इलाम, २५जेठ । इलामको सुर्योदयन गरपालिकास्थित करफोकमा होमस्टे सुरु भएको डेढ वर्ष भयो । आफ्नै बस्ने घरमा एउटा कोठा थप गरेर अनि आफ्नै भान्सामा जे पाक्छ त्यहि खुवाएर यहाँका होमस्टेका सञ्चालकहरुले पर्यटकलाई सेवा दिने गर्दछन् ।
यस ठाउँको अर्को रोचक कुरा चाहि के छ भने यी सबै होम स्टे महिलाको नेतृत्वमा सञ्चालित छन् । उनीहरुलाई केहि पुरुषहरुले चाहि आँट र हौसला मात्रै दिने गरेका छन् ।
सुर्योदय नगरपालिका वडा नं ११ स्थित पञ्चकन्यामा गीता खत्रीले ढेड वर्षदेखि होमस्टे चलाइरहनु भएको छ । उहाँको होमस्टेको नाम हो खत्री निवास । उहाँले स्वदेशी हुन वा विदेशी सबै खाले पाहुनालाई एकै प्रकारको सेवा गर्नु हुन्छ ।
उहाँ भन्नुहुन्छ- हामी आफ्नो अन्य काम भ्याएर पनि हो स्टेमा सेवा गर्न भ्याएका छौ । जसले हाम्रो अतिरिक्त आम्दानी बढाएको छ । म त खुसी छु ।
यस्तै यही ठाउँकी तारा राईले अनमोल नाम दिएर को होमस्टे चलाइरहनु भएको छ । उहाँकोमा को को पाहुना कहाँबाट र कति जना आउँदैछन् भन्ने पूर्व जानकारी हुन्छ । त्यहि अनुसार ती पाहुनाहरुलाई खुवाउन र सुताउने तारताम्य मिलाउनु हुन्छ । त्यसबाहेक उहाँ आफ्नै दैनिकी कृषि कर्म गर्नुहुन्छ ।
यस ठाउँका हरेक होम स्टेले एक एक वटा उत्पादन गर्ने गरेका छन् । त्यसैले सबै व्यवसायिक किसान पनि छन् । आफ्नो मुल पेसालाई समेत साथमै लगेर होमस्टे चलाउँदाको अनुभव सुनाउनुहुदै राई भन्नु हुन्छ पहिलो अनुभव हो फरक फरक पाहुनाको स्वागत र सत्कार गर्न पाउँदा खुसी लागेको छ ।
करफोकको पञ्चकन्या मन्दिर यहाँको ऐतिहाँसिक मन्दिर पनि हो । यही मन्दिरलाई साक्षी राखेर ढेड वर्ष देखी यहाँ होम स्टे सुरु गरिएको छ । यस आसपासमा होम स्टे सञ्चालन गर्नेहरुले करफोक खलङ्गा सामुदाीयक होमस्टे नामक सस्था दर्ता पनि गर्नु भएको छ । जसको नेतृत्व गर्नु हुन्छ कोपिला पोखरेलले । उहाँ भन्नुहुन्छ माहिलाहरुले मात्रै सञ्चालन गरेपनि यसमा खास चुनौती छैनन् ।
महिलाहरुले गरेको रहेछ भनेर धेरैले बरु सहानुभूति देखाउने गरेको भन्दै कहिलेकहि धेरै जना पाहुदा हुदा चाहि त्यसको व्यवस्थापनमा चुनौती रहेको उहाँले सुनाउनु भयो ।
यहाँ उत्पादन हुने तरकारी, दुधजन्य सामग्री तथा कुखुराको मासु यहाँका खास परिकार हुन ।
विषादी रहित उत्पादन र इलामको पानीको सम्मीश्रणले यहाँका हरेक परिकारहरु स्वादिला हुने गरेका यहाँ बसेका पर्यटकहरुको अनुभव छ ।









