नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

पथरी, ११ कार्तिक । नौमती बाजामा यो भाका । नौमती बाजा लोप हुन लागि रहेको अवस्थामा आफ्ना घर अगाडि त्यही बाजा बजेको देख्दा उमेरले ७० वर्ष कट्नु भएकी चन्द्रकला संग्रौलालाई औधी खुसी लाग्यो । उहाँले नजिकै आएर हेर्नुभयो । त्यहाँ त नौमती बाजामा देउसी भैलो नै खेलेको देखेपछि अझ खुसी लाग्यो । पथरी शनिश्चरे १ स्थित सिनेमा हल चोकमा खेलिएको देउसी नसकुन्जेल १ घण्टा समय उहाँ त्यहीँ बसेर रमाउनु भयो । उहाँले भन्नुभयो ‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

 

नौमती बाजा बजाएर लोकभाकामा देउसी भैलो खेल्ने महत्वपूर्ण काम गरेको थियो मोरङको पथरी शनिश्चरे ३ मा अवस्थित पाथीभरा महिला नौमती बाजा समूह र त्यसैको संरक्षण समितिले । लोप हुन लागेको संस्कृति जोगाउने सोचमा १ वर्ष अघि सो वडाका केही महिलाहरुको भेलाले सीता भण्डारीको अगुवाईमा नौमती बाजा समूह खडा भयो । बाजा बजाउने तालिम लिएपछि विवाह, ब्रतबन्धसहितका कार्यक्रममा उहाँहरुले बाजा बजाएर गाउँमा जागरणको सन्देश दिन थाल्नु भयो । सो समूहलाई सहयोग पु¥याउन नगर स्तरीय संरक्षण समिति समेत बनेपछि यो वर्ष पहिलो पटक नौमती बाजामा देउसी खेल्ने योजना तय भयो । वडा वडामा पुगेर प्रतिनिधिमूलक देउसी खेल्ने काम भयो । जसबाट स्थानीयहरु प्रभावित भए । लोप हुन लागेको कलासंस्कृतिलाई देउसीमा जोडेर अघि बढाएकोप्रति औधी खुसी व्यक्त गरे । त्यो खाले देउसी आँखा झिमिक्क नगरी हेरेको हे¥यै गरेर सबैको भिडियो समेत बनाउनु भयो स्थानीय केशवदेव शर्माले । ‘यति राम्रो लाग्यो कि, मौलिक संस्कृति संरक्षणको महत्वपूर्ण काम हो यो । साँचो देउसी देखियो । जे हुनुपर्ने हो, त्यो देख्दा ज्यादै खुसी लाग्यो ।’–उहाँले भन्नुभयो ।

 

ज्योतिष विधामा संलग्न पथरी शनिश्चरे २ का गुणराज आचार्यले पनि यो बेला यसरी नौमती बाजामा देउसी खेलिनु मौलिक संस्कृति संरक्षणको महत्वपूर्ण पक्ष भएको प्रतिक्रिया व्यक्त गर्नुभयो । वडा नम्बर १ स्थित कृष्ण किराना पसल सञ्चालक समाजसेवी डम्बर गुरागाईंले पनि देउसीमा नौमती बाजाको प्रस्तुतिलाई निकै सान्दर्भिक काम भएको ठहर गर्नुभयो ।

 

देउसीमा महिलाहरुले विभिन्न लोक भाकामा बाजा मात्रै बजाएनन् आफैं गाए र नाँचे पनि । सँगसँगै दर्शकहरु पनि नाँचे । स्थानीय सर्जक दीपक दियालो ढुंगानाको विशेष सक्रियतामा समूह खडा भएर देउसीको कार्यक्रमसम्म आइपुग्दा सो अभियानको नगरमा गज्जबले प्रचार प्रसार भएको छ । महिलाहरुले सनही, दमाहा, ट्याम्को, नर्सिङ्गासहितका नौवटा बाजा बजाएर महिला जागरणको सन्देश पनि दिएका छन् । अर्कातर्फ जात विशेषले बजाउने भनेर सुरु भएको प्रचलनलाई तोडेर मौलिक कला संस्कृति संरक्षणमा सबैको सहभागिताको आवश्यकतालाई जोड दिइएको छ । ‘हामी महिला जागरणको हिसावले पनि एकजुट भयौं र मौलिक संस्कृति जोगाउन अघि बढ्यौं ।’ समूह उपाध्यक्ष जानुका भण्डारी भन्नुहुन्छ ‘नौमती बाजानै बजाएर देउसी भौलो खेल्दा अझ राम्रो हुने ठहर गरेर यो काम थाल्यौं । सबैले साथ, सहयोग र हौसला प्रदान गरिरहनु भएको छ । जसले हामीलाई थप उर्जा मिलेको छ ।’

 

छत्र शिवा र दधिराम शिवाको तालिम तथा सहयोगमा सीता भण्डारी, जानुका भण्डारी, मञ्जु दहाल, उर्मिला ढुंगेल ढुंगाना, शर्मिला दहाल, छविमाया ढकाल, उर्मिला पोख्रेल ढुंगाना, टीका आचार्य, देविका खड्का, शान्तादेवी दहालले बाजा बजाउँदै आउनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विश्वलाई चकित पार्ने साहसी नेपाली आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ को निधन

काठमाडौँ,१६ साउन । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को पाकिस्तानको ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परी निधन भएको छ। उहाँ संस्थापक रहेको आरोहण कम्पनी

जन्मदिनको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण, ८२ जनाले लिए सेवा

दमक,१६ साउन । जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै झापाको दमकमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ। दमक–६ नगरपालिका रोडस्थित भट्टराई ओखती घर तथा क्लिनिककी सञ्चालिका

सम्भु राईको झापामा दुई दिन सांगीतिक प्रस्तुति रहने

दमक,१६ साउन । दृष्टिविहीन समुदायको आत्मनिर्भर भविष्य निर्माण र उनीहरूको शिक्षामा टेवा पु¥याउने उद्देश्यले आदिवासी जनजाति नेत्रहीन संघ झापाले राष्ट्रिय गायक शम्भु राईको विशेष प्रस्तुतिसहित

काठमाडौं उपत्यकामा ग्यास आपूर्ति सहज पार्न टेकुबाटै बिक्री सुरु

काठमाडौं,१६ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि नेपाल आयल निगमले बजारमा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न विशेष व्यवस्था लागू गरेको छ

भारतमा व्यावसायिक ग्यासको मूल्य घट्यो, नेपालमा भने असर नपर्ने

काठमाडौं,१६ साउन । भारतमा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने एलपी ग्यास (एलपीजी) सिलिन्डरको मूल्य पुनः घटाइएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार १९ किलोग्राम क्षमताको व्यावसायिक