१८ प्रतिशत काम भएपछि भूमि पूजन

दमकमा ५ तले व्यावसायिक भवन निर्माण धमाधम

दमकका व्यवसायीलाई सहज बनाउने लक्ष्य, दमकको पहिचान बदल्ने विश्वास ।

दमक, ५ जेठ । दमकको मुख्य बजारमा दमक नगरपालिका र नगर विकास कोषको लगानीमा ५ तले व्यवसायिक भवन धमाधम बनिरहेको छ ।

 

 

हालसम्म १८ प्रतिशत भौतिक प्रगति र १६ प्रतिशत आर्थिक प्रगति भइसकेको परियोजनाका कन्सल्टेण्ट किरण कुमार महतले प्रगति विवरण जानकारी गराउने क्रममा सो कुरा बताउनु भयो । दमकको इतिहास जोडिएको यो ठाउँमा बन्ने यो व्यावसायिक भवनले दमकको पहिचानलाई बदल्ने अपेक्षा गरिएको छ ।

 

यदि नियमित काम भयो भने अबको ९ महिनापछि दमकस्थित पुरानो सुनचाँदी लाइनमा भव्य व्यावसायिक महल निर्माण भइसक्ने छ । ४३ करोड लागतमा बन्ने भवन सुविधायूक्त ५ तलासम्मको बन्ने छ ।

 

दमकको इतिहास जोडिएको यो ठाउँमा बेग्लै पहिचान थियो । खासगरी व्यावसायिक चलायमान गराउन र दमकलाई व्यावसायिक हब बन्ने हिसाबको इतिहास थियो । तर त्यसको नामोनिसान मेटाएर यहाँ दमक नगरपालिकाले ऋण लिएर सपिङ कम्प्लेक्स बन्न थालेको छ । यसले दमकका व्यवसाय चलायमान बनाउन मद्धत पुर्‌ाउने वडा नं ७ का वडाध्यक्ष भीम पौडेल विश्वास व्यक्त गर्नुहुन्छ ।

 

लामो समयको बिवाद र मुद्धा मामिला समेत झेलेर यो ठाउँमा सपिङ कप्लेक्स बन्न लागेको हो । यसले दमकको व्यवसायलाई चलायमान बनाउने र दमकलाई आधुनिक सहरमा प्रवेश गराउन मद्यत गर्ने नगर प्रमुख रामकुमार थापा र उपप्रमुख रेगिना भट्टराई प्रसाईले उल्लेख गर्नु भएको छ । सोमबार यसको भूमि पूजन गरिएको छ ।

 

यदि यो परियोजनाको काम गर्दा समयमा भुक्तानी भयो र कुनै रोकावट नभएमा निर्धारीत समय भन्दा पनि अगावै निर्माण सम्पन्न गरिसक्ने निर्माण पक्षका माधवप्रसाद चौलागाईंको भनाइ छ ।

 

यो परियोजना निर्माण गर्न ४३ करोड २४ लाख १६ हजार ६ सय ४४ बजेटमा ठेक्का लागेको छ । २०८१ भदौ ९ गते परियोजना निर्माणको काम प्रारम्भ भएको थियो । अव ९ महिनापछि अर्थात २०८२ पुस २४ गते सम्ममा निर्माण गरिसक्नु पर्ने सम्झौतामा उल्लेख छ । काम गर्न काठमाडौमा रहेको नव सिर्जनशील बंगलामुखी जेवीलाई ठेक्का दिइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

छठघाटमा सुरक्षा कडा, महँगा गहना नलगाउन पर्सा प्रहरीको आग्रह

वीरगञ्ज,२९ कार्तीक । पर्सा प्रहरीले वीरगञ्ज लगायत जिल्लाका सम्पूर्ण छटघाटहरूमा सुरक्षा व्यवस्था कडा पारेको छ । बर्दीधारी पुलिससँगै सादा पोशाकमा पनि प्रहरीले प्रहरी परिचालन गरिएको

अमेरिकामा १५ हजारभन्दा बढी हवाई उडान रद्द, १० लाख यात्रु प्रभावित

काठमाडौं ,२९ कार्तीक। अमेरिकामा देशव्यापी हवाई उडान रोकिएको घटनाको असर अझै सामान्य हुन सकेको छैन । चार घण्टासम्म देशभरका उडान रोकिएपछि उत्पन्न अवरोधका कारण हजारौं

कर्णालीद्वारा चितवनलाई १५४ रनको लक्ष्य

काठमाडौं,२९ कार्तीक । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १५४ रनको लक्ष्य दिएको छ

दुर्घटनापछि ‘जलाकी’ को मुख्य भूमिकामै फर्किए सोनम तोप्देन

काठमाडौं,२९ कार्तीक । गायकबाट अभिनेतासम्मको यात्रा तय गरेका सोनम तोप्देनका लागि सिनेमा ‘जलाकी’ एउटा विशेष प्रोजेक्ट बनेको छ । दुर्घटनाका कारण बीचमै छाड्नुपरेको यही सिनेमामा

नेपाल–भारत सीमामा ड्युटीकै क्रममा भारतीय एसएसबी जवानको मृत्यु

दिघलबैंक ,२९ कात्तिक । नेपाल–भारत सीमामा तैनाथ सशस्त्र सीमा बल (एसएसबी) का एक जवानको ड्युटीकै बेला मृत्यु भएको छ ।सशस्त्र सीमा बल (एसएसबी) का १२

छठलाई राष्ट्रिय पर्वका रूपमा स्थापित गर्न प्रभु साहको माग

काठमाडौं ,२९ कार्तीक। आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले आस्थाको महान पर्व छठलाई राष्ट्रिय पर्वको रूपमा स्थापित गरि अन्तर्राष्ट्रियकरण गर्नुको साटो अहिले क्षेत्रीय

एमाले प्रचार विभागका अनुसार मंसिर २ देखि राष्ट्रिय भेला र केन्द्रीय कमिटी बैठक

काठमाडौं,२९ कार्तीक । नेकपा (एमाले)ले आगामी मंसिर २ देखि ५ गतेसम्म तीनवटा महत्त्वपूर्ण केन्द्रीय कार्यक्रम आयोजना गर्ने भएको छ ।पार्टीले मंसिर २ र ३ गते