सीमामा फेरि असुरक्षा?

काँकरभिट्टामा भारतीय नागरिक हतियारसहित पक्राउ, सशस्त्र तस्करीको संकेत

झापा, ६ असार |    सीमावर्ती क्षेत्रमा सुरक्षाको संवेदनशीलता फेरि एकपटक प्रश्नचिह्नमा परेको छ। झापाको काँकरभिट्टाबाट एक भारतीय नागरिक हतियारसहित नियन्त्रणमा लिइएपछि सीमामा लुकिछिपी भइरहेका तस्करी गतिविधि र सशस्त्र अपराधको सम्भावनाले थप गम्भीर मोड लिएको छ।

 

शुक्रबार   साँझ ७:२० बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले गुप्त सूचनाका आधारमा मेचीनगर–६ स्थित बसपार्कमा WB 70 G 3232 नम्बरको भारतीय गाडी जाँच गर्दा चकित पार्ने तथ्य फेला पारेको हो। भारतको दुर्गानगर, सिलगुढी निवासी अन्दाजी ३५ वर्षीय जय प्रकाश कुमार पाठक उक्त गाडीमा थिए।

 

 

 

गाडीको चालक सिटमुनी लुकाइएको अवस्थामा भारतमै बनेको STAR RX (4.5 MM) म्यागजिनसहितको एयर पेस्तोल फेला परेको प्रहरीले जनाएको छ। सो हतियारसँगै ५ वटा एयर बुलेट, साथै २ वटा धारिलो खुकुरी समेत बरामद गरिएको हो। ती खुकुरी चालक सिटको दायाँ–बायाँतर्फ लुकाएर राखिएको अवस्थामा भेटिएको जनाइएको छ।

 

 

नियन्त्रित व्यक्तिको साथबाट २ थान मोबाइल सेट (REMI र SAMSUNG), गाडीको कागजात, तथा उसको नागरिकता प्रमाण खुल्ने कागजहरू पनि प्रहरीले बरामद गरेको छ। हाल इलाका प्रहरी कार्यालय काँकरभिट्टामा विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ।

 

 

सिमा सुरक्षामै प्रश्न
यस घटनाले नेपालको खुला सीमाना र त्यसको सुरक्षातर्फ राज्यको नीति कति प्रभावकारी छ भन्ने गम्भीर प्रश्न उठाएको छ। सीमामा भारतसँग १,८०० किलोमिटर खुला सीमा भएको नेपालमा हातहतियार ओसारपसार, मानव तस्करी, लागुऔषध कारोबार जस्ता अवैध गतिविधिको जोखिम लामो समयदेखि देखिँदै आएको छ।

 

 

 

गाडीमा सवार व्यक्ति सिधै बसपार्कसम्म प्रवेश गर्न सक्नु, हतियार र खुकुरी राखेर समेत सहज ढंगले गन्तव्यसम्म पुग्न सक्नु, सीमामा भइरहेको ‘स्क्यानिङ र निगरानी प्रणाली’ कत्तिको प्रभावकारी छ भन्ने प्रश्नको जवाफ हो।

राज्य र सुरक्षा संयन्त्रको गम्भीर ध्यानाकर्षण आवश्यक
यो घटनाले सिमा क्षेत्रका प्रहरी तथा सुरक्षाकर्मीहरूलाई सर्तकता र अनुगमन क्षमता अझ सुदृढ गर्नुपर्ने सन्देश दिएको छ। साथै भारततर्फबाट भित्रिने सवारीसाधन तथा व्यक्तिहरूको निगरानी प्रणालीलाई आधुनिक प्रविधिमार्फत कडाई गरिनुपर्ने स्पष्ट संकेत समेत दिएको छ।

यसै सन्दर्भमा सुरक्षा विश्लेषकहरू भन्छन् –
“सीमाबाट यसरी हतियारसहित व्यक्तिहरू पस्न सक्ने अवस्था रहँदा देशको आन्तरिक सुरक्षामै जोखिम देखिन्छ। यस्तो क्रियाकलाप कुनै ठूलो आपराधिक सञ्जालको पूर्व संकेत हुन सक्छ।” नेपाल भारत सिमाबारे रिपोर्टिङ गरहनुहुने झापाका पत्रकार टिकाराम उप्रेतीको भनाई ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार भेटी संकलन

पाथीभरा,२ भदौ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार ५ सय रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार उक्त

जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि

काठमाडौं,२ भदौ । जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि गरिएको छ ।मंगलबार अन्त्येष्टिअघि श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि विजेश्वरीस्थित नेपाल भाषा मंका खलःको प्राङ्गणमा राखिएको थियो।

निष्पक्षतामा प्रश्न नउठ्ने गरी काम गर्छौं : सभापति थापा

काठमाडौं,२ भदौ ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्नुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा

हवाई सुरक्षा सुधार र पर्यटन विकासमा सरकारको प्राथमिकता

काठमाडौं,२ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस)ले पर्यटन पूर्वाधार विकास तथा नेपालको हवाई सुरक्षा प्रणाली सुधारलाई सरकारले प्राथमिकतामा राखेर काम

राष्ट्रिय गौरवका पाँच सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने लक्ष्य

काठमाडौं ,२ भदौ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका सिँचाइ आयोजनालाई निश्चित समयसीमाभित्र सम्पन्न गर्ने कार्ययोजना अघि सारेको छ। मंगलबार मन्त्रालयमा आयोजित पत्रकार

जनक परियारको नेतृतवमा ‘राष्ट्रिय जागरण अभियान’ को घोषणा

काठमाडौं ,२ भदौ। जनक परियारको संयोजकत्वमा सामाजिक न्याय, सुशासन र नागरिक अधिकारका लागि ‘राष्ट्रिय जागरण अभियान’ घोषणा भएको छ । मंगलबार राजधानीको संवाद डबलीमा कार्यक्रमको