दमक, ७ मंसिर । दमकमा विगत केही महिनादेखि धरानका नगर प्रमुख हर्क साम्पाङ समर्थक तथा श्रम संस्कृति पार्टीका समर्थकहरू निरन्तर श्रमदान मार्फत सफाईको काम गरिरहेका छन् । खासगरी शनिबारका दिन बिहानको समयमा यो समूह बाहिर निस्कन्छ र कुनै एक ठाउँ सार्बजनिक स्थानमा गएर सरसफाइको काम गर्दै आएको छ ।
सरसफाई गर्ने क्रममा शनिबार दमक ५ स्थित यलम्बर चोक देखि सगरमाथा पेट्रोल पम्पसम्म श्रमदान गरियो । तर सरसफाइ यहाँ कुचो बोकेर बडारे जस्तो मात्र गर्ने भएन । पुर्ण रुपमा सफाई गरेर मात्र यहाबाट निस्कने गरिएको छ । सबैले करिव एउटै पहिरन लगाएर पहिचान पनि झल्काईएको छ । देश बनाउने हो भने हप्तामा एक दिन मात्र भएपनी माटो छोएर श्रम गर्न पर्छ भन्ने सोच राख्न पर्ने यसका अभियान्ताहरु बताउछन । यहि सरसफाइ गर्न सहभागी हुन आउनु भएकी सीता मुर्मु राई भन्नुहुन्छ “ हामीलाई दमक बनाउन मन छ । त्यो भन्दा अघि दमक सफा छ भन्ने बनाउनु छ । यसमा हामी स्थानीयबासीको समर्थन र सहयोगमा अभियान चलाईरहेका छौ ।“
श्रम संस्कृती पार्टी स्वतन्त्र एकल पार्टी भएका कारण यस श्रमदान अभियानमा जो कोही पनि आएर श्रमदान गर्न सक्ने भएकाले आफ्नो समुदायको सरसफाईमा भने सबै स्थानीयहरु पनि जोडिनुपर्ने कुरा राख्नुहुन्छ अर्की श्रमदाता बालकृष्ण गुरुङ ।
श्रम गरेर देश बनाऊ भन्ने उद्धेश्य बोकेको यो पार्टीले श्रमदान गरी देश विकास गर्न बिना कुनै बजेट नै मद्धत्त पुर्यारहेको बताउनुहुन्छ श्रम संस्कृती दमक नगरकी अध्यक्ष पूजा लक्ष्मी गुरुङ ।
बिना कुनै बजेट पनि देश विकास गर्न सकिन्छ भन्ने कूराको उदाहरण यो अभियान बनेको छ ।









