दमकका तीन दमकल मध्ये एउटा काम चलाउ, एउटा पूर्ण ध्वस्त, अर्कोको सामान आउँदै

दमक, १८ कार्तिक । झापाका १५ पालिका मध्ये दमक नगरपालिकामा सबैभन्दा बढि दमकल थियो । कुनै पालिकाले एउटा पनि दमकल सञ्चालन गर्ने आँट नगरिरहदा दमकले भने तीन वटा दमकल सञ्चालन गरिरहेको थियो । यसकालागी नगरपालिकाले कर्मचारी र अन्य अग्नि नियन्त्रकलाई चुस्त दुरुस्त राखेको राखीरहेको थियो ।

 

तर गत भदौ २३ र २४ गते जेन जी आन्दोलनका कारण यहाँ रहेका तीनवटै दमकलमा क्षती भयो । तीनवटा मध्ये एउटा फेरीपनि बन्न नसक्ने गरी खरानी भएर धवस्त भएको छ । एउटा चाहि मंगलबारदेखी चल्न थालेको छ । अनी अर्को एउटा चाहि बनाउने सामान नपाएर थन्कीरहेको छ । खासमा दमकका दमकहरुको अवस्था कस्तो छ ? के आगोलागेको बेला समयमै घटना स्थल पुग्नेगरीको दमकल तयार भए ?

 

दमक नगरपालिकाका नगर प्रहरी रुद्र कार्की । उहाँ नगरपालिकाको दमकल अर्थात बारुणयन्त्रको संयोजन गर्ने समेत जिम्मेवारीमा हुनुहुन्छ । अति आपत्तकालीन सधानमा समेत जेन आन्दोलनमा सहभागी भएकाहरुले तोडफोड गरिदिए । जनताको करबाट किनीएका यी साधान जलेर ध्यवस्त भएपछि नागरिकको घर तथा अन्य स्थानमा आगजानी हुदा टाढाबाट दमकल बोलाउनुपर्ने बाध्यता आइलाग्यो ।

 

यसले गर्दा नागरीकले थप क्षती बिहोर्नुपरेको थियो । त्यस कारण दमकनगरपालिकासग भएको तीन वटा दमक मध्ये एउटा पूर्णरुपमा बिग्रेको छ । दुईटाले आगो निभाउन सक्छ । तर यी दुईमध्ये पनि एउटा दमकल जुन जापान सरकारले नगरपालिकालाई सहयोग स्वरुप प्रदान गरेको थियो त्यो चाहि केहि सामान नपाएर ती आवश्यकीस सामानको पर्खाइमा रहेको र अर्को एउटा चाहि अहिले आगो नियन्त्रणमा बाहिर निस्कने सक्ने अवस्थामा रहेको नगर प्रहरी प्रमुख कार्कीले जानकारी दिनुभयो ।

जेन जी आन्दोलनका क्रममा दमकल चालकले एउटा दमकलको सुरक्षार्था नगरपालिकाबाट बाहिर निकालेर लगेको र लैजाने क्रममा समेत ढुङ्गा प्रहार गरेर तोडफोड गरिएको थियो । त्यसकारण भारत सरकारले सहयोगमा दिएको एउटा दमक चालु अवस्थामा रहेको र अर्को चाहि बिर्तामोडमा मर्मतकालागी पठाइएको पनि उहाँले जानकारी दिनुभयो । अवको केहि दिनमै नगरपालिकाका दुईवटै दमकल अग्नि नियन्त्रणको काममा निस्कने छन ।

 

आपत्त विपत्त परेको खण्डमा उहाँले नगरपालिकाको बारुणयन्त्रलाई सम्पर्क गर्ने नम्बर ०२३–५७०१०१ मा सम्पर्क गरी तुरुन्तै घटना स्थलमा आइपुग्नेगरीको संयन्त्र तयारी अवस्थामा रहेको समेत कार्कीले बताउनु भयो ।

अहिले सम्म दमकमा आगजानीका घटना भएमा कमल गाउँपालिका, गौरादह नगरपालिका लगायत आसपासका छिमेकी पालिकाहरुबाट दमकलको सहयोग माग्दै आउनु परेको थियो ।यसै सन्दर्भमा दुई दिन अघी दमक नगरपालिकामा दमकल अभावबारेमा उज्यालो खवर र रेडियो किङ एफ एममा समाचार प्रकाशन समेत गरिएको थियो । त्यसपछि नागरीक दवाव बढेका कारण नगरपालिकाले थप दु्रुत गतीमा काम गरेको समेत बुझिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय

११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी,

दमकले ल्यायो १ अर्व ५८ करोडको बजेट

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ

आफ्नो घर सफा, सडक फोहोर  कुकुर पाल्नेहरूको गैरजिम्मेवारी कहिलेसम्म

दमक ,१० असार । शहर र बस्तीमा पछिल्लो समय घरपालुवा कुकुर पाल्नेको संख्या बढ्दो छ। कुकुर पाल्नु राम्रो कुरा हो, तर त्यससँग जोडिएको जिम्मेवारी पनि

दमकको बजेट : कुन क्षेत्रमा कति भयो बिनियोजन?

दमक , १० असार ।दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न क्षेत्रगत कार्यक्रम र योजनामा बजेट बाँडफाँट गरेको छ। यातायात पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा