एमाले महासचिव पाेखरेल र नेता वस्नेतलाई सिमरा विमानस्थलमा अवराेध

काठमाडौं,३ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेत बारा जान खोज्दा सिमरा विमानस्थलमा तनाव भएको स्रोतले जनाएको छ। एमालेको कार्यक्रममा सहभागी हुन बारा पुग्ने थाहा पाएपछि त्यहाँस्थित एउटा समूहले जेन–जीका नाममा तोडफो र प्रदर्शन गरेको छ। जेन–जीका नाममा उत्रिएको यो समूहले एमालेको कार्यक्रम बिथोल्ने गरी विमानस्थलमै प्रदर्शन गरेको छ। विमानस्थलमा खटिएको प्रहरी र जेन–जीका नाममा उत्रिएको उक्त समूहबीच झडपसमेत भएको प्रहरीले जनाएको छ ।

सिमरा विमानस्थलमा तनाव भएपछि काठमाडौंबाट उड्न लागेको बुद्ध एयरको जहाज नै रोकिएको छ । बस्नेत र पोखरेल सवार भएर सिमरा जान लागेको जहाज काठमाडौंमै रोकेर यात्रुलाई प्रतिक्षालयति लगिएको बस्नेत र पोखरेल बारामा बुधबार आयोजना हुने प्रदेशस्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागी हुन जान लाग्नु भएको थियो । तर बस्नेत बारा पुग्ने थाहा भएपछि सिमरा विमानस्थलमा जेन–जीका नाममा घेराउ भएको हो। अहिले विमानस्थलमा सुरक्षा कडा पारिएको छ। त्यहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ठूलो टोली तैनाथ गरिएको प्रहरीले जनाएको छ।

बस्नेतसहितलाई स्वागतका लागि विमानस्थल आगमन कक्षमा पूर्वमन्त्री तथा एमाले नेता किसान श्रेष्ठ, ज्वालाकुमारी साह, अच्युत मैनाली लगायतका नेताहरू उपस्थित हुनु भएको थियो । जेन–जीका नाममा एउटा समूहले बस्नेतको आगमनको सूचना पाएलगत्तै सामाजिक सञ्जालमार्फत् विरोध कार्यक्रम घोषणा गरेको थियो । उनीहरूको विरोधका कारण एमालेको कार्यक्रमलाई पनि असर पर्ने देखिएको स्रोतले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नागरिकको सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं,१५ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन

वीरगञ्जका निश्चित क्षेत्रमा निषेधाज्ञा जारी

रौतहट,१५ साउन । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका निश्चित क्षेत्रभित्र लगाइएको निषेधाज्ञालाई निरन्तरता दिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयानुसार प्रमुख जिल्ला अधिकारी भोला

मधेस र कोशीमा ड्रोनबाट सुरक्षा निगरानी कडा

काठमाडौं,१५ साउन । गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस प्रदेश र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी थप कडा बनाइएको छ ।

सुकुम्बासी बस्तीका प्रभावित बालबालिकाको पढाइ रोकिँदैनः शिक्षामन्त्री

काठमाडौं,१५ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाउनु भएको

प्रधानमन्त्रीले थाले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल

काठमाडौं ,१५ साउन। प्रधानमन्त्री बालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल सुरु गर्नु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छलफल

धनुषाका विद्यालयहरू ३ दिन बन्द

जनकपुर,१५ साउन । धनुषाका विद्यालयहरू आजदेखि ३ दिनसम्म बन्द भएको छ । हिसान धनुषा, एन–प्यावसन, प्यावसन र एम–प्यावसन धनुषासहित राजर्षी विश्वविद्यालयले सूचना जारी गर्दै साउन