दमक, २८ साउन । झापाको दमकमा अहिले ५ हजार भन्दा बढि सिटि सफारी सञ्चालन भइरहेको बताइएको छ । दमकको जनसंख्या र भुगोलकालागी यो संख्या धेरै रहेको यसका सरोकारवालाहरुले स्विकार पनि गरेका छन् ।
दमक नगरपालिकाको यातायात तथा ट्राफिक व्यवस्थापन समितीका अध्यक्ष प्रजापति सापकोटाले दमकमा आवश्कयता भन्दा बढि सिटि सफारी सञ्चालन भएको स्विकार गर्नु हुन्छ ।
उज्यालो खवरको कार्यक्रम सत्य संवादमा बोल्दै उहाँले भन्नु भयो ‘अहिले यहाँ आवश्यकीय भन्दा धेरै सिटि सफारी चलीरहेका छन् । हामी यीनको व्यवस्थापन गरेर २५ सय देखी ३ हजार हाराहारीमा झार्दैछौ ।
दमकका भन्दा बाहिरका सिटि सफाई बढि मात्रामा चल्ने गरेकोले तीनलाई नियन्तण र व्यवस्थापन गर्ने बित्तिकै दमकका सडकमा सिटि सफारीको संख्या कम हुने र दुर्घटनाको जोखीम कम हुने उहाँको विस्वास छ ।
उहाँसग गरिएको संवादको भिडियो हेरौ









