नर्सहरुमा नैराश्यता

नर्सहरुलाई विदेश पलायन हुनबाट रोक्न के गर्नुपर्ला ? सुनौं यी सुझाव (भिडिओ रिपोर्ट)

सीप र आफ्‌नो सेवालाई समेत थप व्यवसायिक र क्षमता बृद्धि गर्दै जाने हो भने नर्सहरुकालागी नेपाल पनि भविष्य उज्वल छ ।

दमक, २९ बैशाख  । पछिल्लो समय शैक्षिक जनशक्ति समेत विदेश पलायन हुने क्रम बढेको छ । खासगरी प्राविधिक जनशक्तिलाई देशभित्रै प्रयोग गर्न नसक्दा नेपालमा ती जनशक्तिको अभाव छ भने देशभित्र आफ्‌नो भविष्य सुनिश्चित छैन भन्दै विदेश जाने क्रम पनि बढ्दो छ ।

विदेश जाने प्राविधिक जनशक्ति मध्ये अग्रभावमा पर्छ नर्सिंङ पनि । नेपालका अस्पतालले पर्याप्त तलबमान र अन्य सुविधा दिन नसकेको भन्दै नर्सहरु विदेशिन बाध्य छन् । तर राज्यले नितिनै बनाएर व्यवस्थापन गर्ने हो भने नेपालमा नर्सहरुको अभाव पनि नखड्किने र नर्सहरु विदेश पलायन हुनबाट पनि जोगिन सक्ने थिए ।

प्रतिमा भट्टराईले दमकस्थित आम्दा अस्पतालमा नर्सको जिम्मेवारीमा काम गर्न थालेको १० वर्ष भयो । यो अवधिमा सँगै काम गरेका कैयांै सहकर्मी नर्सहरु विदेश गएका छन् । तर उहाँ यहीँ हुनुहुन्छ । यत्तिनै काम गर्दा विदेशमा महिनाकै लाखौं कमाई हुन्छ तर नेपालमा त्यसको एक तिहाई पनि हुँदैन । यदि राज्यले विदेशमा पाइने सुविधाको २५ प्रतिशत मात्रै पाउने नीतिगत व्यवस्था गरिदिने हो भने कोही पनि नर्स विदेश पलायन हुँदैनन् भन्ने उहाँलाई लाग्छ ।

उसो त भर्खरै २ वर्षदेखि स्टाफ नर्सको काम गरिरहनु भएकी मीरा माझी अहिले कार्यरत आम्दा अस्पतालको तलब अन्य अस्पतालको भन्दा चित्तबुझ्‌दो नै भएपनि कहिलेकाँही विरामी तथा विरामीका कुरुवाहरुको गलत हर्कतले गर्दा चाँही हैरान भएको महसुस गर्नु हुन्छ । त्यसैले उहाँ भन्नु हुन्छ ‘तलब बृद्धिसँगै सामाजिक सम्मान र सकारात्मक हौसालाले पनि काम गर्ने वातावरण राम्रो बनाउँछ ।’

नेपालमा नर्सहरुले मात्रै गर्न सक्ने केही कामहरु छन् । जसलाई नर्सदेखि बाहेक कसैले गर्न नसक्ने प्रावधान छ । त्यस्ता सीप र आफ्‌नो सेवालाई समेत थप व्यवसायिक र क्षमता बृद्धि गर्दै जाने हो भने नर्सहरुका लागि नेपाल पनि उज्वल भविष्यको भूमि रहेको आम्दा अस्पतालकी मेट्रोन पुनम गौरोले बताउनु भयो ।

२०५ औ अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा सोमबार आम्दा अस्पतालले नर्सहरुलाई प्रशंसापत्र प्रदान गर्दै कामको कदर गरेको छ । हेर्दा सानो मात्रै भएपनि आम्दाको इतिहासमै पहिलो पटक अस्पतालको तर्फबाट प्रशंसापत्र प्राप्त गर्दा नर्सहरुमा बेग्लै हौसला मिलेको देखिन्थ्यो ।

अस्पतालमा कार्यरत १०४ जना नर्सहरुलाई उहाँहरुले गरेको कामको मूल्यांकन गर्दै प्रशसापत्र प्रदान गरिएको थियो । सो अवसरमा बोल्दै अस्पतालका मेडिकल सुपरिटेण्डेट डा. शिखर कट्टेलले कैयांै विरामीलाई मृत्युको मुखबाट बचाउन सक्ने नर्सहरुको आत्मसम्मानका लागि समाज, राज्य र सम्बन्धित अस्पतालले समेत केही सुधार गर्न आवश्यक रहेको र आफ्‌नो अस्पतालमा भएका केही कमीकमजोरीलाई सुधार गर्दै लैजाने प्रतिवद्धता जनाउनु भएको छ ।

अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमै अस्पतालमा उपचार गराइरहनु भएका विरामीको सीघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफूल समेत वितरण गरिएको थियो भने आम्दा अस्पतालको प्राङ्गणमा नर्सिङ एसोसिएसन अफ नेपाल झापा जिल्ला कमिटीले रक्तदानको समेत कार्यक्रम गरेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभामुख अर्याल र राष्ट्रसंघीय आवासीय संयोजकबीच शिष्टाचार भेट

काठमाडौं,१६ वैशाख । सभामुख डोल प्रसाद (डीपी) अर्याल र नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक लीला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता भएको छ । भेटमा नेपाल–संयुक्त

सुकुम्बासी बस्तीमा डोजर र अध्यादेश शासनबारे सांसदहरूको आपत्ति

काठमाडौं,१६ वैशाख। प्रतिनिधिसभा सदस्यहरूले सुकुम्वासी माथिको सरकारकारी डोजर र अध्यादेशबाट शासन चलाउने विषय गम्भीर रहेको बताउनु भएको छ । बुधबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा

चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता सम्पन्न

काठमाडौँ, १६ बैशाख । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ। भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास

अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि

काठमाडौं,१६ वैशाख । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दरमा वृद्धि गरेको छ । विभागले २०८० वैशाख १६ गतेदेखि लागू हुने गरी

सर्लाहीको बागमतीमा मानव कङ्काल फेला

सर्लाही,१६ वैशाख । सर्लाहीमा मानव कङ्काल फेला परेको छ । जिल्लाको बागमती नगरपालिका – १२ क्षेत्रमा मंगलबार दिउँसो टाउको र शरीर छुट्टिएको अवस्थामा कङ्काल फेला

एमालेको चुनावी असफलतामा पौडेलको समीक्षा

काठमाडौं,१६ वैशाख । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले हालै भएको निर्वाचबाट ठुलो राजनीतिक धक्का र असफलता व्यहोरेको स्वीकार गर्नु भएको छ। २७औँ यदु स्मृति