प्याब्सन पथरी शनिश्चरेद्वारा नगरस्तरीय लोकनृत्य प्रतियोगिता

झापा, ६ मंसिर । मङ्सिर -५ गतेनिजी तथा आवासीय विद्यालय अर्गनाइजेसन,नेपाल नगर कार्य समिति पथरी शनिश्चरेको आयोजनामा नगरस्तरीय प्याव्सन लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ।

शुक्रबार पथरी शनिश्चरे वडा नं १ को भू. पू. सैनिक अंग्रेजी विद्यालयमा आयोजित उक्त प्रतियोगितामा सम्पन्न भएको हो। पथरी शनिश्चरे नगरभित्रका ११ जुनियरतर्फ र ६ वटा सिनियरतर्फ निजी तथा आवासीय विद्यालयहरूको सहभागिता रहेको थियो। जसमा, जुनियर तर्फबाट प्रतियोगिताको प्रथम विजेता एभरेष्ट ईंग्लिस बोर्डिङ स्कुल, फस्ट रनरअप मोरङ मेरीगाेल्ड ईंङ्लिस बाेडिङ्ग स्कुल र सेकेन्ड रनरअप अरुणोदय ईंङ्लिस स्कुल विजय हासिल गरेका थिए भने सिनियर तर्फबाट प्रथम विजेता मोरङ मेरीगोल्ड ईङ्लिस बाेडिङ्ग स्कुल, फस्ट रनरअप अंक बराबर भएर एभरेस्ट ईङ्लिस बोडिङ्ग स्कुल र रेडस्टार ईङ्लिस बोडिङ्ग स्कुल छनोट विजय हासिल गरेका हुन्। उक्त प्रतियोगिताका विजयी विद्यालयले आगामी मंसिर १३ गते हुने जिल्ला स्तरीय लोकनृत्य प्रतियोगितामा भाग लिन छनौट भएको आयोजकले जनाएको छ।

उक्त अवसरमा विभिन्न लोक संस्कृति झल्किने विभिन्न जातजाति तथा समुदायका मौलिक नृत्यहरू प्रस्तुत गरेका थिए। प्याव्सन नगर कमिटी अध्यक्ष सन्तोष बस्नेतको अध्यक्षतामा सम्पन्न भएको सो उक्त प्रतियोगितामा पथरी शनिश्चरे नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नवीन बुढाथोकी खुलाल , लगायतका विभिन्न अतिथिहरू उपस्थिति थिए।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘सरकारको इच्छा कानुन हुन सक्दैन, परिणाम चाहिन्छ’ : गगन थापा

काठमाडौं ,१४ कार्तीक। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने

दमकमा साढे चार लाख रुपैयाँ बराबरको भारतीय सयपत्री फूल जफत

दमक, १४ कात्तिक । झापाको दमकमा अवैध रूपमा भित्र्याएर भण्डारण गरिएको भारतीय सयपत्री फूल जफत गरिएको छ। दमक नगरपालिका–४ स्थित शान्ति कोल्ड स्टोरमा भण्डारण गरेर

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय