झापाको गौरादहबाट १६ जना जुवाडे पक्राउ, नामवली सहित

पक्राउ पर्नेमध्ये बिनोद अधिकारी भने गत भाद्र २४ गतेको तोडफोड र आगजनीमा पनि संलग्न भएका ब्यक्ति समेत

झापा, १६ कात्तिक । झापाको गौरादहस्थित एक होटलबाट १६ जना जुवाडे पक्राउ गरेको प्रहरीले जनाएको छ् ।

 

गएराति गौरादह नगरपालिका ५ स्थित स्कूलचौन बजारमा रहेको सत्कार होटलमा जुवातास खेलाइ रहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको हो। प्रहरीले छापा मार्दा होटल सञ्चालकसहित १६ जना पक्राउ परेको जनाएको छ ।

 

उनीहरुको साथबाट प्रहरीले एक लाख ६ हजार ६ सय २० रुपैयाँ बरामद गरेको प्रहरीले बताएको छ । पक्राउ पर्नेमध्ये बिनोद अधिकारी भने गत भाद्र २४ गतेको तोडफोड र आगजनीमा पनि संलग्न भएका ब्यक्ति रहेको प्रहरीले बताएको छ ।

 

पक्राउ पर्नेहरुमा रास्वपा गौरादह नगर सभापति जगत अधिकारी गौरादह–३, गौरादह रास्वपा ४ नम्बर वडा सभापति युबराज खड्का , भरत कार्की, हृदय सुवेदी, टंक बराल (सुन ब्यबसायी), राम फुँयाल, केदार मगर,नबराज भट्टराई , रोशन खत्री , बिनोद अधिकारी, गौरादह ५ (तोडफोड आगजनीमा संलग्न), दुर्गा पौडेल, मकर अधिकारी , अशोक काफ्ले , अर्जुन श्रेष्ठ, सुदिप चेम्जोङ र दिल बहादुर मगर रहेको प्रहरीले जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘सरकारको इच्छा कानुन हुन सक्दैन, परिणाम चाहिन्छ’ : गगन थापा

काठमाडौं ,१४ कार्तीक। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने

दमकमा साढे चार लाख रुपैयाँ बराबरको भारतीय सयपत्री फूल जफत

दमक, १४ कात्तिक । झापाको दमकमा अवैध रूपमा भित्र्याएर भण्डारण गरिएको भारतीय सयपत्री फूल जफत गरिएको छ। दमक नगरपालिका–४ स्थित शान्ति कोल्ड स्टोरमा भण्डारण गरेर

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय