दमकमा पुरानै भवनमा फर्किए प्रहरी

–स्थानीयले गरे फूलगुच्छा सहित स्वागत, -भन्छन् हाम्रो मनोवल गिरेको छैन हामी पहिला जस्तै शशक्त सुरक्षा प्रदान गर्न तत्पर छौ ।’

 

दमक, असोज १३ । हातमा फूलका गुच्छा अनी खादा र माला । झट्ट हेर्दा यहाँ कोहि विषेश पाहुना आइरहेका छन् । र उहाँहरुलाई सम्मान सहितको सम्मान गर्ने तयारी जस्तै लाग्ने दृष्य । दमकका अधिकांश लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको उल्लेख्य उपस्थिती । हेर्दा लाग्यो यहाँ साच्चै भव्य कार्यक्रम छ । र यसको प्रमुख अतिथी देशकै सर्वोच्च उचाई भएको व्यक्तित्व । तर यो न कुनै औपचारीक कार्यक्रम थियो । न कुनै भिआईपीको सम्मान र स्वागत । यो त केवल प्रहरीको पूःनरागमन थियो । प्रहरीहरुलाई प्रहरी चौकीमा काम गर्न फर्काइएको मात्रै थियो ।

गत भदौ २४ गते जेन जी आन्दोलनका नाममा भएको बिधंशकारीको हातले दमकमा रहेको यो इलाका प्रहरी कार्यालय हुर हुरी आगो लगाइदिए । भित्र पसेर तोडफोड गरे । आत्मसमर्पण गरेर प्रहरी कार्यालयनै प्रदर्शनकारीलाई जीम्मा लगाएर प्रहरी बाहिर निस्के । तर बाहिर निस्केकाहरुमा पनि प्रहार गरियो । मरणासन्न हुने गरी घाईते बनाइयो । यसरी क्षत विक्षेद भएको प्रहरी कार्यालय जेन जीको आन्दोलनपछि फेरी बनाउन थालीयो । दमक नगरबासीको अथक साथ र सहयोगमा प्रहरीलाई आएर बस्ने मिल्ने गरीको प्रबन्ध मिलाएर यहाँ प्रहरी फर्काउने काम भयो । यो काममा दम उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले समन्वय गर्नुभयो । आफ्नै संघबाट ५ लाख रुपैँयाबाट सहयोग जुटाउन सुरु गर्दै करिव ३० लाख बरारको नगद तथा जिन्सि सामान संकलन गरी ९० प्रतिशत पूःन निर्माण गर्ने काम गरिएको र प्रहरीलाई फकाइएके उहाँले अध्यक्ष गुरागाईले जानकारी दिनुभयो ।

स्थानीयद्धारा फूलका गुच्छा, माला र खादा लगाएर हास्दै हास्दै कार्यालय प्रवेश गरेका प्रहरीहरु भनिरहेका थीए नआत्तीनुस । हामी तपाईहरुसै छौ । हाम्रो मनोवल कतिपनि गिरेको छैन । स्थानीयलाई यसरी ढाढस दिएर प्रहरीहरु आफ्नो कार्यालय प्रवेश गरेका थीए । त्यसपछि स्थानीयबासीलाई सहयोग गरी प्रहरी कार्यालय पूःन निर्माण गरेर फर्कने वातावरण बनाइदिएको भन्दै इलाका प्रहरी कार्यालय दमकका प्रमुख डि एस पि राम प्रसाद तिम्सिनाले भन्नु भयो हामी पहिला जसरी नागरीकको सुरक्षामा खटिएका थियौ । अहिले पनि त्यसरीनै खट्ने छौ । हामीमाथी गर्नु भएको अटुट विस्वास र माया प्रति आभार व्यक्त गर्दछौ ।

यस अघी यी प्रहरीहरलाई दमक ८ स्थित अर्गानिक कृषि बजारमा अस्थाई रुपमा राखीएको थियो । यो अभियानमा दमक सहित झापाका बिभिन्न सामाजीक तथा सरोकारवालाहरुले सहयोग गरेका थीए । यही क्रममा सोमबार झापाको एकका लागी एक समुहले समेत २ लाख बराबरको कम्प्यूटर, प्रन्टिर , सुत्न प्रयोग गरिने खाट तथा अतिरिक्त २५ वटा लामखुट्टे छेक्ने झुल समेत वितरण गरेको थियो ।

सो अवसरमा बोल्दै एकका लागी एक अभियानका संयोजक महेन्द्र गिरीले भन्नु भयो हामी यो अभियानमा अहिले अक्षय कोष बनाइरहेको भन्दै भन्नु भयो अहिले १ करोडको कोष छ यहीबाट यसपटक झापाका बिभिन्न प्रहरी कार्यालय पूःन निर्माण गर्न १० लाख सहयोग गरीएको र कोषलाई ५ करोड पुर्याउने अभियान रहेकोले छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय

११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी,

दमकले ल्यायो १ अर्व ५८ करोडको बजेट

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ

आफ्नो घर सफा, सडक फोहोर  कुकुर पाल्नेहरूको गैरजिम्मेवारी कहिलेसम्म

दमक ,१० असार । शहर र बस्तीमा पछिल्लो समय घरपालुवा कुकुर पाल्नेको संख्या बढ्दो छ। कुकुर पाल्नु राम्रो कुरा हो, तर त्यससँग जोडिएको जिम्मेवारी पनि

दमकको बजेट : कुन क्षेत्रमा कति भयो बिनियोजन?

दमक , १० असार ।दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न क्षेत्रगत कार्यक्रम र योजनामा बजेट बाँडफाँट गरेको छ। यातायात पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा