बीएण्डसी अस्पताल: विवादको विजारोपण कसरी भयो ?

विरामीको मृत्यु भइसक्दा पनि आइसियुको भेन्टिलेटरमा राखेर अस्पतालहरुले रकम असुल्ने गरेको गुनासो जता ततै

झापा, १७ कात्तिक । आइसीयुको विरामीको मृत्यु ढिलो जानकारी गराएको बिषयमा बीएण्डसी अस्पताल बिर्तामोडमा विवाद भएको प्रहरीले बताएको छ ।

कमल गाउँपालिका –२ केर्खा बस्ने ८३ वर्षीय रंगनाथ पौडेलको मृत्यु भइसकेर अस्पतालले ढिलो जानकारी गराएको विषयमा विवाद भएको छ । पेट दुख्ने बिरामी भई उपचारको लागि बीएण्डसी अस्पतालमा ल्याई उपचार भइरहेकोमा उपचारको क्रममा पौडेलको हिजो आइतबार दिउँसो १ बजे मृत्यु भएको थियो तर उनको मृत्यु भएको ढिलो जानकारी गराएको भन्दै साँझ ५बजेतिर मृतकका आफन्तहरुले अस्पतालमा विवाद गरेको प्रहरीले जनाएको छ । त्यसक्रममा मृतकका आफन्त र अस्पतालका सुरक्षागार्ड बीच कुटाकुट नै भएको प्रहरीले जनाएको छ।

मृतकका आफन्तहरु करिब २० जना भेला भई अस्पताल प्रशासनसंँग विवाद गरेका हुन्। पछि आफन्त र अस्पताल प्रशासनबिच छलफल भई साँझ ५ः५० बजे अस्पताल प्रशासनले सम्झाई बुझाई शव मृतकका आफन्तलाई जिम्मा दिएको बताएको छ । विरामीको मृत्यु भइसक्दा पनि आइसियुको भेन्टिलेटरमा राखेर अस्पतालहरुले रकम असुल्ने गरेको गुनासो जता ततै सुनिने गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

काठमाडौं उपत्यकामा ग्यास आपूर्ति सहज पार्न टेकुबाटै बिक्री सुरु

काठमाडौं,१६ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि नेपाल आयल निगमले बजारमा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न विशेष व्यवस्था लागू गरेको छ

भारतमा व्यावसायिक ग्यासको मूल्य घट्यो, नेपालमा भने असर नपर्ने

काठमाडौं,१६ साउन । भारतमा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने एलपी ग्यास (एलपीजी) सिलिन्डरको मूल्य पुनः घटाइएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार १९ किलोग्राम क्षमताको व्यावसायिक

सबै पालिकामा विपद् व्यवस्थापन टोली बनाउने कांग्रेसको लक्ष्य

काठमाडौं,१६ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपद् व्यवस्थापनमा केवल भावना र इच्छाशक्ति पर्याप्त नहुने भन्दै त्यसका लागि आवश्यक सीप र ज्ञान पनि अनिवार्य

सरकारसँग ८ बुँदे सहमतिपछि गणेश यादवको आज अन्त्येष्टि गरिने

सिरहा,१६ साउन । सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको अन्त्येष्टि आज गरिने भएको छ। सुनसरीको घटनालाई लिएर गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर

जनकपुरधाममा सद्भाव र्यालीमै हिन्दू सम्राट सेनाको नाराबाजी

जनकपुर,१६ साउन । जनकपुरधाममा शनिबार विहान निकालिएको सद्भाव र्यालीको बीचमा हिन्दू सम्राट सेनाले विरोध प्रदर्शन गरेको छ । हिजो (शुक्रबार) बसेको सर्वपक्षीय बेठकमा भएको निर्णय