मितको डायरीबाट

दार्जीलिङको छुकछुके रेल स्लो छ, राजा फास्ट छ

साथीहरूको अनुरोधमा पचास–पचासको नोट साट्यौँ र गला मिलायौँ ।

ज प्रिय मीतज्यू राजा पुनियानीको जन्मदिन । राजा मेरो मीत मात्र होइन, अत्यन्त प्रिय कवि पनि हो । जन्मदिनको असिम शुभकामना राजा ।

 

दार्जीलिङको छुकछुके रेल स्लो छ, राजा फास्ट छ । छुकछुके रेल छोटीलाइनमा चल्छ, राजा बडीलाइनमा । रेल गुड्ने अठ्चालीस माइलको लौहपथभन्दा धेरै लामो छ, राजाको काव्यपथ । त्यसले सिलिगुढी र दार्जीलिङ मात्र जोड्दैन, सारा विश्वलाई नेपाली भाषासँग जोड्ने सामर्थ्य राख्छ । रेल र राजामा एउटा समानता छ– दुवै सिलिगुढी–दार्जीलिङ गरिरहन्छन् । दार्जीलिङ–सिलिगुढी गरिरहन्छन् ।

 

समयका बाटाहरूमा, घुम्तीहरूमा, पुल र कुइनेटाहरूमा राजालाई सम्झिरहन्छु । राजा, अर्थात् कवि राजा पुनियानीलाई । उसलाई सम्झिनुपर्ने केही कारण छन् र ती विशेष छन् । ऊ मेरो आत्मीय मित्र हो, स्मार्ट कवि हो र हो मेरो मीत पनि । राजासँग मेरो यसरी मित्रता होला भन्ने मेरो कल्पनाको क्षेत्रफलभित्र थिएन । अरबौँ मानिसले ढाकिएको दुनियाँमा राजा भन्ने कवि होला, ऊसँग भेट होला र मीतगिरी गरिएला भन्ने कहिल्यै सोच्न सक्ने विषय पनि भएन । जीवनमा कल्पना गरेकाभन्दा कल्पना नगरेका र होला भन्दा नहोला ठानेका कुरा धेरै हुने रहेछन् । र, यी कुराले नै जीवन बढी मूल्यवान् लाग्दो रहेछ । राजासँगको मेरो मितेरी यस्तै दुर्लभ उदाहरण हो ।

 

सन् २०१० को डिसेम्बरमा कवि मनोज बोगटीको आत्मीय निम्तो मान्न सिलीगुढी पुगेका थियौँ । ‘शब्दसाँघ’ु नामको उक्त कार्यक्रममा धेरै भारतीय नेपाली कविसहित पहिलोपटक भेट भएको थियो, राजासँग । संयोग कस्तो थियो भने भेटअघि नै राजाको एक कवितालाई मियो मानेर मैले निबन्ध लेखिसकेको थिएँ– ‘जीवन : साझा बसको अन्तिम सिट ।’ उनान्सत्तरीमा प्रकाशित ‘चौबीस रिल’को एक रिल बन्यो त्यो निबन्ध । प्रज्ञा प्रतिष्ठानले निकाल्ने कविता त्रैमासिकमा छापिएको राजाको ‘जीवन बहत्तर’ शीर्षक कविताले मलाई उक्त निबन्ध लेख्ने प्रेरणा दिएको थियो । त्यसपछि मैले राजालाई खोज्न थालेको थिएँ र केही वर्षपछि फेसबुकमा भेटेको थिएँ । विशेषतः राजाले फेसबुकमा राख्ने कविताहरू मेरा रुचिका विषय थिए । म तिनलाई नियमित पछ्याउथेँ । आकर्षक कुरा के थियो भने ऊ नेपालीका अलवा आफ्ना बंगाली, हिन्दी र अंग्रेजीका कविता पनि वालमा टाँसिरहन्थ्यो । धेरै भाषामाथिको उसको पकडले मलाई थप आकर्षित गरिदिन्थ्यो ।

 

राजाले राखेको प्रोफाइल पिक्चर म अझै सम्झिन्छु । बाइकको ऐनामा प्रतिबिम्बित एक रहस्यमय अनुहार थियो त्यहाँ, जसमा राजा अलिक प्रौढ देखिन्थ्यो । ‘मभन्दा सिनियर कवि रहेछ’ मैले ठानिदिएको थिएँ । सिलिगुढीको भेटपछि मात्र थाहा लाग्यो, राजा लगभग मेरै उमेरको निकै हेण्डसम कवि रहेछ । उता, राजाले पनि मेरो एक कविता ‘हजार वर्षको निद्रा’ लाई आधार मानेर लेखेको समीक्षात्मक निबन्ध हिमालय दर्पणमा छपाइसकेको रहेछ । मेरा लागि यो गजब सरप्राइज ! यसरी राजा र म भेट नहुँदै एक–अर्काका कविताबाट प्रभावित भइसकेका रहेछौँ ।

११ डिसेम्बरको कार्यक्रमपछि कवि साथीहरूको अनुरोधको दबाबमा राजा र मैले टाउको ठोकेर र पैसा साटेर मीत लगायौँ । कुनै धार्मिक आस्थाका कारण नभई साथीहरूको अनुरोधमा पचास–पचासको नोट साट्यौँ र गला मिलायौँ । राजाको आइसी नोट भएकाले मलाई तीस रुपैयाँ नाफा भयो । मेरो मीतगिरी त्यही अतिरिक्त तीस रुपैयाँ राजालाई तिर्ने कोसिस हो । म राजालाई सधैँ घाटामा पार्न चाहन्नँ ।
पुनः शुभ जन्मदिन प्रिय मीतज्यू ।

(चितवन निवासी खड्का चर्चित साहित्यकार एवम् प्राध्यापक हुनुहुन्छ ।)

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

त्रिशुली थ्री बी सुरुङमा नेपाली सेनाको उद्धार जारी

काठमाडौँ,१५ भदौ ।रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण प्रभावित नुवाकोटको मथिल्लो त्रिसुली थ्री बीको सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ।नेपाल

बाढीले ३२ वटा पुल बगायो, २० अर्बको भौतिक क्षति

काठमाडौँ,१५ भदौ । भदौ १० गते भोटेकोशी नदी हुँदै त्रिशूलीमा उर्लिएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा सडक तथा पुल पूर्वाधारमा ठुलो क्षति

नुवाकोटमा भेटिएका थप ३ वटा शवको पहिचान खुल्यो

काठमाडौँ,१५ भदौ । नुवाकोटमा भेटिएका थप ३ वटा शवको पहिचान खुलेको छ ।रसुवाको भोटेकोशीमा आएको बाढीले बगाउँदा मृत्यु भएका थप ३ जनाको शवको पहिचान खुलेको

बालेन- रवि भेट, के भयो कुरा?

काठमान्डौ,१५ भदौ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। ​भेटमा रसुवाको

बाढी प्रभावित क्षेत्रका नागरिकहरूमा झाडापखाला सुरु

बाढी प्रभावित क्षेत्रका नागरिकहरूमा झाडापखाला देखिन थालेको छ । प्रभावित क्षेत्रमा उपचारका लागि आएका नागरिकहरुमा झाडापखाला देखिन थालेको हो । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत चिकित्सकीय

चीन–नेपाल सीमाको जिरोङ सडक खुलाउने प्रयास जारी

काठमाडौं ,१५ भदौ। दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा रहेको जिरोङ सीमा नाका जोड्ने मुख्य सडक पुनः सञ्चालनमा ल्याउन उद्धारकर्मीहरूले प्राकृतिक अवरोधसँग जुधिरहेका छन्।बुधबार आएको भीषण