दमक, २४ कात्तिक । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकमा आक्रमण गर्ने थप दुईजना पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा इलाम चुलाचुली ३ बस्ने २२ वर्षीय नकुल अधिकारी र चुलाचुली ५बस्ने १९ वर्षीय रियाज सिलवाल रहेका छन् । उनीहरुलाई गए राति इलाका प्रहरी कायाएलय दमकबाट खटिएको टोलीले पक्राउ गरेको छ।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा इलका प्रहरी कार्यालय दमकको कार्यालय परिसर तोडफोड र आगजनी गरेको उनीहरु माथि आरोप लागेको छ । योसंगै इलका प्रहरी कार्यालय दमकमा आक्रमण गर्ने ६ जना पक्राउ गरि सकेको प्रहरीले जनाएको छ।









