शहर संरक्षण योजना

खोलाको त्राससँग बाँचेका बस्तीलाई अब सरकारको सहारा

घरभित्र पस्ने खोलाको पानीले खाएको निद्रा अब पक्की बाँधले फिर्ता ल्याउने अपेक्षा जागेको छ।

दमक| ११ भदौ | दमक नगरपालिका–५ को सगरमाथा पेट्रोल पम्प पूर्वपट्टि दिपनी खोलाको किनारमा पसारिएको बस्ती छ। यो बस्ती न त भर्खरै बनेको हो, न त यहाँका मानिस नयाँ आगन्तुक। दशकौँदेखि भूमिहीनहरूले यहीँ डेरा जमाएका छन्।

बाँस र जस्तापाताले टालटुल गरिएको छानोमुनि बस्ने यी परिवारलाई बर्खा लाग्नेबित्तिकै सबभन्दा ठूलो चिन्ता हुन्छ खोलाको बाढी। पानी परेपछि घरभित्रै पस्ने या उठाएरै लैजाने भन्ने डर सधैं रहने गर्छ।

“रातभर सडकमा बस्नुपर्थ्यो”

यहाँकी भीमा कुमारी भुजेलले आफ्नो पीडा यसरी सुनाउनुभयो,
“पानी परेका बेला बच्चा बोकेर घर बाहिर भाग्नुपर्थ्यो। कतिपय रात सडक किनारमै बस्नुपर्थ्यो। घरभित्र बस्नै डर लाग्थ्यो।”
यस्तै अनुभव सुनाउनुभयो दमक–८ का टिकाराम सिटौलाको पनि । उहाँ भन्नुहुन्छ । “खोलाले कहिले घरै बगाउने हो भन्ने त्रासले शान्त सास लिन सकिँदैन। यसपालि ठूलो बाढी आएन, तर अर्को वर्ष के हुन्छ भन्ने अनिश्चितता छ। त्यसैले जति सक्दो चाँडो काम सुरु गरिदिनुपर्छ,” उहाँको आग्रह छ।

तीन करोडको तटबन्ध योजना

यस बस्तीको त्रास कम गर्न सरकारले हालै तीन करोड रुपैयाँको बजेट विनियोजन गरेको छ। संघीय सरकारको सिँचाई तथा उर्जा मन्त्रालय अन्तर्गतको शहर संरक्षण आयोजनामार्फत दिपनी खोलामा स्थायी पक्की तटबन्ध निर्माण हुने भएको हो। यसै आर्थिक वर्षभित्र करिब एक करोड रुपैयाँ लगानीमा यो काम सम्पन्न गर्ने तयारी छ यो योजना दिपनीसम्म मात्र सीमित छैन।

दमक–५ का दुई ठाउँमा करिब १ करोड,

दमक–८ को दिपनी र राते खोलामा १ करोड,

र बेतेनी खोलामा निर्माणाधीन सिटिइभिटि बहुप्राविधिक शिक्षालय जोगाउन थप १ करोड लगानी गरिनेछ।

सर्वेपछि कार्यान्वयनतर्फ

झापाको शिवसताक्षीस्थित सिँचाई जलश्रोत तथा व्यवस्थापन आयोजना कार्यालयले जिम्मेवारी पाएको छ।
कार्यालयका इन्जिनियर सुरेन्द्र प्रसाद मधु भन्नुहुन्छ,
“फिल्ड सर्वे र रेखांकन पूरा भइसकेको छ। अब अनुमातनीत बजेट तयार गरेर ठेक्का प्रक्रिया अघि बढाइनेछ। यही आर्थिक वर्षभित्र काम सम्पन्न गर्ने हाम्रो योजना छ।”

बस्ती मात्र होइन, शहर पनि सुरक्षित

यस योजनाबारे प्रदेश सांसद होमबहादुर थापाले भन्नुभयो,
“दमकका साना खोलाहरू शहरको पहिचान पनि हुन्। तिनको संरक्षणले बस्ती मात्र सुरक्षित हुँदैन, पर्यटन र सुन्दरता बढाउन पनि मद्दत हुन्छ।”

स्थानीय बासिन्दाको माइनट (सामूहिक लिखित मागपत्र)का आधारमा तटबन्ध निर्माण अघि बढाइने भएकोले यसलाई ‘सहभागितामूलक विकास’को राम्रो अभ्यासका रूपमा पनि लिइएको छ।

भविष्यको सम्भावना

दमकका खोलाहरू अहिले बाढी र अतिक्रमणको समस्याले चिनिएका छन्। तर नगरपालिकाले यी खोलाहरूलाई व्यवस्थित गरेर ‘सौन्दर्यकरण’ गर्ने योजना पनि अघि सारेको छ। यसरी संरक्षणसँगै विकास र पर्यटनलाई पनि जोड्न सकिने अपेक्षा गरिएको छ।

मजदुरी गरेर जीवन गुजारा गर्ने, पहुँच नपुग्ने र आवाज कम सुन्ने यो वर्गका लागि सरकारले ल्याएको तटबन्ध योजना केवल संरचना होइन, जीवनरक्षक ढाल हो।

 

घरभित्र पस्ने खोलाको पानीले खाएको निद्रा अब पक्की बाँधले फिर्ता ल्याउने अपेक्षा जागेको छ।

 

सरकारले वाचा पूरा गर्न सके, दिपनी र यसजस्ता बस्तीहरूलाई अब बाढीको त्रासले होइन, विकास र सुरक्षाको आशाले चिनिनेछ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार भेटी संकलन

पाथीभरा,२ भदौ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार ५ सय रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार उक्त

जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि

काठमाडौं,२ भदौ । जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि गरिएको छ ।मंगलबार अन्त्येष्टिअघि श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि विजेश्वरीस्थित नेपाल भाषा मंका खलःको प्राङ्गणमा राखिएको थियो।

निष्पक्षतामा प्रश्न नउठ्ने गरी काम गर्छौं : सभापति थापा

काठमाडौं,२ भदौ ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्नुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा

हवाई सुरक्षा सुधार र पर्यटन विकासमा सरकारको प्राथमिकता

काठमाडौं,२ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस)ले पर्यटन पूर्वाधार विकास तथा नेपालको हवाई सुरक्षा प्रणाली सुधारलाई सरकारले प्राथमिकतामा राखेर काम

राष्ट्रिय गौरवका पाँच सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने लक्ष्य

काठमाडौं ,२ भदौ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका सिँचाइ आयोजनालाई निश्चित समयसीमाभित्र सम्पन्न गर्ने कार्ययोजना अघि सारेको छ। मंगलबार मन्त्रालयमा आयोजित पत्रकार

जनक परियारको नेतृतवमा ‘राष्ट्रिय जागरण अभियान’ को घोषणा

काठमाडौं ,२ भदौ। जनक परियारको संयोजकत्वमा सामाजिक न्याय, सुशासन र नागरिक अधिकारका लागि ‘राष्ट्रिय जागरण अभियान’ घोषणा भएको छ । मंगलबार राजधानीको संवाद डबलीमा कार्यक्रमको