श्री शान्ति किर्तन मण्डलीको दोस्रो अनुष्ठान

किर्तन गरेर २ करोडको जायजेथा

पथरी, १६ कार्तिक / उत्तरपूर्वी मोरङको पथरी शनिश्चरे १ मा शान्ति सद्भावसहितको आध्यात्मिक गतिविधिमा सक्रिय श्री शान्ति किर्तन मण्डलीले अठारौं महापुराणको योजना अनुरुप दोस्रो पुराणका रुपमा ब्रम्ह महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु गरेको छ ।

 

मण्डलीले आइतबारबाट महापुराण प्रारम्भ गरेको हो । मण्डप पूजापछि कलश यात्राले पथरी बजार तथा स्थानीय हनुमान मन्दिर, दुर्गा मन्दिर, भूल्के जालपादेवी मन्दिर र शिवालय मन्दिरको परिक्रमा गर्दै शान्ति, सद्भाव, एकता र नैतिकताको सन्देश प्रवाह गरेको छ । कलश यात्रामा वडा नम्बर ३ स्थित पाथीभरा महिला नौमती बाजा समूहले नौमती बाजा प्रस्तुत गरेर संस्कृति संरक्षणको थप सन्देशसहित यात्रालाई प्रभावकारी बनाएको थियो ।

महायज्ञ उद्घाटनका क्रममा आयोजित औपचारिक कार्यक्रममा नगर उपप्रमुख देवीमाया काफ्‌लेको प्रमुख आतिथ्यता र १ नम्बर वडाअध्यक्ष भीमकुमार राईको विशिष्ट आतिथ्यता रहेको थियो । वडा नम्बर ७ स्थित शान्ति किर्तन मण्डलीका नारायण भट्टराई, ३ स्थित पशुपति हरिकिर्तन मण्डलीका पं.टीका खनाल, १ स्थित कृष्णप्रणाली मन्दिरका पूर्व अध्यक्ष एवम् संस्थालाई १८ वटा पुराणका पुस्तक निःशुल्क प्रदान गर्नु हुने डिगप्रसाद तिम्सिना, पूर्व शिक्षक केशव दहालसहितले समाजमा शान्ति र नैतिकताको आध्यात्मिक शिक्षा थप आवश्यक रहेकाले यसखाले महापुराणको सान्दर्भिक औंल्याउनु भयो । सो अवसरमा महायज्ञका लागि पहिलो पटक ११ हजार १ सय ११ रुपैयाँ दान दिनु भएका संस्थाको भवन निर्माण समितिका संयोजक नृपबहादुर भण्डारीलाई कार्यक्रममा सभानायक बनाइएको थियो ।

संस्थाको आफ्‌नै सत्संग भवनमा कार्तिक २२ सम्म सञ्चालन हुने महायज्ञमा स्थानीय आचार्य पण्डित केवलकृष्ण अधिकारी र दीपक भट्टराईमार्फत पाठ पारायण र संगीतमय कथा वाचन अघि बढेको संस्थाका अध्यक्ष पोषराज काफ्‌लेले जनाउनु भयो ।

 

किर्तन गरेर २ करोडको जायजेथा
आध्यात्मिक गतिविधिमा नमुना बनेको सो अर्थात मण्डलीले भजन किर्तनका माध्यमबाट दुई करोड हाराहारीको सम्पत्ति जोड्न सफल भएको उदाहरणीय पक्ष छ । किर्तन गरेको रकम, किर्तन मण्डलीका सदस्यहरुबाट संकलित सहयोग र सदस्य बाहिरबाटको केही सहयोगबाट ०७१ सालमा साढे १८ लाखमा साढे ९ धुर जग्गा किनेर भवन निर्माणको योजना अघि बढ्यो । त्यसपछि उसैगरी सहयोग जुटाउँदै क्रमिक रुपले बनाउँदै लगेको भवन हाल ३ तले भएको छ र, हालसम्म त्यसमा लागेको खर्च हिसाव गर्दा १ करोड हाराहारी रहेको कोषाध्यक्ष तोयानाथ ढकालले वेलिविस्तार लगाउनु भयो ।

 

भजन किर्तनको माध्यमबाट भगवानप्रति भक्तिभाव दर्शाउँदै मन शान्त पार्न र नैतिकताको सन्देश दिन ०६० सालमा माधव सुवेदीको अगुवाईमा किर्तन मण्डली खडा भई ०६३ सालमा दर्ता भयो । जसले समाजमा शान्ति, सद्भाव र आध्यात्मिक सन्देश प्रवाह गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको सामाजिक अगुवाहरुको ठहर छ ।

 

संस्थाले आफ्‌नो कामलाई सक्रियतापूर्वक मात्र नभई पारदर्शी रुपमा अघि बढाउने कामले सबैको विश्वास जित्दै गएको अवस्था छ । ज्येष्ठ सदस्यहरुको तीर्थाटन र सम्मान कार्यक्रम संस्थाको आकर्षक कार्यक्रममा पर्छ ।

 

संस्थाको आध्यात्मिकताको प्रवद्र्धनका खातिर गरिएका कार्यक्रममा जोडिनेहरु बढिरहेका छन् । हालसम्म सदस्यको संख्या १ हजार २ सय पुगेको छ । अब संस्थाले सदस्यको परिवारमा मरिमराउ पर्दा समवेदना दिन जानेसहितका कार्यका लागि अक्षयकोषको योजना अघि बढाएको संस्थाका सचिव रमण दाहालले सुनाउनु भयो । ‘हामीले ३० लाखजतिको अक्षयकोष बनाउने लक्ष्य राखेका छौं । हालसम्म ११७ जनाबाट ६ लाख १७ हजार रकम संकल भएको छ । जसबाट मरिमराउमा समवेदना दिने कामलाई व्यवस्थित बनाउने छौं ।’– कोषाध्यक्ष ढकालले भन्नुभयो । प्रत्येक शनिबार पालैपालो सदस्यहरुकोमा किर्तन गरेर वार्षिक डेढ लाख हाराहारी दान रकम संकलन हुने गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

काठमाडौं उपत्यकामा ग्यास आपूर्ति सहज पार्न टेकुबाटै बिक्री सुरु

काठमाडौं,१६ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि नेपाल आयल निगमले बजारमा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न विशेष व्यवस्था लागू गरेको छ

भारतमा व्यावसायिक ग्यासको मूल्य घट्यो, नेपालमा भने असर नपर्ने

काठमाडौं,१६ साउन । भारतमा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने एलपी ग्यास (एलपीजी) सिलिन्डरको मूल्य पुनः घटाइएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार १९ किलोग्राम क्षमताको व्यावसायिक

सबै पालिकामा विपद् व्यवस्थापन टोली बनाउने कांग्रेसको लक्ष्य

काठमाडौं,१६ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपद् व्यवस्थापनमा केवल भावना र इच्छाशक्ति पर्याप्त नहुने भन्दै त्यसका लागि आवश्यक सीप र ज्ञान पनि अनिवार्य

सरकारसँग ८ बुँदे सहमतिपछि गणेश यादवको आज अन्त्येष्टि गरिने

सिरहा,१६ साउन । सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको अन्त्येष्टि आज गरिने भएको छ। सुनसरीको घटनालाई लिएर गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर

जनकपुरधाममा सद्भाव र्यालीमै हिन्दू सम्राट सेनाको नाराबाजी

जनकपुर,१६ साउन । जनकपुरधाममा शनिबार विहान निकालिएको सद्भाव र्यालीको बीचमा हिन्दू सम्राट सेनाले विरोध प्रदर्शन गरेको छ । हिजो (शुक्रबार) बसेको सर्वपक्षीय बेठकमा भएको निर्णय