रिपोर्ट पनि सार्वजनिक हुँदैन

दमकको तरकारी बजार, नगरपालिकालाई मन लाग्दामात्र बिषादि परीक्षण

दमक नगरपालिकाले अर्गानिक तरकारी मात्रै बेच्न भन्दै वार्ड ८ मा भव्य भवन बनाएको छ । तर यहाँ न अर्गानिक तरकारीको बजार सुरु भएको छ न यसकालागी आवश्यक पर्ने ल्यावनै स्थापना गरिएको छ ।

दमक, १८ भदौ । दमकको तरकारी बजारका तरकारीहरु हेर्दा हरिया र राम्रा अनी हेर्दा टपक्कै टिपेर खाईहालौ जस्ता । तर के यी हामीले खानकालागी उपयूक्त छन वा उपयूक्त नभएपनि बाध्य भएर किन्नु परिरहेको छ ? दमकका तरकारी बजारमा कस्ता तरकारी बेचिन्छ।

 

दमकको तरकारी बजार । भित्र पस्ने बित्तिकै फिजाएर राखीएका हरिया तरकारीमा सबैको नजर गइहाल्छ । सफा, हरिया, अहिलेनै काचै खाइहालौ जस्ता कलकलाउँदा ।आँखाले हेर्दा निकै आकषर्क देखिने तरकारी र फलफूल के साँच्चै स्वास्स्थ्यगत ढङ्गलेपनि स्वच्छ र सफा छन् त ? यो कुरा न हामीलाई थाह छ । न यहाँका व्यापारी यसको स्वच्छदा बारेमा भन्ननै सक्छन् । न किन्न आउनेहरुनै ढुक्क छन् । हो सबैको अनुमान यी तरिकारीहरु अत्याधीक विषादीजन्य औषधीको प्रयोग गरिएका हुन । छिटै फल्छन् । छिटै बिग्रन्छन् । र यसले हाम्रो शरिरमा असर पार्छ पनि ।

 

यो कुरा सबैले थाह पाएका छन् । तर मानव स्वास्थ्यलाई हानी हुने कुनैपनि पदार्थ वा सामानको बिक्रि वितरण गर्नै नदिने भन्दै दमक नगरपालिकाका जनप्रतिनिधीहरु सार्वजनिक कार्यक्रममा भाषण गर्नु हुन्छ । तर दैनिक हजारौ उपभोक्ताको भान्सामा पुग्ने दमकको तरकारी बजारलाई विषादी रहित बनाउन भने सक्दै सक्नु भएन ।

 

 

दमक नगरपालिका भित्र एउटा भव्य ल्याव छ । जहाँ यस्तै खाद्यन्न तथा तरल पदार्थहरुको परिक्षण गरिन्छ । अव अर्को एउटा ल्यावको सेट अप गर्ने हो भने यहाँ दैनिक रुपमा तरकारी परिक्षण गर्न सकिन्छ । केहि लाख रुपैँया खर्च गरेर बनाउने त्यो ल्यावबाट आम उपभोक्ताको स्वास्स्थ्य जोगीने तर्फ नगरपालिकाले ध्यान दिएको छैन । अनी भन्छ हामीसग अहिले आफ्नै ल्याव छैन । कहिले कहि बिर्तामोड नगरपालिकामा भएको ल्यावमा नमुना परिक्षण गछौ ।

मानव स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने तरकारी बजार । यहाँ बेला बेलामा मन लागेको समयमा काम देखाउनकालागी नमुना संकलन गर्ने अनी पठाउने । त्यो त्यहि बेलाको रिपोर्ट हुन्छ । त्यही तरकारीको मात्रै हुन्छ जुन परिक्षणकालागी लगिएको हो । तर महिनामा एक दिन वा दुई दिन गरिटोपलेकोलाईनै आफ्नो काम र उपलब्धी मान्नु गलत हो । यो दैनिक उपभोग्य बस्तु हो । यसको दैनिक परिक्षण हुन पर्छ र दैनिक रुपमै यसको रिपोर्ट सार्वजनिक पनि गरिन पर्छ । त्यहीबाट व्यपारी पनि सचेत हुन्छन । उपभोक्ताले स्व निर्णय गर्ने छन् । दमकको सब्जी बजारमा फलफूल पसल गर्दै आउनुभएकी ताजा फलफूल पसलकी सञ्चालिका डम्मर कुमारी दाहाल आफ्नो पसलमा ईलाम, भारत र चाईनाबाट दिनहुँ फलफूल निर्यात हुने बताउनु हुन्छ । तर, नगरपालिकाले आफूहरुको पसलको फलफूल परिक्षणको लागी २ महिना अघी एकचोटी लगेको र त्यसको रिपोर्ट समेत के आयो त्यो पनि जानकारी नभएको बताउनु भयो ।

 

त्यस्तै, सब्जी बजारमा तरकारी पसल गर्दै आउनुभएका पुष्पराज बास्तोला भने नगरपालिकाले १५ १५ दिनमा तरकारी परिक्षणको लागी लग्ने गरेको थियो तर,आफूले निर्यात गरेर बेचिरहेका ति सब्जीहरु खान वा बेच्न योग्य छ कि छैन आफैलाई थाहा नभएको बताउनुहुन्छ ।

 

उपभोक्ताको स्वास्थ्यमा सचेत छौ भन्ने दमक नगरपालिकाले एउटा परिक्षण ल्याव खोलोस । ल्याव टेक्निसियन राखोस । हरेक व्यापारीको तरकारी परिक्षण पछि मात्रै बेच्न देओस । अनी मात्रै बजार स्वच्छ हुन्छ । स्वस्थ्व हुन्छ । आम उपभोक्ताको माग यही नै छ ।

 

दमक नगरपालिकाले अर्गानिक तरकारी मात्रै बेच्न भन्दै वार्ड ८ मा भव्य भवन बनाएको छ । तर यहाँ न अर्गानिक तरकारीको बजार सुरु भएको छ न यसकालागी आवश्यक पर्ने ल्यावनै स्थापना गरिएको छ । दमक बासीलाई अझै पनि हामी नगरबासीको स्वास्थ्यमा संवेदनशिल छौ । विषादी मिसिएका खानेकुरा बेच्न दिदै दिदैनौ भन्ने भाषण चाहि बरु निरन्तर सुनिरहिन्छ । अव भाषणमा हैन । परिणाममा काम हेर्न दमक बासीले चाहेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी प्रभावितका लागि गोल्छा ग्रुपले डेढ करोड सहयोग गर्ने

काठमाडौं,११ भदौ ।  रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहायता कार्यका लागि गोल्छा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार

कुमारी बैंकद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग

काठमाडौं,११ भदौ ।रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग जुट्न थालेको छ । एकद्वार प्रणालीमार्फत प्राप्त सहयोग

यी हुन् सर्वदलीय बैठकका १० बुँदे संकल्प

काठमाडौं,११ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को आयोजनामा सम्पन्न सर्वदलीय बैठकले बाढीपहिरो तथा विपद् व्यवस्थापनसँग सम्बन्धित १० बुँदे साझा निर्णय गरेको छ । भोटेकोशी बाढीपछि

विपद्को सामना गर्न सबै एकताबद्ध हुनुपर्छ : प्रचण्ड

काठमान्डौ,११ भदौ । नेपाली कम्युनिष्ट पार्टी९नेकपा०का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशीमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति संवेदनशील हुँदै विपद्को सामना गर्न सबै राजनीतिक

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमान्डौ,११ भदौ ।काठमाडौं (भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेतृत्वमा टोली नुवाकोटतर्फ प्रस्थान गरेको छ।

निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै उद्धारमा खटाइने

काठमान्डौ,११ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यमा निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न सरकारले निर्देशन दिएको