दमकमा खुल्यो आनन्द गोल्ड एण्ड सिल्भर हाउस, एक करोडको लगानी

दमक, ३ कार्तिक । दमकमा २१ वर्ष देखी विभिन्न व्यापार व्यवसायमा सकृय हुदै आउनु भएका आनन्द थापाले शनिबार देखी आनन्द गोल्ड एण्ड सिल्भर हाउस सञ्चालनमा ल्याउनु भएको छ ।
व्यवसायको सुरुवातमा दमक चोकमा इलेक्ट्रोनीक पसल खोलेर व्यवसायको क्षेत्रमा हाम फाल्नु भएका थापाले बिभिन्न व्यवसाय गर्दै अहिले सुनचाँदीको व्यवसायमा होमीनु भएको हो ।

 

 

उहाँका अनुसार करिव २ वर्ष इलेक्ट्रोनीक पसल, त्यसपछि त्यहि ठाउँमा करिव ३ वर्ष मोवाईल पसल र पछिल्लो पटक फाल्गुनन्द चोकमा मनी ट्रान्सफर तथा सटही सेन्टर चलाउँदै अहिले भने उहाँले सुन चादी व्यवसाय थालेको बताउनु भएको छ । उहाँका अनुसार बिभिन्न व्यवसायमा बिभिन्न अवसर हुन्छन् । ती अवसर लिन व्यापार बदलीरहेको तर अव चाहि सुनचाँदी बाहेक अन्यत्र नजाने प्रतिवद्धतापनि व्यक्त गर्नु भएको छ ।

 

उहाँले सुनचाँदीको पसलचाँहि मनी ट्रान्सफरमा आउने सेवाग्राहीको मागलाई ध्यानमा राखेर पनि खोलेको बताउनु भएको छ । मनी ट्रान्सफरमा आउने अधिकांश सेवाग्राहि सुनचाँदी पसल जाने र आफैलाई खोल्न प्रोत्साहन गरेका कारण उहाँहरुको सेवाका लागी पनि आफुले यो व्यवसाय खोलेको प्रतिकृया दिनुभयो ।

अहिले सुनचाँदीको मुल्य निरन्तर उकालो लागीरहेको छ । यो समाचार तयार पार्दा सम्म २ लाख ५८ हजार बढि छ । यसले गर्दापनि लगानी बढि लागेको उहाँले बताउनु भएको छ । उहाँका अनुसार सुनचाँदी व्यवसाय गर्न मात्रै थप एक करोड बढिको लगानी लगाइएको छ । साथै उहाँले आफ्ना सम्पूर्ण ग्राहक तथा सुभचिन्तकहरुमा तिहार तथा छठ पर्वको शुभकामना पनि व्यक्त गर्नु भएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौतमबुद्ध विमानस्थलमा आश गरेर लगानी गर्नेहरू संकटमा स् सांसद अग्रवाल

काठमाडौँ , १ भदौ । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायी र लगानीकर्तालाई मार परेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुनमकुमारी अग्रवालले

भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं ,१ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको

कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

विराटनगर ,१ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको कार्यविभाजन टुङ्ग्याउनुभएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं ,१ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ ।   सोमबार राष्ट्रपति

नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

काठमाडौं,१ भदौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि