प्याब्सन पथरी शनिश्चरेद्वारा नगरस्तरीय लोकनृत्य प्रतियोगिता

झापा, ६ मंसिर । मङ्सिर -५ गतेनिजी तथा आवासीय विद्यालय अर्गनाइजेसन,नेपाल नगर कार्य समिति पथरी शनिश्चरेको आयोजनामा नगरस्तरीय प्याव्सन लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ।

शुक्रबार पथरी शनिश्चरे वडा नं १ को भू. पू. सैनिक अंग्रेजी विद्यालयमा आयोजित उक्त प्रतियोगितामा सम्पन्न भएको हो। पथरी शनिश्चरे नगरभित्रका ११ जुनियरतर्फ र ६ वटा सिनियरतर्फ निजी तथा आवासीय विद्यालयहरूको सहभागिता रहेको थियो। जसमा, जुनियर तर्फबाट प्रतियोगिताको प्रथम विजेता एभरेष्ट ईंग्लिस बोर्डिङ स्कुल, फस्ट रनरअप मोरङ मेरीगाेल्ड ईंङ्लिस बाेडिङ्ग स्कुल र सेकेन्ड रनरअप अरुणोदय ईंङ्लिस स्कुल विजय हासिल गरेका थिए भने सिनियर तर्फबाट प्रथम विजेता मोरङ मेरीगोल्ड ईङ्लिस बाेडिङ्ग स्कुल, फस्ट रनरअप अंक बराबर भएर एभरेस्ट ईङ्लिस बोडिङ्ग स्कुल र रेडस्टार ईङ्लिस बोडिङ्ग स्कुल छनोट विजय हासिल गरेका हुन्। उक्त प्रतियोगिताका विजयी विद्यालयले आगामी मंसिर १३ गते हुने जिल्ला स्तरीय लोकनृत्य प्रतियोगितामा भाग लिन छनौट भएको आयोजकले जनाएको छ।

उक्त अवसरमा विभिन्न लोक संस्कृति झल्किने विभिन्न जातजाति तथा समुदायका मौलिक नृत्यहरू प्रस्तुत गरेका थिए। प्याव्सन नगर कमिटी अध्यक्ष सन्तोष बस्नेतको अध्यक्षतामा सम्पन्न भएको सो उक्त प्रतियोगितामा पथरी शनिश्चरे नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नवीन बुढाथोकी खुलाल , लगायतका विभिन्न अतिथिहरू उपस्थिति थिए।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभामुखद्वारा संसद् बैठक आह्वान : महाविपद बारे ६ दलका नेताले धारणा राख्ने

काठमाडौं ,१६ भदौ । सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठक आव्हान गर्नु भएको छ। आज प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि अनिश्चितकालका लागि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक

दैवी प्रकोप उद्धार कोषमा कर्णाली सरकारकोे दुई करोड सहयोग

सुर्खेत ,१६ भदौ । कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, पुनस्र्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

बालबालिकाको गोपनीयता जोगाउन बाढी प्रभावितको फोटो,भिडियो पोस्ट नगर्न आग्रह

काठमाडौं ,१६ भदौ। राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी आएको विनाशकारी बाढीबाट पीडित तथा प्रभावित बालबालिकाको फोटो तथा भिडियो सामाजिक सञ्जाल र सञ्चार माध्यममा पोस्ट नगर्न

बाढी प्रभावित क्षेत्रमा हवाई र जमिनी उद्धार तीव्र : टनेलमा खोजी जारी

काठमाडौं , १६ भदौ । रसुवा, नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्वका बाढी प्रभावित क्षेत्रमा हवाई तथा जमिनी खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ

त्रिभुवन विश्वविद्यालयको रेक्टरमा सिंह नियुक्त

काठमान्डै,१६ भदौ । त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्रा।डा अन्जना सिंह नियुक्त हुनुभएको छ । त्रिवि उपकुलपति प्रा।डा। भोला थापाको सिफारिसमा कुलपति तथा प्रधानमन्त्री बालेन शाहले मंगलबार

भोटेकोशी बाढी, ९८७ जनाको शव फेला, ११ हजार ८१४ जनाको उद्धार

काठमाडौं,१६ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट विभिन्न जिल्लामा पुगेको क्षतिका कारण हालसम्म ९८७ जनाको मानवीय क्षति भएको छ । राष्ट्रिय विपद्