दमकको प्रहरी कार्यालयका जलेका तीन भवन मध्ये दुईवटा ग्रीन, एउटा वेल्ले, दशै अघीनै स्थाई रुपमा सार्ने तयारी

दमक, ९ असोज । इलाका प्रहरी कार्यालय दमकको परिसरमा चारवटा भवन छन् । यी मध्ये एउटा व्यारेक अर्थात प्रहरीहरु बस्ने आवास छ भने अन्य बाँकी तीनवटा प्रशाषनीक काममा प्रयोग गरिन्छ । गत भदौ २४ गते जेन जी प्रदर्शनमा ती तीनवटै प्रहरी भवनमा आगलागी भयो । यी मध्ये बिचको भागमा रहेको अढाई तले भवनमा सबै भन्दा बढि क्षती भयो । यो भवनमै अधिकांश अभिलेख राखीएको थियो भने मुख्य प्रशाषनीक काम पनि यहीबाट हुने गरेको थियो । यस्तै यहाँको पुराना भवन र छेउको भवनमा चाहि सामान्य मात्रै क्षती भएको यसको ल्याव परिक्षण गरेको दमक इन्जिनीयर टोलीले जानकारी दिएको छ । नेपाल इन्जिनीयर संघको प्राविधिक सहयोगमा तीनवटै भवन परिक्षण गर्दा दुईवटा भवन सामान्य मर्मत गर्दा मात्रै पनि सञ्चालन गर्न सकिने र बिचको भवन चाहि अझै फेरी परिक्षण गर्न आवश्यक रहेको दमक नगरपालिकाका इन्जिनीयर अनन्त सेनेहाङले जानकारी दिनुभयो ।

 

चार्डपर्वको मुख्य बेलामा प्रहरी कार्यालयनै ध्वस्त भएपछि सामाजीक रुपमा सुरक्षाको चुनौती बढिरहेको छ । चोरी , लुटपाट, तथा अन्य अपराधीक घटना बढि रहेका छन् । नागरिक त्राहिमाम अवस्थामा छन् । यसको केहि समाधान गर्न अथवा दमकमा प्रहरी आयो है भन्नका लागी दमक ८ स्थित अर्गानीक कृषि बजारमा प्रहरीलाई अस्थाई रुपमा राखीएको छ । तर त्यहाँ धेरै कुराको व्यवस्थपन भएको छैन । त्यसैले दमकको प्रहरी कार्यालयमानै दशै अघीनै प्रहरीलाई व्यवस्थापन गर्नका लागी यसको पूःन निर्माण तथा मर्मत गर्ने काम द्रुत गतीमा अघी बढाईने दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले जानकारी दिनुभयो । अध्यक्ष गुरागाई र नेपाल रेडक्रस सोसाईटि दमकका सभापति प्रकाश बुढाथोकीको संयूक्त नाममा बैंक खाता खोली यो प्रहरी कार्यालय मर्मत तथा पूःन निर्माण अभियान थालीएकोले सबै सरोकारवाला तथा इच्छुकहरुलाई यो काममा जोडीन पनि उहाँले अपील गर्नु भएको छ ।

 

यो प्रहरी कार्यालयमा प्रहरी आएर बस्न धेरै कुराको अभाव छ । बस्ने टेवल कुर्सी देखी लिएर अन्य श्रोत साधन छैन । गस्ति हिड्ने सवारी सधान छैन । जसले गर्दा घटना स्थलमा  प्रहरी समयमै पुग्न सकि रहेको छैन । यस्ता अनेकन अभावलाई दमक नगरपालिकाले संयोजन गरि सहजीकरण गर्ने र सहयोग गर्ने काम समेत भइरहेको दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले जानकारी दिनुभयो ।

 

यता अर्गानीक तरकारी बजारमा अस्थाई रुपमा बसेको प्रहरी कार्यालयमा पनि अनेकन अभाव र चुनौती प्रहरीले भोगी रहेका छन् । यही अभावलाई मद्यनजर गर्दै बुधबार दमक नगरपालिका वाडं ७ का पूर्वा वार्ड सदस्य तथा व्यवसायी कमल उदासले ६ वटा स्टेण्ड पंखा वितरण गरेको छ । करिव ३४ हजार बराबरको पंखा बुधबार प्रहरीलाई बुझाइएको उदासले जानकारी दिनुभयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक गोल्डकप गराउन वाणिज्य संघ तयार

दमक, ३ भदौ। दमकमा तीन वर्षदेखि दमक गोल्डकप फुटबल प्रतियोगिता हुन सकेको छैन। नेपालमै सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगिताका रूपमा चिनिएको दमक गोल्डकप सञ्चालन हुन

सांसद र मन्त्रीहरूलाई रवि लामिछानेको चेतावनी : सच्चिनुहोस्, गतिविधि पारदर्शी बनाउनुहोस्

काठमाडौं,३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री र सांसदहरूसहित संसदीय दलको बैठक राखेर कडा निर्देशन दिनु भएको छ।दलका नेता वालेन्द्र

बर्दियामा समस्याग्रस्त पाटे बाघ नियन्त्रणमा

बर्दिया,३ भदौ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–४ स्थित पाटालचुली सामुदायिक वनबाट समस्याग्रस्त पाटे बाघलाई नियन्त्रणमा लिइएको छ। बर्दिया राष्ट्रिय निकुञ्जका प्राविधिक,

४ महिनामा सर्पदंशबाट ६६ जनाको मृत्यु

काठमाडौँ,३ भदौ । देशभर सर्पदंश (सर्पको टोकाइ) का कारण पछिल्लो चार महिनामा ६६ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण

काँडेतारले वन्यजन्तु रोक्दै पाल्पाको ख्याहामा खेती जोगाउने अभियान

पाल्पा ,३ भदौ । रिब्दीकोट गाउँपालिका–१, ख्याहामा बाँदरलगायत वन्यजन्तुबाट खेतीबाली जोगाउन वडा कार्यालयले खेतमै हेरालु परिचालन गरेको छ। बाँदर, बँदेल, दुम्सी, मृगलगायतका वन्यजन्तुले मकैबालीमा क्षति

आकाशे पुल एकातिर, ज्यान जोखिममा पारेर चक्रपथ पार गर्दै यात्रु

काठमाडौँ,३ भदौ । सुरक्षित आवागमनका लागि करोडौँ खर्चेर बनाइएका आकाशे पुललाई बेवास्ता गर्दै चक्रपथमा पैदलयात्रुहरू दैनिक ज्यानकै बाजी लगाएर सडक पार गरिरहेका छन्। बालकुमारीदेखि सातदोबाटो,