प्रतिनिधि सभा विघटनविरुद्ध कानुनी लडाईं र सडक संघर्ष गर्ने ओलीको घोषणा

काठमाडौँ,२ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले दुई प्रकारका कदम चाल्ने घोषणा गर्नु भएको छ।
मंगलबार विघटित एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कानुनी लडाई र सडक सङ्घर्ष गर्ने घोषणा गर्नु भएको हो।

‘एउटा कानुनी लडाई लड्छौ, दोस्रो सडक सङ्घर्ष गर्छौ’, अध्यक्ष ओलीले भन्नु भयो,एमालेले गर्ने सङ्घर्ष आगजनी र तोडफोड गर्ने नभई संवैधानिक,शान्तिपूर्ण र जनताको जीउधनको रक्षा गर्ने हुनेछ ।’ अध्यक्ष ओलीले अहिलेको असंवैधानिक सरकार हट्नुपर्ने र त्यसमा कुनै मुलाहिजा नहुने बताउनु भयो । उहाँले भदौ २३ र २४ को आन्दोलन देशलाई अन्धकारतर्फ धकेल्ने प्रारम्भ विन्दुका रूपका रहेको बताउनु भयो ।

‘देशलाई अन्धकारतर्फ धकेल्ने प्रारम्भ विन्दु बनाइएको छ । यो हाम्रा लागि सैह, स्वीकार्य र मान्य हुनेछैन’, ओलीले भन्नु भयो, ‘यस्ता कुरामा पनि चुप लागेर बस्ने ? देशद्रोही विरुद्धका काममा पनि चुप लागेर बस्छौ भने राजनीतिक पार्टीको अस्तित्व के ? यति पनि हामी बोल्न सक्दैनौ, संविधान र लोकतन्त्रका पक्षमा उभिन सक्दैनौ भने त्यो पार्टी किन खोलेको भन्ने प्रश्न उठ्दैन ? यसर्थ हामीले दुई वटै प्रकारका कदमहरू लिन्छौ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले पार्टीले पुनस्र्थापनाका लागि निर्णय गरिसकेको भन्दै अहिलेको सरकार अस्वीकार गर्दै कानुन उपचार खोज्ने बताउनु भएको छ ।

‘न्याय संविधानको नजरमा । यसको संवैधानिक परीक्षण हुनुपर्छ भन्ने हामी ठान्दछौ । पुनस्र्थापनाबाहेक अर्को फैसला आउने संवैधानिक बाटो नै छैन’, ओलीले भन्नु भयो,‘मैले पनि धेरै पटक संविधान पल्टाएर र हेरेँ । यो पूर्ण रूपमा असंवैधानिक छ ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नागरिकको सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं,१५ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन

वीरगञ्जका निश्चित क्षेत्रमा निषेधाज्ञा जारी

रौतहट,१५ साउन । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका निश्चित क्षेत्रभित्र लगाइएको निषेधाज्ञालाई निरन्तरता दिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयानुसार प्रमुख जिल्ला अधिकारी भोला

मधेस र कोशीमा ड्रोनबाट सुरक्षा निगरानी कडा

काठमाडौं,१५ साउन । गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस प्रदेश र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी थप कडा बनाइएको छ ।

सुकुम्बासी बस्तीका प्रभावित बालबालिकाको पढाइ रोकिँदैनः शिक्षामन्त्री

काठमाडौं,१५ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाउनु भएको

प्रधानमन्त्रीले थाले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल

काठमाडौं ,१५ साउन। प्रधानमन्त्री बालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल सुरु गर्नु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छलफल

धनुषाका विद्यालयहरू ३ दिन बन्द

जनकपुर,१५ साउन । धनुषाका विद्यालयहरू आजदेखि ३ दिनसम्म बन्द भएको छ । हिसान धनुषा, एन–प्यावसन, प्यावसन र एम–प्यावसन धनुषासहित राजर्षी विश्वविद्यालयले सूचना जारी गर्दै साउन