दमक, ५ असोज । दमक नगरपालिकाको सेवा आंशिकक रुपमा सुरु भएको छ । जेन जी आन्दोलनका कारण नगरको तीन वटा प्रशासनिक भवन क्षती भएपछि अहिले बाँकी रहेका भवन तथा कोठाहरुबाट सामान्य सेवा सुरु भइरहेको छ ।
भदौ २४ गते दिनको करिव १ बजे देखी । दमक नगरपालिकाको मुल गेट तोडेर प्रदर्शनकारीहरु नगर परिषद भीत्र प्रवेश गरे । त्यसपछि त्यहा राखीएका पार्कीङ र अन्य अती महत्वपूर्ण सवारी साधानमा ढुङ्गा मुडा गर्दै तोडफोड गरे । सो दिन बन्द रहेको नगरपालिकाको मुख्य प्रशाषनीक भवनको चेन गेट पनी तोडेर उनीहरु भित्र पसे । भीत्र पसेर बन्द रहेका सबै शाखा तथा कार्यकक्षहरुका ढोका डाङ्गडुङ्ग गर्दै तोडफोड गरियो । हातमा मट्टितेल भरीएको बोतल सहित प्रदर्शनकारी भीत्र पसेका थीए । त्यहि बिचबाट नगरका प्रमुख राम कुमार थापा, प्रमुख प्रशषकीय अधिकृत गणेश कुमार कार्की सहित कोठामा पूर्ण आगो लागाइदिए ।
अन्य शाखा र कार्यालयहरुमा भएका श्रोत सामाग्री तोडफोड गरे । माथीबाट तल भुईमा फाले र आगो लगाइदिए । नगरको भीत्र र बाहिर दन दनी आगो दन्कियो । यसरी दन्कीएको आगोले नगरपालिकाको मुख्य प्रशाषनीक भवन पूर्ण रुपमा क्षती भयो । र यहाँका कयौ दस्तावेज र श्रोत सामाग्री डढेर खरानी भए । एउटा समुह यो भवनमा पस्यो भने अर्को समुह नगरपालिकाको पुरानो भवनमा छिर्यो । जहाँ नगर सभा बसेर नगर सञ्चालनकालागी आवश्यक पर्ने सबै निती नियम र कानुन बन्ने गर्दथ्यो । सो भवनमा समेत अगो लगाएर जलाईदिए ।
जलेको सो रापले उक्त भवन बस्नै नहुने गरी कमजोर भयो । अनी छेउमै रहेको भर्खरै बनिसेकेको सानो भवनमा पनि तोडफोड र क्षती गरे । तल्लो भागमा आगो लगाए । भवनमा आगो बल्यो । तर नयाँ भवन भएकोले कमजोर चाहि भइहालेन । अहिले यही भवनलाई मुख्य प्रशाषनीक भवन बनाएर सेवा सुरु गर्ने तयारी भइ रहेको छ भने बाँकी केहि सेवा नगरपाकिलाको पछाडी पट्टि रहेको वार्ड नं १ को कार्यालय र भुमि आयोग बसेको कार्यालयबाट सेवा सुरु गर्ने तयारी धमाधम गरिरहिएको छ । तर अहिले कुनैपनि सिफारीस वा निवेदन जस्ता आवश्यकीय सेवा चाहि दिइरहेको छ । प्रमुख प्रशाषकीय अधिकृत बस्ने क्वाटरको भुईतलमा बसेर दर्ता चलानीको काम हुने गरेको छ । जनप्रतिनिधीले लगाउने तोक जो जहाँ भेटिन्छन् त्यहिबाट लगाएर सेवा प्रवाह भइरहेको नगरपालिकाका इन्जिनीयर अनन्त सेनेहाङका अनुसार जलेका भवन पूःन मर्मत गर्दा कस्तो हुन्छ भन्ने गरी ल्याव परिक्षण गरिने र सोको रिपोर्टका आधारमा मात्रै यसको पूःन निर्माण थालीने छ ।
दमक नगरपालिकामा अहिले सेवाग्राहिहरु पनि उती सेवा लिन आइरहनु भएको छैन । आउने सेवाग्राहिलाई हुने सम्मको सेवा दिएर पठाउने गरेको र चाँडै कार्यालयको बस्ने व्यवस्थापन गरेर व्यवस्थित सेवा सुरु गर्ने तयारी भइरहेको नगरपालिकाका प्रमुख राम कुमार थापाले जानकारी दिनुभयो ।
जेन जी आन्दोलनका कारण दमक नगरपालिकाले २३ करोड बढिको क्षती व्यहोरेको प्रारम्भिक रिपोर्टमा उल्लेख गरिएको छ । अहिले नागरिकको सेवामा निस्कन नगरपालिकासग कुनै पनि श्रोत साधन नभएकोले थप जटील बनीरहेको बताइएको छ ।









