दमक, ३ मंसिर । कोशी प्रदेश सरकारको योजना आयोगको उपाध्यक्षमा विराटनगरका तारानाथ निरौला नियुक्त हुनु भएको छ । बुधबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले उहाँलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघिका उपाध्यक्ष डा. राजेन्द्र अधिकारीले गत कार्तिक २० गतेदेखि लागू हुनेगरि दिनुभएको राजीनामा स्वीकृत गर्दै आज बसेको बैठकले निरौलालाई नियुक्त गर्ने निर्णय गरेको कोशी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरीक मामीला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले जानकारी दिनुभयो । निरौला बैंकिङ क्षेत्र तथा स्थानीय तहको अनुभवी व्यक्तिको रूपमा चिनिन्छन् । साथै कोशी प्रदेश सरकारले अन्य बिभिन्न विषयमा समेत निर्णय गरेको प्रवक्ता भण्डारीले जानकारी दिनुभएको छ ।

नातीको नाममा अक्षय कोष स्थापना
दमक । १९ बैशाख । दमक ६ निवासी ऐश्वर्य तिम्सिनाले आफ्नो नातीको नाममा अक्षय कोष स्थापना गर्नु भएको छ । दमक ९ मा रहेको








