मेचीनगर नगरपालिका–७ स्थित इटाभट्टाकी एक महिला बेपत्ता

झापा,३ मंसिर ।झापाको मेचीनगर नगरपालिका–७ स्थित इटाभट्टाकी एक महिला करिब १० दिन अघिदेखि बेपत्ता भएको प्रहरीले जनाएको छ । बिर्तामोड नगरपालिका–३ बिर्ताबजारस्थित डोमालाल रंगाशाला छेउ माइती घर भएकी ३२ वर्षीया बिमला राजवंशी इटाभट्टास्थित घरबाट गत कार्तिक २२ गते शनिवारदेखि वेपत्ता भएकी थिन् ।

बिमलाका श्रीमान ३३ बर्षीय सुवोध राजवंशी हाल वैदेशिक रोजगारको सिलसिलामा दुबईमा रहेका बिमलाका बुबा भीमबहादुर राजवंशीले जानकारी दिनु भयो । उहाँका अनुसार ज्वाई करिव २ बर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका हुन् ।

बिमला र सुवोधका १५ बर्षीया छोरी हर्षिका र १० बर्षीय छोरा मनिष रहेका छन् । गत कार्तिक २२ गते शनिवारका दिन बिहान ८ बजे ब्यूटीपार्लर जान्छु भनेर हिडेकी बिमला सम्पर्कमा नआएपछि खोजी गरिदिन इलाका प्रहरी कार्यालय काँकरभिट्टामा निवेदन दिएको बिमलाका बुबा भीमबहादुरले जानकारी दिनु भयो । यसैगरी छोरी खोजी गरिदिन माइती नेपाल काँकरभिट्टामा पनि छोरीको फोटो दिएर जानकारी गराएको उहाँको भनाई छ ।

हाल बिमलालाई घर र माइती पक्षले खोजीगरिरहेका छन् । माइती पक्षका अनुसार स्थानीय एक युवाको साथमा हिडेको हुन सक्ने अनुमान गरिएको छ । बिमलाकी आमा ललीता राजवंशीले छोरी हराएदेखि खाना खान छोडनु भएको छ। उहाँ रातभर निद्रा नलाग्ने गरेको बताउछिन् । ‘नातीनातिनाले आमा खोजिरहेका छन्’ ललीताले रुदै भन्न्ु भयो,‘छोरी तिमी जहाँ भएपनि जस्तो अवस्थामा भएपनि घर फर्क ।’ उहाँले विमलालाई घर फर्कन आग्रह गर्दै अर्केसँग गएको भएपनि उहाँले चाहे जस्तो गरिदिने बताउनु भयो। प्रहरीले मोवाइल फोनको लोकेशन हेर्दा भारतको अरुणाञ्चलस्थित पासीघाटको देखाउने गरेको माइती पक्षले जानकारी दिएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘सरकारको इच्छा कानुन हुन सक्दैन, परिणाम चाहिन्छ’ : गगन थापा

काठमाडौं ,१४ कार्तीक। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने

दमकमा साढे चार लाख रुपैयाँ बराबरको भारतीय सयपत्री फूल जफत

दमक, १४ कात्तिक । झापाको दमकमा अवैध रूपमा भित्र्याएर भण्डारण गरिएको भारतीय सयपत्री फूल जफत गरिएको छ। दमक नगरपालिका–४ स्थित शान्ति कोल्ड स्टोरमा भण्डारण गरेर

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय