ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न ‘जेन–जी मुभमेन्ट’को माग

काठमाडौं,२५ कार्तिक । ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न ‘जेन–जी मुभमेन्ट’ले माग गरेको छ । कुलमान समेतको संलग्नतामा भारतको कम्पनी पीटीसी इण्डियासँग ४३ करोड रुपैयाँ बराबर नोक्सान हुनेगरी विद्युत खरिदबिक्री सम्झौता गरेको भन्दै ‘जेन–जी मुभमेन्ट’ले बर्खास्तीको माग गरेको छ ।

 

मुभमेन्टका प्रवक्ता विजय साहले मङगलबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘ऊर्जामन्त्री कुलमान घिसिङलाई तुरुन्त बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्नुपर्छ । प्राधिकरणका प्रवन्ध निर्देशक मनोज सिलवाललाई तत्काल निलम्वन गरी सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत छानबिन थाल्नुपर्छ । विद्युत नियमन आयोगले स्वतन्त्र छानबिन समिति गठन गरी सम्पूर्ण विद्युत सम्झौताहरू सार्वजनिक गर्नुपर्छ ।’

जेन–जी मुभमेन्टले राष्ट्रघाती सम्झौता संलग्नहरूलाई जेल हाल्न र राज्यका सम्पती फिर्ता गराउन कानुनी प्रक्रिया तुरुन्त सुरु गर्न समेत माग गरेको हो । मुभमेन्टको संयोजक रविकिरण हमाल रहेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नागरिकको सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं,१५ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन

वीरगञ्जका निश्चित क्षेत्रमा निषेधाज्ञा जारी

रौतहट,१५ साउन । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका निश्चित क्षेत्रभित्र लगाइएको निषेधाज्ञालाई निरन्तरता दिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयानुसार प्रमुख जिल्ला अधिकारी भोला

मधेस र कोशीमा ड्रोनबाट सुरक्षा निगरानी कडा

काठमाडौं,१५ साउन । गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस प्रदेश र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी थप कडा बनाइएको छ ।

सुकुम्बासी बस्तीका प्रभावित बालबालिकाको पढाइ रोकिँदैनः शिक्षामन्त्री

काठमाडौं,१५ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाउनु भएको

प्रधानमन्त्रीले थाले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल

काठमाडौं ,१५ साउन। प्रधानमन्त्री बालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल सुरु गर्नु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छलफल

धनुषाका विद्यालयहरू ३ दिन बन्द

जनकपुर,१५ साउन । धनुषाका विद्यालयहरू आजदेखि ३ दिनसम्म बन्द भएको छ । हिसान धनुषा, एन–प्यावसन, प्यावसन र एम–प्यावसन धनुषासहित राजर्षी विश्वविद्यालयले सूचना जारी गर्दै साउन