दमक, ३ मंसिर । पितृको सद्गतिको कामना गर्दै देशभरका शिवालयमा शतबीज छरिएको छ। मंगलबार रातभर दीपदान गरी बसेका भक्तजनले आज बुधबार बिहानै पितृको सम्झनामा शतबीज छरेका हुन्। यसै सन्दर्भमा झापाको शिवसताक्षी स्थित सताक्षीधामको अवस्था र त्यहाँ पुगेको भक्तजनको भनाई के छ ?
सताक्षीधाम । महत्वपूर्ण शिवालय हो । यहाँ झापा सहित आसपासका भक्तजनहरुको बुधबार बिहानै देखि भीड थियो । कतिपय त रातभर जाग्रम बसेर सद बिज छरेर फर्कने क्रममा पनि देखिनथ्यो।
बुधबार यहाँ आउने भक्तजनहरुको हातमा एउटा सानो झोला हुन्थ्यो । झोलाबाट धान, जौ, गहुँ र कागुनुजस्ता अन्नसहित केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि मौसमी फल र विभिन्न किसिमका फूल मिसाइएको सदबिज सबैले छरीरहनु भएको थियो ।
अघिल्लो साँझ (त्रयोदशीको) विधिपूर्वक संकल्प गरी दीप बाली रातभर जाग्राम बस्ने र भोलिपल्ट नदिमा बत्ती बगाउने परम्परा छ। यसपछि स्नान गरी शतबीज छर्ने परम्परा छ। राति यहाँ नबसे पनि घरमै विधिपूर्वक बसेर बिहान शतबीज छर्न आउने श्रद्धालु पनि हुन्छन्। मोरङको अमरदहबाट आएको सुवेदी परिवार सताक्षीधाममा भेटियो । पितृको उद्धार हुने, पितृले आज रोपेको अन्नबाट वर्ष दिन सम्म खान पाउने विस्वासले सताक्षी धाममै आएर सदविज छरेको सुवेदी परिवारको प्रतिकृया छ ।
झापाको कन्काई नगरपालिका वार्ड ३ सुरुङ्गाबाट सदविज छर्न सताक्षी धाम आउनु भएका डिल्लीराम सिवाकोटी भन्नु हुन्छ आज सदबिज छर्यो भने पितृले पाउनुहुने छ र उहाँहरुको मोक्षकालगी पनि सदविज छर्न यस ठाउँमा आएको हौ ।
मोरङको मधुमल्लाबाट आउनु भएकी पवित्रा थापा हरेक वर्ष सताक्षी धाममै आएर सदबिज छर्ने गर्नुहुन्छ । आफुले जान्दा देखी सदविज छरेको र यसबाट पितृले अन्न प्राप्ती गर्ने विस्वास उहाँमा छ ।
यद्यपी बालाचतुर्दशी लाई मानव जस्ीवनको मौलिक पर्व मान्दै वैश्विक पर्व बनाएर पृथ्बी, प्रकृति र मानवजीवनका बीच तादात्म्य र अन्योन्याश्रित सम्बन्धको अविच्छिन्न परम्परालाई जीवन्त राख्दै संसारलाई बिजविज्ञानको दर्शन प्रवाह गर्नु समेत रहेको यसका व्याख्या गर्नेहरुले बताउनु भएको छ ।









