अस्ट्रेलियामा ८७१ महिला सहकर्मीको गोप्य भिडियो खिच्ने चिकित्सक पक्राउ

अस्ट्रेलिया,११ मंसिर । अस्पतालभित्र कार्यरत सहकर्मी महिलाहरूको शौचालय तथा नुहाउने स्थानमा गोप्य रूपमा भिडियो खिचेको आरोपमा एक कनिष्ठ चिकित्सक रयान चो पक्राउ परेका छन् ।सन् २०२४ देखि २०२५ सम्मको अवधिमा उनले ८७१ जना महिलाको गोप्य भिडियो खिचेको बताइएको छ । घटनामा अस्पतालमा कार्यरत महिला सहकर्मीहरू प्रभावित भएको जनाइएको छ ।चोले मेलबर्नका तीन ठूला अस्पतालमा काम गर्ने महिला चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई लक्षित गरेका थिए । उनले मोबाइल फोनलाई जालीको झोलाभित्र लुकाएर शौचालय तथा नुहाउने स्थानमा राखी गोप्य रूपमा भिडियो रेकर्ड गर्ने गरेको अदालतमा सुनाइएको छ ।

 

अदालतमा प्रस्तुत विवरणअनुसार, चोले ८७१ महिलासहित कुल ८७४ जनाको गोप्य भिडियो खिचेको स्वीकार गरेका छन् । प्रहरीले उनको उपकरणबाट करिब ३ हजार भिडियो फेला पारेको थियो । दुई बालिकाको भिडियोसमेत फेला परेको अदालतमा बताइएको छ ।यस घटनाबाट प्रभावित महिलाहरूले अदालतमा आफ्नो पीडा, मानसिक तनाव र कार्यस्थलमा सुरक्षित महसुस गर्न नसकेको अनुभव सुनाएका छन् ।

 

चोले गोप्य भिडियो खिच्ने तथा अन्य सम्बन्धित कसुरमा दोषी स्वीकार गरिसकेका छन् । नोभेम्बर २६, बिहीबार मेलबर्नको अदालतमा सजायपूर्वको सुनुवाइ सकिएपछि उनलाई हिरासतमा पठाइएको हो ।उनलाई सन् २०२७ फेब्रुअरी १२ मा सजाय सुनाउने तयारी गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अस्ट्रेलियामा ८७१ महिला सहकर्मीको गोप्य भिडियो खिच्ने चिकित्सक पक्राउ

अस्ट्रेलिया,११ मंसिर । अस्पतालभित्र कार्यरत सहकर्मी महिलाहरूको शौचालय तथा नुहाउने स्थानमा गोप्य रूपमा भिडियो खिचेको आरोपमा एक कनिष्ठ चिकित्सक रयान चो पक्राउ परेका छन् ।सन्

वीरगन्ज स्थित क्यासिनोबाट नेपालीसहित १२ जना पक्राउ

वीरगन्ज, ११ मंसिर । वीरगन्ज महानगरपालिका–१० लोहारपट्टी चोकस्थित फच्र्युन सिटी गेमिङ क्लब प्रा.लि.(क्यासिनो) भित्र नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाइरहेको तथा खेलिरहेको अवस्थामा १२ जनालाई

गोलबजार दुर्घटनाका फरार स्कार्पियो चालक पक्राउ

सिरहा ,११ मंसिर। सिरहाको गोलबजारमा साइकल यात्रुलाई ठक्कर दिएर फरार भएका स्कार्पियो चालकलाई प्रहरीले सवारीसाधनसहित पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गत मंसिर

आफ्नै गाईले टेक्दा गौरादहका वृद्ध गम्भीर घाइते

गौरादह, ११ मंसिर । आफ्‌नै गाईले टेक्दा गौरादहका एक व्यक्ति गंभीर घाइते हुनु भएको छ ।हिजो बिहिबार बिहान ६ बजे गौरादह –९ तुलाचन बस्ने ८३

चीनको विशाल कार्गो ड्रोन ‘चाङयिङ–८’ को सफल परीक्षण

एजेन्सी ,१० मंसिर। चीनको सरकारी स्वामित्वमा रहेको रक्षा सामग्री उत्पादक कम्पनी चाइना नर्थ इन्डस्ट्रिज ग्रुप कर्पोरेसनले निर्माण गरेको विशाल ड्रोनले हालै परीक्षण उडान सफलतापूर्वक सम्पन्न

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं,१० मंसिर । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका अधिकार सुनिश्चित गर्न दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।सरकारले प्रेस