यी हुन् आफ्नै तीन साझेदारको हत्या गर्नेहरु

 

 

 

विराटनगर । साझेदारी व्यवसायीक कारोबारको रकम एकलौटी बनाउन सिरहाका अनिलकुमार मण्डलको योजनामा तीन साझेदारको हत्या भएको खुलेको छ ।

मण्डलकै योजनामा सुनसरीको धरान ३ का ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ र सप्तीको सम्भुनाथ नगरपालिका ४ का ३२ वर्षीय शम्भु चौधरी तथा तेह्रथुमका ६२ वर्षीय मोहन लिम्बूको हत्या भएको प्रहरीले जनाएको छ ।

श्रेष्ठ र चौधरीको शव मोरङको धनपालथान ७ स्थित उखुबारीमा हत्यापछि गाडिएको अवस्थामा माघ १३ गते फेला परेको थियो । यस्तै लिम्बूको शव भक्तपुरको थेचोमा गाडिएकै अवस्थामा फेला परेको थियो ।

प्रहरीका अनुसार श्रेष्ठको पुस ५ गते शव फेला परेको स्थानबाट करिब १०० मिटर उत्तर कमलर कमलपुर जाने नहरमा हत्या भएको पाइएको छ । यस्तै चौधरीको दुई दिनपछि पुस ७ गते शव फेला परेको स्थानबाट १०० मिटर दक्षिण उखुबारीमा हत्या गरेका थिए ।

मण्डलको योजनामा भारतीय हत्यारासमेत बोलाएर हत्या भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न भारतीय भने पक्राउ परेका छैनन् । प्रहरीले सिरहाको सिरहा नगरपालिका २१ का ३१ वर्षीय अनिलकुमार मण्डलसहित उनका दुई सहयोगीलाई पक्राउ परेका छन् ।

मण्डललाई काठमाडौंबाट माघ २० गते पक्राउ गरेको प्रहरीले मोरङको जहदा ४ सिसवनीका २९ वर्षीय अमित साह भनिने दिननाथ सोनारलाई विराटनगर ५ बाट र धनपालथान ७ कमलपुर बस्ने ६२ वर्षीय नसिर आलमलाई विराटनगरको मटेरुवाबाट सोहि दिन पक्राउ गरेको जनाएको छ । उनीहरुलाई प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार तीनै जनाको हत्या डोरी र गाम्छाले कसेर गरिएको थियो । हत्यापछि शव खाल्डोमा हालेर त्सलाई गलाउन नुन प्रयोग गरेको पाइएको छ । प्रहरीले हत्यापछि शव गाड्न प्रयोग भएको कोदालो र ६ प्याकेट नुनसमेत बरामद गरेको जनाएको छ

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको