लैङ्गिक हिंसाविरूद्धकाे दिवस : यी एजेन्डा उठाउन छलफल

दमक, ८ मंसिर । हरेक वर्ष जस्तै यस वर्ष पनि नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान मनाउने भइएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले साझा प्रतिबद्धता र ऐक्यबद्धता जनाउँदै सबै निकायलाई अभियान सञ्चालन गर्न भन्दै परिपत्र भएपछि दमक नगरपापलिकाले पनि यसको तयारी गरेको हो । केके छ त तयारी ?

दमक नगरपालिकाको ब्लक ए को भवन । यसको पहिलो तलामा रहेको बैठक कक्ष । बैठक कक्षमा सोमबार दिउँसो दमकका बिभिन्न क्षेत्रमा काम गरिरहेका महिला नेतृहरुको सहभागीता थियो । सबैमा एक प्रकारका जोश र जागर थियो । सरकारले लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान चलाउन भनेर गरेको परिपत्रलाई कार्यान्वायन गर्न सबैजना प्रतिवद्ध देखिन्थे । १६ दिन भीत्र कुनै न कुनै कार्यक्रम गरेर यो अभियनलाई सम्पन्न गर्न सबैले प्रतिवद्धता पनि जनाएका थीए । अभियानअन्तर्गत यस वर्षको अन्तरराष्ट्रिय नारा ‘सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गर्न जुटौँ’ र राष्ट्रिय नारा ‘प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ’ भनेर तय गरिएको छ । अभियानको मुख्य उद्देश्य लैङ्गिक हिंसाविरुद्ध जनचेतना फैलाउने र प्रविधिको सही प्रयोगमार्फत हिंसा रोक्ने रहेको छ । यही क्रममा इलाका प्रहरी कार्यालय दमकका प्रमुख डि एस पि किशोर लम्सालले अहिले सबैभन्दा बढि समस्या र मुद्धा समेत डिजीटल प्रविधीको दुरुपयोग र यसले पारेको असरमा केन्द्रित रहेर आउने गरेकोले यसका विरुद्धमा हुने जस्ता सुकै कार्यक्रममा आफुहरुले सहयोग गर्ने र न्यूनिककरण अभियानमा जोडीने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रविधि विकाससँगै हिंसाका नयाँ रूप भित्रिँदै गएको छ । जसले गर्दा स्थानीय सरकारले पनि यसका विरुद्धमा कार्यक्रमहरु गर्न आवश्यक रहेको छ । यही सन्दर्भमा यो वर्षको अभियान सञ्चालन हुने र सो अनुसारका कार्यक्रम सम्पन्न गर्न दमक नगरपालिकाको सामाजीक विकास समिती प्रमुख शारदा भट्टराई सापकोटाले अनुरोध गर्नु भएको छ ।

दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईको सकृयतामा यो भेला भएको थियो । यसले दमकमा प्रविधिको दुरुपयोगले पारेको असर र त्यसको प्रयोगबाट भएको परिवर्तनका बारेमा थाह पाउने अवसर पाउने उहाँले बताउनु भयो । साथै अभियानलाई सफल बनाउन दमक नगरपालिकाले यहाँ रहेका सबै संघ सस्थाहरुलाई आवश्यक सहयोग र अभिभावकत्व ग्रहण गरी समन्वायत्मक काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

लैङ्गिक हिंसा केवल सामाजिक होइन, डिजिटल दुनियाँसम्म फैलिसकेको खतरा हो। ‘सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गर्न जुटौँ’ भन्ने अन्तर्राष्ट्रिय प्रतिवद्धता र ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने राष्ट्रिय नारा तब मात्रै अर्थपूर्ण हुन्छ जब स्थानीय तहले जिम्मेवारीसहित काम गर्छ। दमक सुरक्षित बन्ला कि नबन्ला, त्यो नेतृत्व, नीति र कार्यान्वयनमा निर्भर छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नागरिकको सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं,१५ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन

वीरगञ्जका निश्चित क्षेत्रमा निषेधाज्ञा जारी

रौतहट,१५ साउन । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका निश्चित क्षेत्रभित्र लगाइएको निषेधाज्ञालाई निरन्तरता दिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयानुसार प्रमुख जिल्ला अधिकारी भोला

मधेस र कोशीमा ड्रोनबाट सुरक्षा निगरानी कडा

काठमाडौं,१५ साउन । गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस प्रदेश र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी थप कडा बनाइएको छ ।

सुकुम्बासी बस्तीका प्रभावित बालबालिकाको पढाइ रोकिँदैनः शिक्षामन्त्री

काठमाडौं,१५ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाउनु भएको

प्रधानमन्त्रीले थाले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल

काठमाडौं ,१५ साउन। प्रधानमन्त्री बालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल सुरु गर्नु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छलफल

धनुषाका विद्यालयहरू ३ दिन बन्द

जनकपुर,१५ साउन । धनुषाका विद्यालयहरू आजदेखि ३ दिनसम्म बन्द भएको छ । हिसान धनुषा, एन–प्यावसन, प्यावसन र एम–प्यावसन धनुषासहित राजर्षी विश्वविद्यालयले सूचना जारी गर्दै साउन