भद्रपुर, ३० कात्तिक । झापाको भद्रपुरमा कुर्सीबाट लडेर एकजना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हिजो शनिबार साँझ सवा ५ बजे भद्रपुर २ गौरीशंकर बस्ने धु्रव राईका छोरा वर्ष ६ का आयन राई आफ्नै घरको आँगनमा खेल्ने क्रममा कुर्सीबाट लडेर अचेत अवस्था भएको थियो। उनका बुबाले देखेर तत्काल उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुरमा ल्याई चिकित्सकले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।
बालकको भवितब्यले मृत्यु भएको भन्दै मृतकका बुवाले पोस्टमार्टम गर्न नदिई आवश्यक समन्वय गरी शव बुझेर लगेको प्रहरीले बताएको छ ।









