रकम फिर्ताको क्रम लेटाङबाट सुरु

तुलसी सहकारीबाट १३६ जनाको रकम फिर्ता, बचतकर्ता खुसी

लेटाङ, ४ जेठ / समस्याग्रस्त बनेको तुलसी सहकारीबाट बचतकर्ताको रकम फिर्ता हुन थालेको छ । यस क्रममा मोरङको लेटाङका १३६ जना बचतकर्ताको रकम फिर्ता भएपछि उनीहरुमा खुसी छाएको छ ।

 

लेटाङमा कुटानी पिसानीको मिल सञ्चालन गरेर दुखले आर्जन गरेको रकम डिल्लीराम ढकालले तुलसी सहकारीमा बचत गर्नु भएको थियो । पैसा थोरै भएपनि उहाँले बचत गरेको रकम फिर्ता पाउनु भयो । सहकारी बन्द भयो, रकम डुब्यो । अव आफ्‌नो बचत रकम पनि हराउने भयो भन्ने चिन्ता उहाँमा थियो । तर आइतबार रकम प्राप्त गर्दा उहाँ खुसीले दंग पर्नु भएको थियो ।

 

यस्तै, बलराम राई र रुपा विश्वकर्माले पनि आफ्‌नो मेहनतको सानो हिस्सा तुलसी सहकारीमा बचत गर्नु भएको थियो । माया मारेको रकम फिर्ता पाउँदा उहाँहरु पनि निकै खुसी देखिनु भएको थियो ।

 

यी सदस्यहरुले यति सजिलै बचत रकम फिर्ता भने पाएको भने होइन । बचतकर्ताले स्थानीय सरकारमा दिएको उजुरीका आधारमा पटक पटकको छलफल र पहलमाफर्त यसले सार्थकता पाएको लेटाङ नगरपालिका वडा नं ५ का वडाध्यक्ष भूमसूर्य राईले बताउनु भयो ।
सहकारीका सञ्चालकको गलत नियत र गलत कर्मका कारण सहकारीहरुमा यस्तो समस्या आउने गरेकोले सहकारीका सबै सदस्यहरु चनाखो बन्न लेटाङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद सुवेदीको सुझाव छ ।

 

समस्या समाधानका लागि नगरपालिकाको तहबाट सहकारीका सरोकारवाला र अहिले सरकारले बनाएको समस्याग्रस्त सहकारीको समस्या समाधान गर्ने समितिका पदाधिकारीहरुसँग छलफल पछि यो वातावरण बनेको र अझै पनि बचतकर्ताको रकम डुब्न नदिन नगरपालिकाले सबैखाले भूमिका निर्वाह गर्न तयार रहेको लेटाङ नगर नगर प्रमुख भुपेन्द्रकुमार लावती र उपप्रमुख कृष्ण कुमारी पोखरेलले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 

 

सरकारले कोशी प्रदेश र मधेस प्रदेशमा समस्याग्रस्त सहकारी मध्ये तुलसी र शिवशिखर सहकारीको समस्यालाई समाधान गर्न र बचतकर्ताको रकम फिर्ता गर्ने जिम्मा समितिका संयोजक दमकका रुद्र दाहाल (रुपक) लाई दिएको छ । उहाँकै नेतृत्व र आँटले अहिले बचतकर्ताको रकम फिर्ता हुने वातारण बनेको हो ।
आईतबार लेटाङका १३६ जना बचकतार्का सबै रकम नगदमै वितरण गरिएको छ । यस सहकारीका सञ्चालकहरु अहिले जेलमा रहेका छन् भने सबै सम्पत्ती सरकारले रोक्का राखेर बचतकर्ताको रकम फिर्ता गर्ने वातावरण तय गरिरहेको छ । जसको थालनी लेटाङबाट भएको छ । अवको एक महिनाभित्रमा दमक र त्यसपछि क्रमशः विराटनगर र उदयपुरका तुलसी सहकारीका पीडितको रकम फिर्ता गर्ने तयारी गरिरहेको पनि संयोजक दाहालले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रास्वपाको नेतृत्व अपरिपक्व रहेको ऐन महरको टिप्पणी

काठमाडौं, १२ असार । नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा देखिएको उपस्थिति र व्यवस्थापनलाई लिएर गम्भीर प्रश्न उठाउनु

नामावली सार्वजनिक, मतदान प्रक्रिया सुरु

काठमाडौं,१२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा मतदान प्रक्रिया सुरु भएको छ । उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएसँगै मतदान

दोस्रो चरणको मतदान प्रक्रिया सुरु

काठमाडौं,१२ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा मतदान प्रक्रिया सुरु भएको छ । उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएसँगै मतदान सुरु

कति सुरक्षित छ नेपाली चियाको विश्व बजार?

काठमाडौं,१२ असार । नेपाली चिया विश्वका विभिन्न मुलुकमा निर्यात हुँदै आए पनि अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाले समान व्यापारिक सुविधा पाउन सकेको छैन । आयात गर्ने

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभाको बैठक पुनःप्रभावित

काठमाडौं,१२ असार । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन लम्बिँदा प्रतिनिधिसभाको बैठक पुनः प्रभावित भएको छ । महाधिवेशन नसकिएकै कारण बैठक दोस्रोपटक स्थगित