दमक,२६ कार्तिक । झापाको दमकमा अत्यधिक मदिरा सेवनका कारण एक पुरुषको मृत्यु भएको छ। दमक नगरपालिका–७ सयपत्री टोलका ४७ वर्षीय विनोद चौलागाईको अत्यधिक मादक पदार्थ सेवनपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मिति २०८२ साल कात्तिक २५ गते दिउँसो करिब ३ बजे दमक–६ बोका हाउस अगाडि उनी अत्यधिक मापसे गरी लडेका अवस्थामा स्थानीयले फेला पारेका थिए। त्यसपछि उनका भाई योगेन्द्र चौलागाईले उनलाई घर र्पुयाएका थिए। तर अर्काे दिन बिहान करिब साढे ९ बजे बिरामी भएर बिग्रिएपछि उनलाई तत्काल दमक अस्पताल ल्याइएको थियो। अस्पतालका चिकित्सकले जाँच गर्नेबित्तिकै चौलागाईको मृत्यु भइसकेको घोषणा गरेका थिए।
एआइ तस्बीर









