दमक, २ ५ साउन | दाँत हाम्रो मुखभित्रको साना कडा अंग हुन्, जसले हाम्रो खाना चपाउन मात्र होइन, सुन्दर मुस्कान र सम्पूर्ण स्वास्थ्यमा समेत महत्वपूर्ण भूमिका खेल्दछन्। दाँत राम्रो र सफा हुँदा मात्र खानेकुरा सजिलै पच्छ र मुख स्वच्छ रहन्छ। आजभोलि दाँतको समस्या बच्चादेखि बृद्धासम्म फैलिएको छ, जसले दैनिक जीवनमा धेरै असर पार्दछ। त्यसैले दाँतको नियमित हेरचाह र समयमै उपचार गर्नुलाई हामीले जीवनमा प्राथमिकता दिनुपर्छ।
दमकस्थित ॐ शान्ति डेन्टल हस्पिटलले यही लक्ष्यलाई आत्मसात गर्दै बिरामीको दाँत सम्बन्धी सबै समस्या समाधान गर्दै आइरहेको छ। यहाँको वातावरण आरामदायी र उपचारका लागि सबैभन्दा विश्वासिलो मानिन्छ। रेखा रसाईलीको रिपोर्ट ।
दमक–१० बाट सेवा लिन आउनुभएकी दिव्या लिम्बु भन्नुहुन्छ “म पहिले अरू डेन्टल क्लिनिकमा उपचार गराएँ, तर समस्या बिसको उन्नाईस भएन ।। त्यसपछि ओम शान्ति डेन्टल हस्पिटल आएँ, जहाँ डाक्टरको राम्रो चेकअप र सल्लाह अनुसार दाँत सफा गरिरहेको छु। यहाँको वातावरण पनि निकै राम्रो छ, जसले मलाई निकै खुशी बनायो।”
त्यस्तै शिवसताक्षीबाट आउनुभएकी टेक माया सुब्बाले भन्नुभयो, “मेरो दाँतमा पिप पाकेर सफा गराएँ र तीन वटा दाँत पनि खोलेँ। यहाँको उपचारबाट कुनै पीडा भएन। मलाई यहाँको सेवा र सुविधा मन पर्यो।”
डाक्टर र्सजन काशमी श्रेष्ठ, जो ओम शान्ति डेन्टल हस्पिटलमा कार्यरत हुनुहुन्छ, बताउनुहुन्छ ।उहाँ भन्नुहुन्छ
“धेरैजसो बिरामीले समस्या भएपछि मात्र उपचारका लागि आउँछन्। तर हामीले सधैं दाँतको नियमित जाँच र सफाइलाई प्राथमिकता दिने हो भने जटिल समस्या झेल्नै पर्ने थिएन ।
नियमित दातको परिक्षण र सुरक्षा नगर्ने हो भने दाँतको इन्फेक्सनले अन्य स्वास्थ्य समस्याहरू निम्त्याउन सक्ने भन्दै डाक्टर श्रेष्ठ भन्नुहुन्छ ” हामी बच्चादेखि बृद्धसम्म सबै उमेरका बिरामीलाई सेवा दिन्छौं। महिनामा २–३ पटक क्याम्प पनि सञ्चालन गर्छौं, जहाँ ओपिडी, डाक्टरको परामर्शमा २० प्रतिशत छुट, र केही बिरामीहरूलाई निशुल्क उपचारको सुविधा दिइन्छ।”
ओम शान्ति डेन्टल हस्पिटलले आफ्नो सेवा गुणस्तर, अनुभवी डाक्टर, र सहृदय कर्मचारीसँग दमकमा सबैको मन जित्दै आइरहेको छ। यहाँको लक्ष्य दाँतको स्वास्थ्यलाई प्राथमिकता दिँदै सुन्दर मुस्कान र स्वास्थ्य जीवन सुनिश्चित गर्नु रहेको यसका व्यवस्थापक कमल गैरेले जानकारी दिनुभयो ।









