रक्षक रगत

रक्तदान किन गर्ने , गर्दा र नगर्दा के हुन्छ ? ( भिडिओ रिपोर्ट )

कम्तीमा हरेक ३/३ महिनामा रक्तदान गरौ । यसले शारीरिक रुपमा निकै फाईदा गराउछ ।

दमक, ३१ जेठ ।     दानहरुमध्ये सबैभन्दा ठुलो दान रक्तदान हो भन्ने भनाईलाई स्थापीत गरिरहिएको छ । आफ्‌नो एक पेण्ट रगतले कसैको जीवन बाँच्न सक्छ भने त्यो भन्दा महत्वपूर्ण दान अरु के हुन सक्ला भन्दै ब्याख्या गरिन्छ । र वास्तवमा हो पनि । रक्तदान गर्नेहरु किन पटक पटक रक्तदान गरिरहन्छन् ? र रक्तदान नगर्दा के हुन्छ ?

 

उञ्जना पोखरेल । पेषाले जनस्वास्थ्यकर्मी । उहाँको अनुभवले भन्छ रगतको अभावमा कयौंले जीवन र मृत्युसग जुधिरहेको मैले देखेको छु । ” उहाले एक पेण्ट रगतको महत्त्व कति हुन्छ ? अस्पतालको शैयामा जीवन कुरिरहेक कयौ बिरामी भेटेको र त्यसको समन्वयमा आफुले काम गरेको उल्लेख गर्नु भयो ।

 

शनिबार झापाको कमलमा प्रगतिशिल स्वास्थ्यकर्मी कोशी प्रदेश कमिटिले अय्योजना गरेको रक्तदान कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनु भएको हो ।

 

उहालेभने जस्तै एक पोका अर्थात एक पेण्ड रगतको महत्व कति हुन्छ भन्ने कुरा प्रष्ट हुन्छ ।

यस्तै दमकका सामाजीक, शैक्षीक तथा राजनैतिक व्यक्तित्व तीर्थराज बस्नेतले अहिले सम्म १०८ पटक सम्म रक्तदान गरिसक्नु भयो ।

रक्तदान गर्दा उहाँले आफुलाई वा आफ्‌नो शरिरलाई के फाईदा भइरहेको छ भनेर कहिलै हेर्नु भएन । त्यो ढंङ्गले सोच्नु भएन । उहाँ भन्नु हुन्छ मलाई रक्तदान गर्दा आत्मसन्तुष्टि प्राप्त हुन्छ । मेरो रगतले पक्कै पनि कसैको ज्यान बच्यो होला भन्ने उहाँको विस्वासमा रक्तदान गर्दै आएको उहाँले सुनाउनु भयो ।

 

दमक स्थित रेडक्रसमा रक्तसञ्चार गृहका प्रमुख सिद्धार्थ दाहाल रक्तदान गरौ जीवन बचाउँ भन्ने अभियान पनि चलाउनु हुन्छ । रक्तदान किन गर्ने र गर्दाका फाईदा र बेफाईदाबारेमा उहाँले जनचेतना फैलाउने गर्नु हुन्छ ।

 

उहाँ भन्नू हुन्छ कम्तीमा हरेक ३/३ महिनामा रक्तदान गरौ । यसले शारीरिक रुपमा निकै फाईदा गराउछ । तन्दुरुस्त बनाउछ ।

 

 

 

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रविले मतदान गरेसंगै पहिलो चरणको मतदान सम्पन्न

काठमाडौं,११ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितनवमा जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि भइरहेको निर्वाचन सम्पन्न भएको छ । पार्टी सभापति रवि लामिछानेले

बर्ड फ्लुका कारण ६० करोड रुपैयाँभन्दा धेरैको क्षति : डा. उमेश दाहाल

काठमाडौं । नेपालमा पछिल्ला तीन महिनादेखि फैलिरहेको बर्ड फ्लु संक्रमण अहिले विशेषगरी काठमाडौं उपत्यकामा केन्द्रित बनेको छ । पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार

शक्तिशाली भूकम्पपछि काराकासमा व्यापक क्षति

काठमाडौं,११ असार । भेनेजुएलाको काराकासमा हालै गएको शक्तिशाली भूकम्पपछि त्यहाँ व्यापक क्षति देखिएको छ । चिनियाँ सञ्चारमाध्यम सीसीटीभीले सार्वजनिक गरेको फुटेजमा शहरको विभिन्न स्थानमा भग्नावशेष

वर्षायाममा बाजुराका हिमाली फाँटः धर्तीमै लुकेको स्वर्ग

बाजुरा,११ असार । सुदूरपश्चिमको हिमाली जिल्ला बाजुरा प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक सम्पदाले भरिपूर्ण भूमि हो । वर्षायामको आगमनसँगै यहाँका उच्च हिमाली क्षेत्रले नयाँ

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय