । नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने

भुटनदेवी मन्दिरमा सलामी सहित भित्र्याइयो फूलपाती

मकवानपुर ,३१ असोज । हेटौँडा उपमहानगरपालिका–१० स्थित भुटनदेवी मन्दिरमा सांस्कृतिक बाजागाजा र सलामीसहित फूलपाती भित्र्याइएको छ ।नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय