एमालेले आज झापामा २० हजार कार्यकर्ता उतार्दै

राष्ट्रिय एकता, समृद्धि र राष्ट्र निर्माणका विषयमा जनचेतना फैलाउने उद्धेश्य

दमक, २९ कार्तिक । झापाको बिर्तामोडमा आज एमालेले २० हजार कार्यकर्ता उतार्ने तयारी गरेको छ ।

१ सय ३१ वटा वार्ड रहेको जिल्लामा सबै वार्डबाट कम्तिमा एक गाडी र अधिकतम जती सकिन्छ त्यती कार्यकर्ता उतार्ने गरी सर्कुलर भएको र सबैतिरबाट आउने गरीको विवरण समेत प्राप्त भइसकेको एमाले झापाले जनाएको छ ।

एमाले झापाका सविच तुलसी कार्कीका अनुसार २० हजारा कार्यकर्ता एकै ठाउँ भेला भएर संसद पूःनस्र्थापनाको माग राख्ने र नेपालको राजनीतिमा भएको प्रतिक्रान्ति र संसदको असंवैधानिक विघटनविरुद्ध जनतालाई सचेत गराउने छ ।

राष्ट्रिय एकता, समृद्धि र राष्ट्र निर्माणका विषयमा जनचेतना फैलाउने उद्धेश्यले जागरणसभा नाम दिइएको यो कार्यक्रमलाई नेकपा एमालेकी केन्द्रिय सचीव पद्मा अर्यालले संवोधन गर्ने र अन्य यूवा नेताहरुले यूवाको आवश्यकता र आवाजबारेमा बोल्ने नेकपा एमालेका केन्द्रिय सदस्य तथा झापा इन्चार्ज रोमनाथ ओलीले बताउनु भयो ।

मध्यान्न १२ बजे देखी सुरु हुने गरि जागरण सभामा पार्टि, सबै जनवर्गीय संगठनका नेता तथा कार्यकता एवं एमालेको अभियानमा साथ दिने नागरिकको उपस्थिती रहेने जनाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कप्तानगन्ज घटनाका विषयमा सर्वदलीय बैठक जारी

विराटनगर,११ साउन। सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगन्ज गाउँपालिका ३‚ कप्तानगन्जमा गएराति भएको घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा अहिले सर्वदलीय बैठक बसिरहेको छ। बैठक जारी रहेको

कम्बोडियाको स्क्यामिङ जालोमा नेपाली, लोभमा परेर नजान आग्रह

काठमान्डौं ,११ साउन ।दक्षिणपूर्वी एसियाका देशमा सञ्चालन भइरहेका अवैध अनलाइन ‘स्क्यामिङ’ सेन्टरमा नेपाली जाने क्रम नरोकिएपछि परराष्ट्र मन्त्रालयले गम्भीर चासो व्यक्त गरेको छ। कम्बोडिया, म्यानमार,

त्रिवि एमबीएस प्रश्नपत्र लिक प्रकरण , ३३ वर्षीय सिंह पक्राउ

काठमान्डौं ,११ साउन । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक प्रकरणमा नयाँ खुलासा भएको छ। प्रहरी अनुसन्धानका क्रममा प्रश्नपत्र लिक गर्ने व्यक्ति

खानी विधेयकले पायो गति

काठमाठौं ,११ साउन। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ‘खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’लाई अन्तिम रूप दिने

बोलबम यात्राका क्रममा दुई पक्षीय झडप : सुनसरीका ५ क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी, ११ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज (नयाँ हटिया) क्षेत्रमा दुई समुदायबीच हिंसात्मक झडप भएपछि स्थिति तनावग्रस्त बनेको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको

प्रतिबन्धित वस्तुहरूको बिक्री वितरण नगर्न सरकार विभागको चेतावनी

काठमाडौं,११ साउन । नेपाल सरकार, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वैधानिक रूपमा प्रतिबन्ध लगाइएका वस्तुहरूको बिक्री वितरण नगर्न कडा चेतावनी दिएको छ । विभागले