झापामा ६५ मिलिलिटर वर्षा, मैनाचुलील मापन केन्द्रभने बिग्रियो

दमक, १४ कार्तिक । झापामा गएरातीदेखी निरन्तर पानी परिरहेको छ । राती भारी वर्षा भएपनि अहिले बिहान वर्षात सामान्य छ । तर पानी निरन्तर परिरहेकोले नदिको तटीय क्षेत्रमा पानीको बहाव बढिरहेको सुचना जिल्ला प्रशाषन कार्यालय झापामा प्राप्त भएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले उज्यालो खवरलाई जानकारी दिदै भन्नु भयो ‘झापामा गएरातीदेखीको निरन्तर वर्षाले अहिले सम्म कहि पनि मानवीय र भौतीक क्षती वा असर गरिहालेको छैन । तर नदिको तटिय क्षेत्रमा चाहि पानीको बहाव बढिरहेको सुचना आइरहेका छन् ।’

खासगरी यसअघीका असर र प्रभाव देखिएका गौरीगञ्ज र झापा गाउँपालिकाका प्रभावीत क्षेत्रहरुमा विषेश निगरानी राखीरहेको र सर्तकताकालागी स्थनीयतहसग समेत समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी गेलालले जानकारी दिनुभयो ।

झापामा पछिल्लो २४ घण्टामा ६५ मिलिलिटर वर्षात भएको छ । नेपाल रेडक्रस सोसाईटी झापाका अधिकृत हरिशणण खड्काका अनुसार इलामको चिसापानी स्थित माईखोलामा अलर्ट जोनमा पुगेको छ । यसको असर झापामा प्रत्यक्ष पर्ने भएकोले प्रभावीत हुन सक्ने क्षेत्रमा सन्देश प्रवाह गरिरहेको उहाँले बताउनु भयो ।

कन्काई र बिरिङ क्षेत्रमा रहेको बहुप्रकोप साईरन मार्फत त्यहाँको प्रभावित क्षेत्रमा एस एम एस मार्फत सन्देश पठाइरहेको र यसकालागी थप सहज रहज पालिकाहरुलाई समेत खवरदारी गरिरहिएको उहाँले बताउनु भएको छ । यस्तै खड्का अनुसार झापामा कन्काई नदि छेउमा रहेको मैनाचुली मापन केन्द्रले मापनको काम गर्न नसकदा जोखीमको पूर्वानुमान गर्न समेत असर परेको छ ।

अघील्लो पटकको बाढिका कारण यो मापन केन्द्र पूर्ण रुपमा क्षती भएकोले यसले काम गर्न नसकेको उहाँले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय

११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी,

दमकले ल्यायो १ अर्व ५८ करोडको बजेट

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ

आफ्नो घर सफा, सडक फोहोर  कुकुर पाल्नेहरूको गैरजिम्मेवारी कहिलेसम्म

दमक ,१० असार । शहर र बस्तीमा पछिल्लो समय घरपालुवा कुकुर पाल्नेको संख्या बढ्दो छ। कुकुर पाल्नु राम्रो कुरा हो, तर त्यससँग जोडिएको जिम्मेवारी पनि

दमकको बजेट : कुन क्षेत्रमा कति भयो बिनियोजन?

दमक , १० असार ।दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न क्षेत्रगत कार्यक्रम र योजनामा बजेट बाँडफाँट गरेको छ। यातायात पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा