अर्किड एकेडेमीमा सांस्कृतिक कार्यक्रम

शिक्षामा विभेद गर्नु दण्डनीय – संयोजक भट्टराई

दमक, १ जेठ \ दमक नगरपालिका शिक्षा समितिका संयोजक तथा दमक वडा नं. ९ का अध्यक्ष कुवेरप्रसाद भट्टराईले शिक्षामा विभेद गर्नु दण्डनीय हुने बताउनु भएको छ । उहाले शिक्षालाई गुणस्तरीय बनाउन अभिभावक र विद्यालय प्रशासनको समान दायित्व र भूमिका रहनुपर्ने बताउनु भयो ।

 

 

झापाको दमक ४ चियादोकानस्थित अर्किड एकेडेमी स्कूलले आयोजना गरेको सांस्कृतिक कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । बिहिबार स्कूल परिसरमा आयोजना गरिएको साँस्कृतिक कार्यक्रममा विद्यालयका नर्सरीदेखि कक्षा ६ सम्मका विद्यार्थीहरुले आफ्नो कला प्रस्तुत गरेका थिए । जसमा सामूहिक नृत्य, बाल नृत्य, गायनलगायतका प्रस्तुतिहरु प्रस्तुत गरेर अभिभावकलाई मनोरञ्जन प्रदान गरिएको थियो ।

 

 

कार्यक्रममा अघिल्लो शैक्षिक वर्षका उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत गर्नुका साथै अनुशासित र जेहेन्दार तथा सरसफाई र पोसाकमा ध्यान दिने विद्यार्थीहरुलाई ताज पहिर्‍याउँदा विद्यार्थीहरु उत्प्रेरित देखिएका थिए ।

 

 

कार्यक्रममा अभिभावकको तर्फबाट मन्तव्य राख्दै सञ्चारकर्मी विमल लामिछानेले अभिभावक र शिक्षक शिक्षिकाको सम्बन्ध नङ र मासुको जस्तो हुन सकेमात्र विद्यालय र विद्यार्थीको विकास हुने उल्लेख गर्नु भयो । उहाँले विद्यालय कुट्ने स्कूल नभई सिक्ने स्कूलको रुपमा परिचय बनाउन सुझाव समेत दिनुभयो ।

 

कार्यक्रममा विद्यालय प्रिन्सिपल लक्ष्मी नेपालले अभिभावकको रेखदेख र सकारात्मक भूमिकाबाट मात्रै विद्यालय राम्रो बनाउन र विद्यार्थीहरुमा पनि दक्षता बढाउन सकिने बताउनु भयो । उहाँले यस शैक्षिक सत्रबाट विद्यालयमा ई—सेवाको माध्यमबाट विद्यार्थीका गतिविधि र दैनिक क्रियाकलापहरुलाई अभिभावकसँग जोड्ने प्रयत्न गरेको भन्दै अबका दिनमा अभिभावकले घरमै बसेर आफ्ना नानीबाबुहरु स्कूल पसेको र स्कूलबाट निस्किएको जानकारी पाउन सकिने एप सञ्चालन गरिएको जानकारी दिनुभयो ।

 

 

 

 

 

 

 

 

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा