पहिलो सिङगिङ तथा डान्सिङ आइडल प्रतिष्पर्धा

सृजनशील इतिहास व्यूँताउँदै पथरी शनिश्चरे

७ वर्षदेखि ६५ वर्षसम्मका प्रतिष्पर्धी एउटै मञ्चमा ।

पथरी शनिश्चरे, ४ जेठ / उत्तरपूर्वी मोरङको पथरी शनिश्चरे सृजना क्षेत्रमा इतिहास कायम गरेको ठाउँ मानिन्छ । प्रगतिशील चेतका पक्षमा पञ्चायतकालको अन्त्यतिरको समय र प्रजातन्त्रको पुनर्स्थापनाको दशकमा पथरी शनिश्चरेले सृजना क्षेत्रमा जिल्लाकै अगुवाई गर्दै आएको इतिहास छ ।

 

सृजना क्षेत्रमा साहित्यसँगसँगै अझ बढी मात्रामा जनवादी गीत संगीतका गतिविधिले त्यो बेला पथरी शनिश्चरे चिनिन्थ्यो । राष्ट्रिय जनसांस्कृतिक मञ्चका गतिविधि पथरी केन्द्रित हुन्थे । जनगायक जेवी टुहुरे, लब प्रधान, कुन्दन राई, वीरध्वज शिवा, खेम नेपाली, महेश बुढाथोकी, नवीन सुवेदी, शक्तिबल राईहरुको अगुवाईमा हुने सांस्कृतिक जागरणका कार्यक्रमले कला र संस्कृति जोगाउने तथा सो क्षेत्रमा आफ्‌ना प्रतिभा अघि सार्ने काममा महत्वपूर्ण गतिविधि भए । त्यो बेला आफुहरुबाट भएको सांस्कृतिक जागरणको चेतनाको अगुवाईले यसबेला सृजना क्षेत्रमा पुनर्जागरण गर्ने काममा मद्धत पुर्‍याएको पुराना लोकगायक वीरध्वज शिवाको ठहर छ । ‘हामीले त्यो बेला थालेको सांस्कृतिक जागरणको जगले पथरी शनिश्चरे क्षेत्रलाई सृजनशील हिसाबले चिनाउँदै आएको र नयाँ पुस्ताले पनि त्यसबाट प्रेरणा लिएर अघि बढ्दै आउँदाको अहिलेको गायन र नृत्यको आइडलसम्मको उत्साह हो भन्ने लाग्छ ।’– उहाँले विगत स्मरण गर्दै भन्नुभयो ।

 

पछिल्ला ७ वर्षयता पथरी शनिश्चरे नगरपालिको उपसमितिका रुपमा गठन भएको कला साहित्य प्रवद्र्धन समितिले वर्षेनी केही न केही गतिविधि गर्दै आयो । तर यो वर्षको हाल सञ्चालनमा रहेको नगरस्तरीय सिङगिङ तथा डान्सिङ आइडल प्रतिष्पर्धाले बालबालिका, युवादेखि ज्येष्ठ उमेरकाहरु समेत सामेल भएर हालसम्म भएका कार्यक्रम मध्ये प्रभावकारी बन्न पुग्यो । ७ वर्षकी बाङ्मो डोल्मा तामाङको नृत्य हुँदै धरानमा यसअघि सम्पन्न एसईई सिङगिङ आइडल सिजन १ मा फस्ट रनरअप भएका राज लोहार, बाबुछोरा इश्वर र रिग्जन दर्नालको गायन । अनि खेती किसानी गरेर पनि गुनगुनाई रहने रहर पाल्नु भएकी कविता पौडेल र कृष्ण थापाका साथै उमेरले ६५ वसन्त पार गर्नुभएका लालबहादुर राई कार्यक्रमका आकर्षक बन्नु भयो । जसबाट सृजनामा उमेरले नछेक्ने र जँहा जस्तो अवस्थामा पनि सृजनाले जीवनमा उत्साह भर्ने सन्देश दिइरहेको थियो ।

 


हसन्दहको अडिसनमा छानिनु भएका ५० वर्षीय कृष्ण र ३० वर्षीय कविताले लगभग एउटै धारणा राख्नुभयो ‘हामी छोरा छोरी भन्दा पनि साना उमेरकासँग प्रतिष्पर्धामा छौं । सृजना उमेरले हुँदैन । यो रहर हो र सृजनाप्रतिको माया हो ।’ वडा नम्बर १० मा रहेको भुटानी शरणार्थी शिविरका युवाहरु समेत प्रतिष्पर्धामा सामेल भए । पहिलो पटक नगरमा भएको यसखाले आइडल छनोटको कार्यक्रमले विशेष गरी बालबालिकाहरुमा उत्साह देखिएको छ । प्रतिष्पर्धामा अधिकांश बालबालिका रहेकाले यसखाले कार्यक्रमले बालबालिकालाई आफ्‌नो भविष्य निर्धारण गर्न मद्धत पुग्ने ठान्नुहुन्छ स्थानीय अभिभावक आरती तामाङ.।

 

नगरको मनोरमस्थलका रुपमा रहेको मनोहर होटल पार्कमा भएको छनोटको दोस्रो चरण अर्थात मेघा अडिसनबाट दुबै विधामा २०/ २० जना छानिएका छन् । पहिलो अडिसनबाट हसन्दह र पथरीमा गरी नृत्यमा ११४ जना र गायनमा १०२ जनाले भाग लिएका थिए । जसमध्ये नृत्यतर्फ ४८ र गायनतर्फ ५७ गरी १०५जना छनोटमा परेका थिए । सोमध्येबाट दोस्रो चरणको प्रतिष्पर्धाबाट २०/२० छानिए ।
जेठ १० गतेको तेस्रो चरणबाट उत्कृष्ठ १० /१० जना छानिनेछन् । त्यसपछि बन्द प्रशिक्षण समेत सञ्चालन सकेपछि चौथो तथा फाइनल चरण जेठ २४ गते हुनेछ ।

फाइनलमा दुबै विधाका पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद ४० हजार, २० हजार र १० हजार तथा मेडल र प्रमाणपत्र प्रदान गरिने छ । कार्यक्रमको समापनका दिन नगर क्षेत्रका एकजना सर्जकलाई नगद २५ हजार, मुहारचित्र र सम्मानपत्रले सम्मानित समेत गरिने कार्यक्रम रहेको छ । समग्र कार्यक्रमका लागि नगरपालिका कार्यालयको ६ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । २०७५ मा नगरपालिकाको उपसमितिका रुपमा गठित समितिले साहित्य र कलाका गतिवधि वर्षेनी सञ्चालन गर्दै आएको समितिका अध्यक्ष धनराज राई अमीरले जनाउनु भयो । यसपटकको कार्यक्रमले लुकेर रहेका प्रतिभाहरुको उजागर गरी सृजना क्षेत्रबाट नगर सम्पन्न रहेको विषय गजबले चरितार्थ पारेको उहाँको ठम्याइ छ ।

 

को को छानिए उत्कृष्ठ २० / २० मा ?
दोस्रो चरण अर्थात मेघा अडिसनबाट गायनतर्फ वडा नम्बर १ का अनम पराजुली, रोश्नी गुरुङ, रिक्जन दर्नाल, आवन्तिका बस्नेत, उमेश विश्वकर्मा, संजोक रसाइली, समिप सारु मगर, किरण प्रताप विक, ओसियन सेञ्चुरी, छेइसाङ तामाङ छानिनु भएको छ । वडा नम्बर २ बाट राज लोहार, तुलसा थापा, रसिका साम्बा, सेविका गिरी, जनम राई, वडा नम्बर ३ बाट शिका अधिकारी र दीलिसा कार्की पनि छनोटमा पर्नुभएको छ । त्यस्तै, वडा नम्बर ४ बाट साहारा नेपाली, ७ बाट रिभ्याना धिमाल, ८ बाट संजना राई र १० बाट सरिता लिम्बू उत्कृष्ठ २१ मा पर्नुभएको छ ।

 

नृत्यतर्फ, वडा नम्बर १ बाट आयुषा दर्जी, निमिषा बस्नेत, युनिका गौतम, २ बाट सितल कार्की, रिन्छेन लामा, कृष्टिना तामाङ, निशा राई छनोटमा पर्न सफल हुनुभयो । वडा नम्बर ३ बाट आलिया विक र जेनिसा कार्की, ४ बाट युनिका राई, ५ बाट रोश्नी कार्की, ७ बाट सृष्टिका नेपाल, ९ बाट अनुस्का सुनाम दर्जी, कट्रिना राई र युन्छोमा लिम्बू चुनिन सक्नु भयो । वडा नम्बर १० बाट छेवाङ दोर्जे तामाङ, उत्पल गुरुङ, लेखि छुल्डिम तामाङ, सुजता घिसिङ र वितेस राई पनि छनोटमा परेर तेस्रो चरणमा प्रवेश गर्नुभएको समितिका सचिव लक्ष्मीप्रसाद फूयाँलले जनाउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य

दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने

काठमाडौं,३१ असोज । यस वर्षको दशैँ अवधिमा देशभरको मौसम मुख्यतया सफा रहने देखिएको छ । नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने