संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो ।
शुक्रबार विहान झापा बिर्तामोडस्थित निवासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताँउनु भएको हो । सर्वोच्च अदालतले संसद पुर्नस्थापनाको मुद्धालाई छिटो छलफलमा लैजानेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिनु भयो । कानुनी, व्यवहारिक र आवश्यकताका हिसावले संसद पुर्नस्थापना हुने सभामुख घिमिरेको भनाई छ ।
छिट्टै सभा सञ्चालन गर्ने परिस्थिति आउने र त्यहाँबाट मात्रै मुलुकलाई निकास दिन सकिने बताँउनु भयो ।
जननिर्वाचित संस्थालाई भंग गरेपछि मुलुक थप संकटमा गएको घिमिरेको भनाई छ । सभामुख घिमिरेले भन्नु भयो– संसद पुर्नस्थापना गरेर अहिलेका समस्याहरु सम्बोधन गर्ने गरी संविधान संशोधन गरेर जान सकिन्छ । जेनजीहरुको माग सम्बोधन गर्ने बाटो पनि यहि हो ।

संविधानका के कस्ता विषयहरु संशोधन गर्नुपर्ने हो, छलफलबाट समाधान खोज्दै अघि बढ्नुपर्ने उहाँको सूझाव छ । वर्तमान सरकारको प्रधानमन्त्री नै संविधानको दृष्टिमा अयोग्य रहेको बताउँदै उनले सरकार नै असंवैधानिक भएको स्पष्ट बनाउनु भयो ।
बिहीवार दिउँसो झापा आएका सभामुख घिमिरेले आफ्नो निर्वाचन क्षेत्रमा भएको विकास आयोजनाहरुको अनुगमन गर्नू भएको छ। गोकुल जोशी मार्ग, हर्कलाल मार्ग लगायतका सडक पूर्वाधार अनुगमन गर्नु भएको छ। जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको बिर्तामोड नगरपालिका, इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला ट्राफिक प्रहरी कार्यालय, नेकपा एमाले, नेपाली कांग्रेस, माओवादीको जिल्ला कार्यालय र यातायात कार्यालयहरु अनुगमन गरेको सचिवालयका हिमाल मैनालीले जानकारी दिनु भयो ।

दुई दिनका लागि झापा आएका सभामुख घिमिरेले भोली बिर्तामोडस्थित देवी माविको भवन शिलान्यास गर्ने कार्यक्रम रहेको छ । यहि बीचमा शोकाकुल परिवारमा समवेदना व्यक्त गर्न जाने मैनालीले जानकारी दिनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘सरकारको इच्छा कानुन हुन सक्दैन, परिणाम चाहिन्छ’ : गगन थापा

काठमाडौं ,१४ कार्तीक। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने

दमकमा साढे चार लाख रुपैयाँ बराबरको भारतीय सयपत्री फूल जफत

दमक, १४ कात्तिक । झापाको दमकमा अवैध रूपमा भित्र्याएर भण्डारण गरिएको भारतीय सयपत्री फूल जफत गरिएको छ। दमक नगरपालिका–४ स्थित शान्ति कोल्ड स्टोरमा भण्डारण गरेर

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय