पर्या- पर्यटन

गौरादहमा रामचन्द्रे सिमसार बन्दै, यही वर्ष ३ करोडको योजना कार्यान्वयन

गौरादहबासीलाई अली खुल्ला र फराकीलो ठाउँमा जाने, घुम्ने र रमालो गर्ने एउटा आकषर्क गन्तव्यको अभाव थियो ।

गौरादह ,१३ भदौ । गौरादह नगरपालिका वार्ड ४ र ५ मा पर्ने रामचन्द्रे खोलामा अव सिमसार क्षेत्र बनाइने भइएको छ । नगरपालिकाले २ वर्ष अघी बनाएको डिपिआरका आधारमै यहाँ पर्यावरण संरक्षण सहित आकर्षक पर्यटकीय क्षेत्र समेत बनाउने गरि सिमसार बनाउने काम अघी बढाइने भइएको हो ।

 

 

यहाँ निरन्तर पानी जमि रहने र यस क्षेत्रको सिचाईको मुख्य श्रोत समेत रहेको रामचन्द्रे खोलालाई अव आकर्षक बनाउने भइएको छ । अहिले जलकुम्बी लगात अन्य पानी झारले ढाकीएको यो क्षेत्र अव एक वर्ष भित्रमै आकर्षक पर्यटकीय क्षेत्र बन्ने छ । यो खबर सुन्दा स्थानीयबासीमा उत्साह थपीएको छ । आफ्नो ठाउँमा पनि विकास हुने भयो ।

 

 

नयाँ पर्यटकीय गन्तव्य बन्ने भयो भन्ने खवरले खुसी ल्याएको र सबैको सहमतीमा यस क्षेत्रमा सिमसार बनाउन सकिने गौरादह नगरपालिका वार्ड ४ स्थित डोरामारी टोल विकास सस्था(ख)का अध्यक्ष समेत रहनु भएका स्थानीयबासी पूर्ण बहादुर श्रेष्ठले बताउनु भयो ।

 

 

पर्यटनको संरक्षण हुने गरि र भएको श्रोत साधनको प्रयोग र त्यसलाई अझ सोन्दर्य बनाउन यहाँ विभिन्न संरचना समेत निर्माण हुने छन् । यहाँ वारी पारि गर्न मिल्ने गरिको बेली ब्रीज बन्ने छ । पर्यटकहरु आएर बस्ने र रमाईलो गर्ने सुविधा सम्पन्न पिकनीक स्र्पोट बन्ने छ ।

 

 

पानीले नागरिकको खेत तथा बस्तिमा हानी नगरोस भनेर जोखीम स्थलमा त्यसका लागी आवश्यकीय नियन्त्रणका काम पनि हुने छन् । यहाँ बन्ने सिमसारको डिपिआरमा के छ भन्नेबारे जानकारी दिदै गौरादह नगरपाकिलाका इन्जिनियर गोपाल भण्डारी भन्नु हुन्छ ‘यहाँ भनेका जस्ता सबै संरचना र त्यसले आकार पाउँदा यो क्षेत्रको मुहार नै फेरीन्छ । एक छिन घुम्न र शान्त वातावरण खोज्न टाढा जानुपर्ने अवस्थाको अन्त्य हुने छ ।

 

यहाँ सिमसार बनाउने कामको जिम्मा चाहि राष्ट्रपति चुरे तराई मधेश संरक्षण समिती सलकपुरले । यसका कार्यालय प्रमुख श्याम लोप्चन सहितको प्राविधिक टोलीले यसको स्थलगत निरिक्षण पनि गरिसकेको छ ।

 

 

नगरपालिकाले यस अघीनै डिपिआर गरिसकेकोले काम सुरु गरिहाल्न सहज भएको उहाँले बताउनु भयो । अव डिपिआर बनाउँदाको बजार मुल्य र अहिलेको बजार मुल्यमा आएको अन्तरलाई विषलेशण गरेर नयाँ मुल्याकंन गरेर प्रकृया अघी बढाउने र सकेसम्म दशै अघीनै ठेक्का आह्वान गरि काम सुरु गराउने उहाँले बताउनु भयो । यो वर्ष यहाँ काम गर्नकालागी भनेर ३ करोड रुपैँया बजेट आएको र सोहि अनुसार काम हुने पनि उहाँले जानकारी दिनुभएको छ ।

 

गौरादहबासीलाई अली खुल्ला र फराकीलो ठाउँमा जाने, घुम्ने र रमालो गर्ने एउटा आकषर्क गन्तव्यको अभाव थियो । त्यहि अभावलाई पुर्ती गर्दै नगरपालिकाले पर्यावरणको संरक्षण सहित यहाँ रहेको रामचन्द्रे सिमसार क्षेत्रको विकास र सम्वर्धन गर्न यो योजना बनाइएको नगर प्रमुख छत्रपति सुवेदीले जानकारी दिनुभयो ।

 

यस क्षेत्रमा आकर्षक र सुविधा सहितको सिमसार बनेमा दमक, कमल तथा गौरीगन्ज सम्मका नागरिकहरु पिकनिकका लागी यस स्थानमा पुग्न सक्ने छन् । यसले गौरादहको गौरव बढाउन अर्को एउटा महत्वपूर्ण काम गर्न सक्ने बताइएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभामुख अर्याल र राष्ट्रसंघीय आवासीय संयोजकबीच शिष्टाचार भेट

काठमाडौं,१६ वैशाख । सभामुख डोल प्रसाद (डीपी) अर्याल र नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक लीला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता भएको छ । भेटमा नेपाल–संयुक्त

सुकुम्बासी बस्तीमा डोजर र अध्यादेश शासनबारे सांसदहरूको आपत्ति

काठमाडौं,१६ वैशाख। प्रतिनिधिसभा सदस्यहरूले सुकुम्वासी माथिको सरकारकारी डोजर र अध्यादेशबाट शासन चलाउने विषय गम्भीर रहेको बताउनु भएको छ । बुधबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा

चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता सम्पन्न

काठमाडौँ, १६ बैशाख । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ। भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास

अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि

काठमाडौं,१६ वैशाख । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दरमा वृद्धि गरेको छ । विभागले २०८० वैशाख १६ गतेदेखि लागू हुने गरी

सर्लाहीको बागमतीमा मानव कङ्काल फेला

सर्लाही,१६ वैशाख । सर्लाहीमा मानव कङ्काल फेला परेको छ । जिल्लाको बागमती नगरपालिका – १२ क्षेत्रमा मंगलबार दिउँसो टाउको र शरीर छुट्टिएको अवस्थामा कङ्काल फेला

एमालेको चुनावी असफलतामा पौडेलको समीक्षा

काठमाडौं,१६ वैशाख । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले हालै भएको निर्वाचबाट ठुलो राजनीतिक धक्का र असफलता व्यहोरेको स्वीकार गर्नु भएको छ। २७औँ यदु स्मृति