‘समाज चिन्न र नेतृत्व गर्न सिकाउने मञ्च नै जेसीज हो’ : थापा

दमक, ७ मंसिर । दमक जेसिसदारा मंसिर १ गतेदेखी सुरु गरिएको जेसिज सप्ताहको मंसिर ५ गते एक कार्यक्रमको आयोजना गरि समापन गरिएको छ । जेसिज सप्ताह चलिरहँदा दमक जेसिसले विभिन्न विद्यालय र स्थानमा विभिन्न सामाजिक कार्यहरु गरेको थियो । जस अन्तर्गत विभिन्न विषयमा सचेतना मूलक कार्यक्रम, तालिम , अभिमुखीकरण कार्यक्रमहरु समावेश रहेका थिए ।

जेसिज सप्ताह कार्यक्रमको समापन दमक ७ मा रहेको उद्योग वाणिज्य संघ दमकमा सम्पन्न भएको हो । सो अवसरमा बोल्दै दमकन नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले जेसिसलाई समाज सँग जोड्न जेसिसले गरेको प्रयास सकरात्मक रहेको भन्दै प्रशषां गर्नु भयो । उहाँले भन्नु भयो ‘यूवा नेतृत्व र यूवाहरुहरुलाई सामाजीक काममा प्रेरणा जगाउने काममा जेसीजले महत्वपूर्ण योगदान गरीरहेको छ । जसको चर्चा देश देखी विदेश सम्म पनि हुने गरेको छ । ’

कार्यक्रममा बोल्दै जेसीजकी राष्ट्रिय अध्यक्ष तथा जेसीजकी अन्तराष्ट्रिय उपाध्यक्ष समेत रहनु भएकी रजनी थापा समापन कार्यक्रमको प्रमुख आकर्षक रहनु भएको थियो । उहाँको नेतृत्व र उहाँबाट प्राप्त हुने निर्देशन र अनुभव सुन्न दमकका यूवाहरु आतुर देखिनु भएको थियो । सो अवसरमा उहाँले भन्नुभयो ‘समाजमा भीज्न, आफ्नो व्यापार बुझ्न , नेतृत्व गर्न जेसीजले सिकाएको र आज जेसीजकै कारण कयौ यूवाहरु देशकै प्रमुख नेतृत्वतहमा पुग्नु भएकोले यसलाई निष्पक्ष रुपमा सहि सदुपयोग गर्न गर्नुपर्छ । ’

जेसिस सप्ताह २०२५को जेसिस सप्ताहमा भएका हरेक कार्यक्रमको बारेमा सुनाउँदै यसले दमकमा नयाँ छाप छोड्ने र समाज रुपान्तणमा एउटा महत्वपूर्ण योगदान बन्ने गरीका कामहरु गरिरहेको दमक जेसीजका अध्यक्ष सहदेव भट्टराईले समापन कार्यक्रमका क्रममा जानकारी गराउनु भयो ।

दमक जेसीजले यो वर्षको जेसीज सप्ताहामा पानीको फिल्टर वितरण गर्ने, जेन जी आन्दोलनको असर, प्रभाव र अवको दीशाका बारेमा अन्तकृया, मानसीक रोगको सचेतना, स्वास्थ्य शिविर, शैक्षीक सामाग्री वितरण, छात्रबृद्धि अस्पताल लगायत काम गरेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘सरकारको इच्छा कानुन हुन सक्दैन, परिणाम चाहिन्छ’ : गगन थापा

काठमाडौं ,१४ कार्तीक। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने

दमकमा साढे चार लाख रुपैयाँ बराबरको भारतीय सयपत्री फूल जफत

दमक, १४ कात्तिक । झापाको दमकमा अवैध रूपमा भित्र्याएर भण्डारण गरिएको भारतीय सयपत्री फूल जफत गरिएको छ। दमक नगरपालिका–४ स्थित शान्ति कोल्ड स्टोरमा भण्डारण गरेर

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय