झापामा ६५ मिलिलिटर वर्षा, मैनाचुलील मापन केन्द्रभने बिग्रियो

दमक, १४ कार्तिक । झापामा गएरातीदेखी निरन्तर पानी परिरहेको छ । राती भारी वर्षा भएपनि अहिले बिहान वर्षात सामान्य छ । तर पानी निरन्तर परिरहेकोले नदिको तटीय क्षेत्रमा पानीको बहाव बढिरहेको सुचना जिल्ला प्रशाषन कार्यालय झापामा प्राप्त भएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले उज्यालो खवरलाई जानकारी दिदै भन्नु भयो ‘झापामा गएरातीदेखीको निरन्तर वर्षाले अहिले सम्म कहि पनि मानवीय र भौतीक क्षती वा असर गरिहालेको छैन । तर नदिको तटिय क्षेत्रमा चाहि पानीको बहाव बढिरहेको सुचना आइरहेका छन् ।’

खासगरी यसअघीका असर र प्रभाव देखिएका गौरीगञ्ज र झापा गाउँपालिकाका प्रभावीत क्षेत्रहरुमा विषेश निगरानी राखीरहेको र सर्तकताकालागी स्थनीयतहसग समेत समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी गेलालले जानकारी दिनुभयो ।

झापामा पछिल्लो २४ घण्टामा ६५ मिलिलिटर वर्षात भएको छ । नेपाल रेडक्रस सोसाईटी झापाका अधिकृत हरिशणण खड्काका अनुसार इलामको चिसापानी स्थित माईखोलामा अलर्ट जोनमा पुगेको छ । यसको असर झापामा प्रत्यक्ष पर्ने भएकोले प्रभावीत हुन सक्ने क्षेत्रमा सन्देश प्रवाह गरिरहेको उहाँले बताउनु भयो ।

कन्काई र बिरिङ क्षेत्रमा रहेको बहुप्रकोप साईरन मार्फत त्यहाँको प्रभावित क्षेत्रमा एस एम एस मार्फत सन्देश पठाइरहेको र यसकालागी थप सहज रहज पालिकाहरुलाई समेत खवरदारी गरिरहिएको उहाँले बताउनु भएको छ । यस्तै खड्का अनुसार झापामा कन्काई नदि छेउमा रहेको मैनाचुली मापन केन्द्रले मापनको काम गर्न नसकदा जोखीमको पूर्वानुमान गर्न समेत असर परेको छ ।

अघील्लो पटकको बाढिका कारण यो मापन केन्द्र पूर्ण रुपमा क्षती भएकोले यसले काम गर्न नसकेको उहाँले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नर्सहरुमा नैरास्यता, देशभीत्र अवसर र सम्मान छैन अनी नविदेशीएर के गर्ने ?

दमक, १४ कार्तिक । नर्स स्वास्थ्य सेवा क्षेत्रको मेरुदण्ड हुन्। अस्पतालमा बिरामीको हेरचाह, उपचारमा सहयोग, औषधि व्यवस्थापन लागायेत हरेक कार्यमा नर्सको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ।

डुबान दमकको बसपार्क, यसले निकास पाउँदैन ?

दमक, १४ कार्तिक । दमक बसपार्क झापा जिल्लाको दमक नगरपालिकामा अवस्थित एक प्रमुख यातायात केन्द्र हो। यो बसपार्क पूर्वी नेपालका विभिन्न जिल्ला तथा प्रदेशहरूलाई जोड्ने

बिर्तामोडमा नौ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ

झापा,१४ कार्तिक । गोप्य सूचनाको आधारमा प्रहरीले बिर्तामोड नगरपालिका–४ पश्चिम बस स्ट्यान्ड छेउको एउटा डेरामा छापा मार्दै नौ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ।

नेपाललाई पायल्स फ्रि देश बनाउने अभियान चलाँउदै एन्जल फाउन्डेशन

दमक,१४ कार्तिक । नेपालमा रहेका अधिकांश मानिसहरु अहिले पायल्स,फिसर,फ्रिस्टुला जस्ता रोगहरुबाट ग्रषित छन् । यस खाले रोगहरु ढिला पत्ता लाग्ने र गोप्य ठाउँहरुमा हुने भएकाले

विद्युत आपूर्तिबन्दले उद्योग संकटमा, कोशीका मुख्यमन्त्री कार्कीको ध्यानकर्षण

  दमक, १३ कार्तिक । नेपाल विद्युत प्राधिकरणद्वारा विद्युत आपूर्ति बन्द गरिँदा कोशी प्रदेशका विभिन्न उद्योगहरू प्रभावित बनेका छन्। यसले स्थानीय रोजगारीदेखि समग्र अर्थतन्त्रमा असर

चक्रवात ‘मोन्था’ को प्रभाव : २ दिन सर्‍यो झापा महिला गोल्डकप

बिर्तामोड,  १४ कात्तिक । भोलि कात्तिक १५ गतेदेखि सुरु हुने भनिएको एलभिडी प्रथम झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सरेको छ ।