सन्दर्भ : मातातीर्थ औंशी

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् ।
यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि हुँदैन । सर्वत्र सर्वश्रेष्ठ माताहरुको सम्मानमा यो बेला विभिन्न संघ संस्थाले कार्यक्रम आयोजना गरिरहेका छन् ।

 

माताहरुलाई पुजन गर्ने मातातीर्थ औंशी भोलि हो । त्यसको अवसरमा दमक ६ स्थित सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्थाले आज एक कार्यक्रमकाबीच सहकारी संस्थामा आवद्ध ज्येष्ठ माताहरुलाई सम्मानित गरेको छ ।

 

 

अहिले बढ्दै गएको एकल परिवारको अवधारणा, पश्चिमा संस्कृतिको असर तथा छोराछोरी घर छोडेर बाहिर बस्ने चलनले मातापिताहरु परिवारिक माहोलबाटा टाढा र निरश जीवन विताउन बाध्य भएको परिस्थिति छ ।

 

यसखाले परिस्थितिबीचको कार्यक्रममा सम्मानित हुन पाउँदाको क्षणमा माताहरु हर्षविभोर देखिनु भयो । सम्मान ग्रहणपछि दमक २ की इन्द्रमाया सुवेदीले आफूहरुको पालामा यस्तोखाले कार्यक्रम नहुने गरेको स्मरण गर्दै अहिले यस्ताखाले सम्मान भएकोमा धेरै खुसी लागेको प्रतिक्रिया दिनु भएको छ ।

कार्यक्रममा सहभागिताको निम्तो स्वीकार गर्दै आइपुग्नु भएका दमक ८ का ज्येष्ठ नागरिक कृष्णप्रसाद कट्टेलले माताहरुप्रतिको यसखाले सम्मानप्रति खुसी व्यक्त गर्नुभयो । उहाँ भन्नुहुन्छ ‘हाम्रो संस्कृतिको संरक्षण गर्दै तीर्थ ब्रत भन्दा ठूली माताको यसरी सम्मान हुनु गौरबको कुरा हो ।’

मातापिता साक्षत भगवानको रुप रहेको तथ्यलाई मनन् गर्दै सहकारीले शेयर सदस्यकाबीचमा विगत १४ वर्षदेखि यसखाले कार्यक्रम राखेको सहकारीका सचिव कमल नेपालले औचित्य पुष्टि गर्नुभयो ।

सामाजिक व्यक्तित्व र संघ संस्थाहरुले सिक्नुपर्ने काम सूर्यदर्शनले सुरु गरेको भन्दै दमक ६ का वडाध्यक्ष टेकबहादुर थापाले प्रसंशा गर्नुभयो ।

 

कार्यक्रममा ज्येष्ठ माताहरुले आशिर्वादकासाथै मौलिक संगीनी समेत प्रस्तुत गरेर लोप हुन लागेका संस्कृति संरक्षणको सन्देश समेत दिनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य

दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने

काठमाडौं,३१ असोज । यस वर्षको दशैँ अवधिमा देशभरको मौसम मुख्यतया सफा रहने देखिएको छ । नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने

भुटनदेवी मन्दिरमा सलामी सहित भित्र्याइयो फूलपाती

मकवानपुर ,३१ असोज । हेटौँडा उपमहानगरपालिका–१० स्थित भुटनदेवी मन्दिरमा सांस्कृतिक बाजागाजा र सलामीसहित फूलपाती भित्र्याइएको छ ।नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय