बाढीपहिरो प्रभावितलाई नयाँ घर निर्माण गर्ने कोशी प्रदेश सरकारको घोषणा

 

दमक, २२ असोज। लगातारको मनसुन र आरीघोप्टे वर्षाले कोशी प्रदेशका सयौं परिवारलाई घरबार बिहिन बनाएको छ। धेरैले आफ्नो थातथलो गुमाएका छन्, जीवन पुनः थालनीको संघर्षमा छन्। यस्तो कठिन समयमा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिकमत कुमार कार्कीले बाढीपहिरोबाट विस्थापित परिवारका लागि घर निर्माण गर्ने ऐतिहासिक घोषणा गर्नुभएको छ।

रेडियो किङ एफ एमको कार्यक्रम ‘सत्य संवाद’ मा बोल्दै मुख्यमन्त्री कार्कीले भन्नुभयो “पहिलो चरणमा इलामलाई प्राथमिकता दिएका छौं। त्यहाँ करिब ९६ परिवार घरविहीन भएको बुझिएको छ। ती सबैलाई बस्न योग्य घर प्रदेश सरकारले बनाइदिनेछ।”

मुख्यमन्त्री कार्कीका अनुसार घर निर्माणका लागि आवश्यक जग्गाको व्यवस्था सम्बन्धित स्थानीय तहले गर्ने छ। स्थानीय तहले जग्गा उपलब्ध गराएपछि प्रदेश सरकारले उही दिनदेखि घर निर्माण सुरु गर्ने तयारी गरेको छ।

स्थानीय तहसँग सहकार्यमा नयाँ बस्ती निर्माणको योजना

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको उद्देश्य तत्काल राहतमा मात्र सीमित नभई दीर्घकालीन पुनर्स्थापनामा केन्द्रित भएको बताउनुभयो।

उहाँले भन्नु भयो । “हामीले प्रदेशभरका जोखिम क्षेत्र पहिचान गरिसकेका छौं। प्राविधिक अध्ययन भइसकेको छ। अब स्थानीय तह र संघीय सरकारसँग समन्वय गरी नयाँ सुरक्षित बस्ती निर्माणमा जुट्छौं।”

प्रदेश सरकारले पहिल्यै जोखिम मूल्यांकन प्रतिवेदनहरू तयार गरी संघीय र स्थानीय तहलाई पठाइसकेको छ। अध्ययन अनुसार, इलाम, पाँचथर, मोरङ, सुनसरी, ताप्लेजुङ, धनकुटा, सोलुखुम्बु लगायतका जिल्लामा सयौं परिवार बाढीपहिरोको स्थायी जोखिममा छन्।

मुख्यमन्त्रीले स्थानीय तहलाई आग्रह गर्र्दै भन्नु भयो ‘पालिकाहरुले सुरक्षित स्थानको पहिचान र जनसहमति सहितको योजना प्रदेश सरकारलाई पेस गरोस हामी तुरुन्तै योजना कटाएर भएपनि यो काममा लाग्ने छौ ।’ उहाँले दोहोर्याउदै भन्नु भयो । “प्रदेश सरकार नयाँ बस्ती निर्माणमा कुनै कसर बाँकी राख्ने छैन ।”

 

मुख्यमन्त्री कार्कीले यो अभियान एक वर्षमै सकिने होइन, तर निरन्तर प्राथमिकतामा रहने दीर्घकालीन काम हुने स्पष्ट पार्नुभयो भएको छ ।

“हामी सारा काम एकैपटक गर्न सक्दैनौं, तर प्रत्येक वर्ष यसलाई प्राथमिकतामा राख्छौं। नागरिकलाई सुरक्षित बासस्थान उपलब्ध गराउनु प्रदेश सरकारको प्रमुख जिम्मेवारी हो,” उहाँले भन्नुभयो।

कोशी प्रदेश सरकारले यसअघि जोखिम मूल्यांकनका आधारमा पुनर्वासका लागि बजेट छुट्याउने, र दीर्घकालीन विपद् न्यूनीकरण योजना तयार गर्ने तयारी गरिसकेको पनि उल्लेद गर्नु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक गोल्डकप गराउन वाणिज्य संघ तयार

दमक, ३ भदौ। दमकमा तीन वर्षदेखि दमक गोल्डकप फुटबल प्रतियोगिता हुन सकेको छैन। नेपालमै सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगिताका रूपमा चिनिएको दमक गोल्डकप सञ्चालन हुन

सांसद र मन्त्रीहरूलाई रवि लामिछानेको चेतावनी : सच्चिनुहोस्, गतिविधि पारदर्शी बनाउनुहोस्

काठमाडौं,३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री र सांसदहरूसहित संसदीय दलको बैठक राखेर कडा निर्देशन दिनु भएको छ।दलका नेता वालेन्द्र

बर्दियामा समस्याग्रस्त पाटे बाघ नियन्त्रणमा

बर्दिया,३ भदौ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–४ स्थित पाटालचुली सामुदायिक वनबाट समस्याग्रस्त पाटे बाघलाई नियन्त्रणमा लिइएको छ। बर्दिया राष्ट्रिय निकुञ्जका प्राविधिक,

४ महिनामा सर्पदंशबाट ६६ जनाको मृत्यु

काठमाडौँ,३ भदौ । देशभर सर्पदंश (सर्पको टोकाइ) का कारण पछिल्लो चार महिनामा ६६ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण

काँडेतारले वन्यजन्तु रोक्दै पाल्पाको ख्याहामा खेती जोगाउने अभियान

पाल्पा ,३ भदौ । रिब्दीकोट गाउँपालिका–१, ख्याहामा बाँदरलगायत वन्यजन्तुबाट खेतीबाली जोगाउन वडा कार्यालयले खेतमै हेरालु परिचालन गरेको छ। बाँदर, बँदेल, दुम्सी, मृगलगायतका वन्यजन्तुले मकैबालीमा क्षति

आकाशे पुल एकातिर, ज्यान जोखिममा पारेर चक्रपथ पार गर्दै यात्रु

काठमाडौँ,३ भदौ । सुरक्षित आवागमनका लागि करोडौँ खर्चेर बनाइएका आकाशे पुललाई बेवास्ता गर्दै चक्रपथमा पैदलयात्रुहरू दैनिक ज्यानकै बाजी लगाएर सडक पार गरिरहेका छन्। बालकुमारीदेखि सातदोबाटो,