जंगली हात्तीको बथान प्रवेश गरेपछि झापाका बिभिन्न क्षेत्रका स्थानीय त्रासमा

पूर्व –पश्चिम राजमार्ग उत्तरका क्षेत्रमा आतंक मच्चाएपछि सरक्षित रहन जिल्ला बन कार्यलयको आग्रह

झापा,३० कार्तिक । जंगली हात्तीको बथान झापा जिल्लामा प्रवेश गरेपछि स्थानीय बासिन्दामा त्रास फैलि रहेको छ । मोरङको जंगलबाट आएका करिब २५ देखि ३० वटा बच्चा सहितका हात्तीको बथानले पूर्व –पश्चिम राजमार्ग उत्तरका क्षेत्रमा आतंक मच्चाएपछि डिभिजन वन कार्यालय, झापाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको जनाएको छ ।

वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार, यो बथान आइतबार शिवसताक्षीधाम स्थित रतुवामाई वृक्षारोपण वन क्षेत्रमा देखिएको हो । हात्तीहरू दिनभर जंगलमा बस्ने र राति आहाराको खोजीमा गाउँ पस्ने गरेकाले जनधनको क्षति हुन सक्ने भन्दै कार्यालयले रातको समयमा विशेष सावधानी अपनाउन अनुरोध गरेको जनाएको छ ।

डेढ वर्षअघि बाहुनडाँगीको प्रसादगौँडा हुँदै नेपाल प्रवेश गरेको ५०–६० हात्तीको बथान मध्ये केही भारत फर्किए पनि बाँकी हात्ती मोरङ र सुनसरीका जंगलमा बस्दै आएका हुन्। अहिले झापा प्रवेश गरेको बथान तिनैमध्येको भएको र भारत फर्कने क्रममा यहाँ आइपुगेको अनुमान गरिएको हो ।

वन कार्यालयले हात्तीको गतिविधि निगरानी गरिरहेको र तिनीहरूको मार्ग पहिचान गरी सोही क्षेत्रमा सुरक्षा गस्ती केन्द्रित गरेको बताएको छ । प्रमुख श्रेष्ठका अनुसार, यो बथान आगामी एकदुई दिनभित्र बाहुनडाँगीको प्रसादगौँडा हुँदै भारत फर्कने अनुमान गरिएको हो । त्यो अवधिसम्म स्थानीयवासीलाई रातको समयमा एक्लै हिँडडुल नगर्न र हात्तीसँग जम्काभेट भएमा उत्तेजित नपार्न आग्रह गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘सरकारको इच्छा कानुन हुन सक्दैन, परिणाम चाहिन्छ’ : गगन थापा

काठमाडौं ,१४ कार्तीक। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने

दमकमा साढे चार लाख रुपैयाँ बराबरको भारतीय सयपत्री फूल जफत

दमक, १४ कात्तिक । झापाको दमकमा अवैध रूपमा भित्र्याएर भण्डारण गरिएको भारतीय सयपत्री फूल जफत गरिएको छ। दमक नगरपालिका–४ स्थित शान्ति कोल्ड स्टोरमा भण्डारण गरेर

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय